सामग्रीमा जानुहोस्

जवाहरलाल नेहरू

विकिपिडिया बठेइ
पण्डित जवाहरलाल नेहरू
सन् १९४७ मी नेहरू
भारतको प्रथम प्रधानमन्त्री
In office
१५ अगस्ट १९४७  २७ मे १९६४
राष्ट्रपतिराजेन्द्र प्रसादसर्वपल्ली राधाकृष्णन
गभर्नरलुइस माउन्टब्याटन
चक्रवर्ती राजगोपालाचारी
अग्रजछैन
उतराधिकारीगुलजारिलाल नन्दा (अन्तरिम)
प्रथम भारतीय विदेशमन्त्री
In office
१५ अगस्ट १९४७  २७ मे १९६४
अग्रजछैन
उतराधिकारीगुलजारिलाल नन्दा
भारतको अर्थमन्त्री
In office
८ अक्टोबर १९५८  १७ नोभेम्बर १९५९
अग्रजटिटी कृष्णमाचारी
उतराधिकारीमोरारजी देसाई
Personal details
जनम(1889-11-14)14 नोभेम्बर 1889अभिव्यक्ति त्रुटि: नपछड्याको विराम चिन्ह चरित्र ""
इलाहावाद, (ब्रिटिस भारत)
मृत्युमे २७, १९६४(१९६४-०५-२७) (७४ वर्ष)
दिल्ली (भारत)
पुताःरि(इन)कमला नेहरू
नन्दिनाइन्दिरा गान्धी
पेशाराजनीति

जवाहरलाल नेहरू (नोभेम्बर १४, १८८९ - मे २७, १९६४) स्वतन्त्र भारतका प्रथम प्रधानमन्त्री हुन्। उनरो जनम उत्तर प्रदेशका इलाहाबादमी भयाः थ्यो।

जवाहरलाल नेहरूको जनम इलाहाबादमी यक धनाढ्य वकील मोतीलाल नेहरूका घरमी भयाः थ्यो। उनरि इजाको नाउँ स्वरूप रानी नेहरू हो। उन बाहेक मोतीलाल नेहरूका तीन चेलिइन लै थिन। नेहरू कश्मीरी वंशका सारस्वत ब्राह्मण थ्या।

जवाहरलाल नेहरूले विश्वका केइ निका स्कूलअन रे विश्वविद्यालयमी शिक्षा प्राप्त अरिराइथ्यो। उनले आफुना मल्ला तहको शिक्षा ट्रिनिटी क्याम्पस, लन्डनबठेइ पूरा अऱ्याः थ्यो। यै पछा उनले आफुनो कानुन स्नातकोत्तर क्याम्ब्रिज विश्वविद्यालयबठेइ पूरा अऱ्याः थ्यो। बेलायतमी उनले सात वर्ष बितायो जैमी वाँको फ्याबियन समाजवाद रे आयरल्यान्डेलि राष्ट्रवाद खिलाइ यक तर्कसङ्गत दृष्टिकोण विकसित अऱ्याः थ्यो।

जवाहरलाल नेहरूले सन् १९१२ मी भारत फर्किबर वकालत शुरू अऱ्यो। सन् १९१६ मी उनरो ब्या कमला नेहरू सित भयाः थ्यो। सन् १९१७ मी जवाहरलाल नेहरू होम रूल लिगमी सामेल भया। राजनीतिमी उनरो असली दीक्षा दुई वर्ष पछा सन् १९१९ मी भयो जब उन महात्मा गान्धीका सम्पर्कमी आया। तै बेला महात्मा गान्धीले रोलेट अधिनियमका विरूद्ध यक अभियान शुरू अरिराइथ्यो। नेहरू महात्मा गान्धीका सक्रिय तर शान्तिपूर्ण, सविनय अवज्ञा आन्दोलन प्रति आकर्षित भया। गान्धीले लै युवा जवाहरलाल नेहरूमी भारतको भविष्य धेकिबर उनलाइ अइतिर बड्डाइ प्रेरित अऱ्याः थ्यो।

