गोविंद वल्लभ पंत
पण्डित गोविन्द बल्लभ पन्त | |
---|---|
भारतको ५औँ गृह मन्त्री | |
In office सन् १९५५ जनवरी १० – सन् १९६१ मार्च ७ | |
प्रधानमन्त्रि | जवाहरलाल नेहरु |
अग्रज | कैलाशनाथ काटजु |
उतराधिकारी | लाल बहादुर शास्त्री |
उत्तर प्रदेशको पहिलो मुख्यमन्त्री | |
In office सन् १९५० जनवरी २६ – सन् १९५४ डिसेम्बर २७ | |
अग्रज | पद सृजित |
उतराधिकारी | सम्पूर्णानन्द |
संयुक्त प्रान्तको मुख्यमन्त्री | |
In office सन् १९३७ जुलाई १७ – सन् १९३९ नोभेम्बर २ | |
अग्रज | मुहम्मद अहमद सइद खान |
उतराधिकारी | रिक्त |
In office सन् १९४६ अप्रिल १ – सन् १९५० जनवरी २५ | |
अग्रज | रिक्त |
उतराधिकारी | पद समाप्त |
Personal details | |
जनम | १८८७-९-१० खुँट, अल्मोडा जिल्ला, उत्तर-पश्चिमी प्रान्त, ब्रिटिस भारत (वर्तमानमा उत्तराखण्ड, भारत) |
मृत्यु | ७ मार्च १९६१ नयाँ दिल्ली, भारत | (७३ वर्ष)
राजनीतिक दल | भारतीय राष्ट्रिय काङ्ग्रेस |
पेशा | वकालत |
पण्डित गोविन्द बल्लभ पन्त वा जिबी पन्त (सन् १८८७ सेप्टेम्बर १० - सन् १९६१ मार्च ७) एक लोकप्रिय स्वतन्त्रता सेनानी रे वरिष्ठ भारतीय राजनीतिज्ञ थिए। उनी उत्तर प्रदेश राज्यको पहिलो मुख्यमन्त्री रे भारतको पाँचौँ गृहमन्त्री थिए।[१] उनी सन् १९५७ मी भारतको सर्वोच्च नागरिक सम्मान भारत रत्नबाट सम्मानित भएका थिए। गृहमन्त्रीको रूपमी उनको मुख्य योगदान भनेको भाषा अनुसार राज्यहरूमी विभाजन गर्नु रे हिन्दीलाई भारतको आधिकारिक भाषाको रूपमी स्थापित गर्नु थियो। [२]
जीवनी
[सम्पादन • स्रोत सम्पादन]उनी सन् १८८७ सेप्टेम्बर १० मी अल्मोडा जिल्लाको श्यामली देवी पहाड क्षेत्रमी खुँट भन्ने गाउँमी जन्मेका थिए। उनको आमाको नाम गोविन्दी बाई रे बुबाको नाम मनोरथ पन्त थियो। उनको बुवा सरकारी जागिरे भएको कारणले आवतजावतमी व्यस्त हुन्थे जस कारण गोविन्दलाई उनको मावली बाजे श्री बद्रीदत्त जोशीले हुर्काएका थिए। सन् १९०५ मी उनी उच्च शिक्षाको लागि अल्मोडाबाटी इलाहाबाद आएका थिए। इलाहाबाद विश्वविद्यालयबाटी उनले कानुन विषयमी अध्ययन गर्नुका साथै काङ्ग्रेसको स्वयंसेवकको रूपमी पनि काम गर्थे। सन् १९०७ मी बिए रे सन् १९०९ मी कानुन विषयमी उच्च अङ्कका साथ स्नातोकोत्तर उतीर्ण गरेका थिए। यसको सम्मानमा उनलाई कलेजले 'लम्सडेन अवार्ड' प्रदान गरेको थियो।
सन् १९१० मी उनी अल्मोडा आए रे वकालत गर्न थाले। वकालतको क्रममी सबैभन्दा पहिले उनी रानीखेत रे त्यसपछि काशीपुर गएका थिए। उनले प्रेम सभा नामको संस्था गठन गरे जसको उद्देश्य जनतामी शिक्षा रे साहित्यको बारेमी चेतना जगाउनु थियो।
स्वतन्त्रता सङ्ग्राममी भूमिका
