अचला एकादशी
हिन्दु धर्ममा एकादशीको व्रतले महत्त्वपूर्ण स्थान राख्दछ । प्रत्येक वर्ष चौबीस एकादशिहरू हुन्छन् । अधिकमास अथवा मलमास परेको वर्ष यो संख्या बढेर २६ हुन जान्छ । ज्येष्ठ कृष्ण एकादशीलाई अपरा एकादशी अथवा अचला एकादशी भनिन्छ । यस दिनमा नेपाल तथा भारत लगायत विभिन्न मुलुकहरूमा बसोवास गर्ने हिन्दू धर्मावलम्बीहरूले व्रत गरेर पर्वको रुपमा मनाउने गर्दछन् ।
कथा
[सम्पादन • स्रोत सम्पादन]महीध्वज नामका एक धर्मात्मा राजा थिए । राजाको कान्छो भाई वज्रध्वज दाजुसँग द्वेष राख्दथ्यो । एक दिन अवसर पारेर उसले राजाको हत्या गरिदियो र जंगलमा एक पिपल रुखमुनी गाढिदियो । अकाल मृत्यु भएका कारण राजाको आत्मा प्रेत बनेर पीपलमा रहन लाग्यो । बाटो हिट्ने हर व्यक्तिलाई आत्माले दुःख दिन थाल्यो । एक दिन एक ऋषि यही बाटो भएर गइरहेका थिए । उनले प्रेतलाई देखे र आफ्नो तपोबलले उसलाई प्रेत बनेको कारण थाह पाए ।
ऋषिले पीपलको रुखबाट राजाको प्रेतात्मालाई जमिनमा बोलाए र परलोक विद्याको उपदेश दिए । राजालाई प्रेत योनीबाट मुक्ति दिलाउनको लागी ऋषिले स्वयं अपरा एकादशीको व्रत राखे र द्वादशीका दिन व्रत पूरा भए पछि व्रतको पुण्य प्रेतलाई दिए । एकादशी व्रतको पुण्य प्राप्त गरेर राजा प्रेतयोनीबाट मुक्त भए र स्वर्गमा गए ।[१]
उद्देश्य
[सम्पादन • स्रोत सम्पादन]श्रीकृष्णले युधिष्ठिरलाई भने - अपरा एकादशी पुण्य प्रदाता र ठुला-ठुला पापहरूलाई नष्ट गर्दछ । ब्रह्म हत्याले दबेको, गोत्रको हत्या गर्ने, गर्भावस्थामा शिशुलाई मार्ने, परनिन्दक, परस्त्रीगामी पनि अपरा एकादशीको व्रत राख्नाले पापमुक्त भएर श्री विष्णु लोकमा प्रतिष्ठित हुन जान्छ ।[१]
महिमा
[सम्पादन • स्रोत सम्पादन]माघमा सूर्य मकर राशिमा भएका बेला प्रयागमा स्नान, शिवरात्रिमा काशीमा रहेर व्रत, गयामा पिण्डदान, वृष राशिमा गोदावरीमा स्नान, बद्रिकाश्रममा भगवान केदारको दर्शन अथवा सूर्यग्रहणमा कुरुक्षेत्रमा स्नान र दानको बराबर जो फल मिल्छ, त्यो अपरा एकादशीको मात्र एक व्रतले मिल्दछ । अपरा एकादशीमा उपवास गरेर भगवान वामनको पूजाले मनुष्य सबै पापहरूबाट मुक्त हुन्छ । यसको कथा सुन्ने र पढ्नेले सहस्र गोदानको फल प्राप्त गर्दछ । प्राचीन कालमा महीध्वज नामक एक धर्मात्मा राजा थिए । उनको भाई वज्रध्वज निकै क्रूर, अधर्मी तथा अन्यायी थियो । उ आफ्नो दाजुसँग द्वेष राख्दथ्यो । उस अवसरवादी पापीले एक दिन रात्रिमा आफ्नो दाजुको हत्या गरेर उनको देहलाई एक जंगली पीपलको रुखमुनी गाढीदियो । यस अकाल मृत्युबाट राजा प्रेतात्माको रूपमा त्यसै पीपलमा रहन लागे र अनेक उत्पात गर्न लागे । अकस्मात एक दिन धौम्य नामक ॠषि त्यहाँ आए । उनले प्रेतलाई देखे र तपोबलले उनको अतीत थाह पाए आफ्नो तपोबलले प्रेत उत्पातको कारण बुझे । ॠषिले प्रसन्न भएर उस प्रेतलाई पीपलको रुखबाट झारे तथा परलोक विद्याको उपदेश दिए । दयालु ॠषिले राजालाई प्रेत योनिबाट मुक्तिको लागि स्वयं अपरा (अचला) एकादशीको व्रत गरे र उनलाई अगतिबाट छुटाउन उसको पुण्य प्रेतलाई अर्पित गरिदिए । यस पुण्यको प्रभावले राजाको प्रेत योनीबाट मुक्ति भयो । उनि ॠषिलाई धन्यवाद दिंदै दिव्य देह धारण गरेर पुष्पक विमानमा बसी स्वर्गमा गए ।[१]