नेहरूले महात्मा गान्धीका उपदेश अनुसार आफुना परिवारलाइ लै परिणत अऱ्याः थ्यो। जवाहरलाल रे मोतीलाल नेहरूले पश्चिमी कपडा रे अकरा सम्पत्ति त्याग अऱ्याः थ्यो। उन तै पछा यक सादा कुर्ता रे गाँधी टोपी पैद्द पस्याः थ्यो। जवाहरलाल नेहरूले सन् १९२० बठेइ सन् १९२२ सम्म असहयोग आन्दोलनमी सक्रिय रूपले भाग लियो इसै क्रममी उन पैल्लीकिफेर गिरफ्तार भयाः थ्यो। केइ मैना पछा उनलाइ रिहा अरियाः थ्यो।

जवाहरलाल नेहरू सन् १९२४ मी इलाहाबाद नगर निगमका अध्यक्ष निर्वाचित होइबर सहरका मुख्य कार्यकारी अधिकारीक‍ा रूपमी २ वर्ष सेवा अऱ्याः थ्यो। यो उन खिलाइ यक मूल्यवान प्रशासनिक अनुभव थ्यो जो उनलाइ देशको प्रधानमन्त्री बन्या पछा काम आयो। उनले आफुना कार्यकालको प्रयोग सार्वजनिक शिक्षाका विस्तार, स्वास्थ्यका रेखदेख रे स्वच्छता खिलाइ अऱ्याः थ्यो। सन् १९२६ मी उनले ब्रिटिस अधिकारीइन बठेइ सहयोग कम भयाः भँणिबर राजीनामा दियाः थ्यो। सन् १९२६ बठेइ १९२८ सम्म जवाहरलालले अखिल भारतीय काङ्ग्रेस समितिका महासचिवका रूपमी सेवा अऱ्याः थ्यो। सन् १९२८ बठेइ सन् १९२९ सम्म काङ्ग्रेसका वार्षिक अधिवेशनको आयोजन मोतीलाल नेहरूका अध्यक्षतामी भयाः थ्यो। तै अधिवेशनमी जवाहरलाल नेहरू रे सुवासचन्द्र बोसले पूर्ण राजनीतिक स्वतन्त्रताका मागको समर्थन अऱ्याः थ्यो, जबकि मोतीलाल नेहरू रे और नेताअनले ब्रिटिस साम्राज्य भितरि प्रभुत्व सम्पन्न राज्यको दर्जा पाउनु पड्डया मागको समर्थन अऱ्याः थ्यो। मुद्दाको हल अद्दाइ गान्धीले बीचको बाटो निकालिबर भँण्यो कि ब्रिटेनलाइ भारतलाइ राज्यको दर्जा दिनाइ खिलाइ २ वर्षको समय दिनाउँ रे यदि तसो नभया काङ्ग्रेस पूर्ण राजनीतिक स्वतन्त्रता खिलाइ यक राष्ट्रिय सङ्घर्ष अरलो। ब्रिटिस सरकारले यैको केइ लै जवाफ दियैन।

डिसेम्बर १९२९ मी काङ्ग्रेसको वार्षिक अधिवेशन लाहौरमी आयोजित अरियो जैमी जवाहरलाल नेहरू काङ्ग्रेस पार्टीका अध्यक्ष निर्वाचित भया। यिसै सत्रमी यक प्रस्ताव लै पारित भयो जैमी भारत स्वतन्त्रताको माग अरियाः थ्यो। २६ जनवरी १९३० मी लाहौरमी जवाहरलाल नेहरूले स्वतन्त्र भारतको झण्डा फहराइराइथ्यो। गान्धीले लै सन् १९३० मी सविनय अवज्ञा आन्दोलनको आह्वान अऱ्यो। आन्दोलन भौती सफल रयो रे यैले बेलायत सरकारलाइ प्रमुख राजनीतिक सुधारको आवश्यकता स्वीकार अद्दाइ बाध्य पाड्याः थ्यो।