[सम्पादन • स्रोत सम्पादन]सन् १९२१ डिसेम्बरमी गान्धीको आह्वानमी उनले असहयोग आन्दोलनको माध्यमबाटी खुला राजनीतिमी प्रवेश गरे। सन् १९२५ अगस्ट ९ मी उत्तर प्रदेशका केही युवाहरूले काकोरी मुद्दामी सरकारी कोष लुटेर लगे, त्यसपछि पन्तले अन्य वकिलहरूसँग मिलेर उनीहरूको मामिलाको पक्षमी वकालत गरेका थिए। त्यसबेला उनी स्वराज पार्टीको टिकटमी नैनीतालबाटी व्यवस्थापिका परिषदको सदस्य पनि भएका थिए। सन् १९२७ मी, उनले राम प्रसाद 'बिस्मिल' रे उनका अन्य तीन साथीहरूलाई नोजबाटी बचाउन पण्डित मदन मोहन मालवीयसँगै भायसरायलाई एउटा चिठी पठाए, तर गान्धीजीको समर्थनको अभावमी तिनीहरू त्यो अभियानमी सफल हुन सकेनन्। उनले सन् १९२८ को साइमन आयोग रे सन् १९३० को नुन सत्याग्रहको बहिष्कारमी पनि भाग लिए रे सन् १९३० मे महिनामी उनले देहरादुन जेलको हावा पनि खाएका थिए।
मुख्यमन्त्रीको कार्यकाल
[सम्पादन • स्रोत सम्पादन]सन् १९३७ जुलाई १७ देखि सन् १९३९ नोभेम्बर २ सम्म उनी ब्रिटिस भारतमी संयुक्त प्रान्तको प्रथम मुख्यन्त्री बनेका थिए। यस पछि, उनलाई फेरी सोही जिम्मेवारी दिइयो रे उनी सन् १९४६ अप्रिल १ देखि सन् १९४७ अगस्ट १५ सम्म संयुक्त प्रान्त (उत्तर प्रदेश) को मुख्यन्त्री बनेका थिए। जब भारतको आफ्नै संविधान बन्यो रे संयुक्त प्रान्तको नाम परिवर्तन गरि उत्तर प्रदेश राखियो, तेस्रो पटक पनि उनी मुख्यमन्त्री पदको लागि सर्वसम्मतिले नियुक्त भएका थिए। यस प्रकार, उनी सन् १९५० जनवरी २६ देखि सन् १९५४ डिसेम्बर २ सम्म स्वतन्त्र भारतको उत्तर प्रदेश राज्यको मुख्यन्त्री रहेका थिए।
गृहमन्त्रीको कार्यकाल
[सम्पादन • स्रोत सम्पादन]सरदार पटेलको मृत्यु पछि उनलाई भारत सरकारको गृह मन्त्रालयको जिम्मेवारी दिइयो। भारतको गृहमन्त्रीको रूपमी उनको कार्यकाल सन् १९५५ देखि सन् १९६१ मी उनको मृत्यु नहोउन्जेलसम्म रहेका थिए।
मृत्यु
[सम्पादन • स्रोत सम्पादन]हार्ट अट्याकको सामना गर्दै ७ मार्च १९६१ मी उनको मृत्यु भयो। त्यसबेला उनी भारत सरकारमी केन्द्रीय गृहमन्त्री थिए।
स्मारक र संस्थानहरू
[सम्पादन • स्रोत सम्पादन]गोविन्द बल्लभ पन्त सामाजिक विज्ञान प्रयागराज उत्तर प्रदेश
- गोविन्द बल्लभ पन्त कृषि र प्रविधि विश्वविद्यालय, पन्तनगर, उत्तराखण्ड
- गोविन्द बल्लभ पन्त इन्जिनियरिङ कलेज, पौडी गढवाल, उत्तराखण्ड
- गोविन्द बल्लभ पन्त सागर, सोनभद्र, उत्तर प्रदेश
सन्दर्भ सामग्रीहरू
[सम्पादन • स्रोत सम्पादन]- ↑ "Govind Ballabh Pant गोविन्द वल्लभ पन्त". Archived from the original on 17 अगस्त 2019. Retrieved 10 सितंबर 2012. Check date values in:
|accessdate=, |archivedate=
(help) - ↑ "Govind Ballabh Pant Engineering College, Pauri Garhwal, Uttarakhand Archived 25 December 2012[Date mismatch] at the Wayback Machine.". Gbpec.net. Retrieved 1 January 2013.
बाह्य कडीहरू
[सम्पादन • स्रोत सम्पादन]- सफल प्रशासक गोविन्द बल्लभ पन्त (गुगल पुस्तकहरू) ; लेखक भगवान सिंह)
- भारत रत्न पंडित गोविन्द बल्लभ पन्त बहुदलीय व्यक्तित्वमा धनी थिए