जब ब्रिटिश सरकारले भारत अधिनियम १९३५ प्रख्यापित अऱ्यो तब काङ्ग्रेस पार्टीले चुनाव लड्ड्या फैसला अर्‍यो। नेहरू चुनाव है बाहिर रया पुइलै जोरका साथ पार्टी खिलाइ राष्ट्रव्यापी अभियान चलायो। कांग्रेसले लगभग हरेक प्रान्तमी सरकार गठन अर्‍यो रे केन्द्रीय असेंब्लीमी सबहै बर्ति सीट जित्यो। नेहरू कांग्रेसका अध्यक्ष पदमी १९३६, १९३७ रे १९४६ मी चुनियाः थ्या रे राष्ट्रवादी आन्दोलनमी गान्धी पछा दोसरो स्थान हासिल अऱ्यो। उनलाइ १९४२ मी भारत छोडो आन्दोलनमी गिरफ्तार लै अरियाः थ्यो रे १९४५ मी छाड़ियाः थ्यो। १९४७ मी भारत रे पाकिस्तानका मुक्तिका बेला उनले अङ्ग्रेजी सरकारसित भयाः वार्तामी महत्त्वपूर्ण रूपमी भाग लीराइथ्यो।

१९४७ मी उन स्वतन्त्र भारतका पैल्ला प्रधानमन्त्री बन्या। अङ्ग्रेजले लगभग ५०० राज्य रजौटालाइ यक साथ स्वतन्त्र अऱ्यो रे तै बेला सबहै ठुलि चुनौती तन राज्य रजौटाअनलाइ यकै झण्डामँणि ल्याउनु थ्यो। उनले भारतको पुनर्गठनका बटामी आयाः हर चुनौतीको समझदारीपूर्वक सामना अर्यो। जवाहरलाल नेहरूले आधुनिक भारतका निर्माणमी महत्त्वपूर्ण भूमिका निभायो। उनले योजना आयोगको गठन अऱ्यो, विज्ञान रे औद्योगिक विकासलाइ प्रोत्साहित अऱ्यो रे तीन लगातार पञ्चवर्षीय योजनाको शुरुवात अऱ्यो। उनरो नीतिका लाग्दा देशमी कृषि रे उद्योगको यक नौलो युग शुरु भयो। नेहरूले भारतकि विदेश नीतिका विकासमी यक प्रमुख भूमिका निभायाः थ्यो।

भौत मान्सुनको विचार छ कि नेहरूले और नेताका तुलनामी भारतका स्वतन्त्रता सङ्ग्राहमी कम योगदान दियाः थ्यो। पुइ लै गान्धीले उनलाइ भारतको पैल्लो प्रधानमन्त्री बनायो। भारतका और विभिन्न समस्याअनमी लै नेहरूलाइ जिम्मेवार माण्णान जैमध्ये केइ लत्लिर उल्लेख अरियाः छन्।

  • लेडी माउन्टबेटन सित नजिकको सम्बन्ध
  • भारतको विभाजन
  • काश्मीरको समस्या
  • चीनद्वारा भारत मैं हमला
  • मुस्लिम तुष्टीकरण (मुसलमानलाइ सन्तुष्ट अराइराख्या)
  • भारतद्वारा संयुक्त राष्ट्र संघका सुरक्षा परिषदमी स्थायी सदस्यता खिलाइ चीनको समर्थन
  • भारतीय राजनीतिमी वंशवाद/ नातावादलाइ बढावा दिनु
  • हिन्दीलाइ भारतकि राष्ट्रभाषा बनाउनाइ ब्याःलो अद्दु रे छाड्डीबर अनन्तकाल खिलाइ स्थगन
  • भारतीय राजनीतिमी कुलीनतन्त्र कायम अद्दु
  • गान्धीवादी अर्थव्यवस्थाको हत्या एवम् ग्रामीण भारत लाइ नधेक्दु
  • सुवासचन्द्र बोसलाइ ठीकसँग पत्ता नलाउनु
  • भारतीय इतिहास लेखनमी गैर-काङ्ग्रेसी तत्त्वको अवहेलना

बाह्य कडीहरू

[सम्पादन | स्रोत सम्पादन]

यो पनि हेर्नुहोस्

[सम्पादन | स्रोत सम्पादन]