महागुरु फाल्गुनन्द
महागुरु फाल्गुनन्द(वि.सं. १९४२-२००५) (अन्य नाम फाल्गुनन्द लिङदेन, मुहिङगुम अङसीमाङ) किराँत धर्मका महान गुरु तथा समाज सुधारक हन। उनको समाजसुधारको कदमलाई समाज सुधार दिवसको रुपमी समेत मनाइन्छ।
जीवनी[सम्पादन • स्रोत सम्पादन]
नाम : नरधोज, फलामसिं र फाल्गुनन्द लिङदेन।
जन्म : वि.सं. १९४२ कात्तिक २५ गते आइतबार (इलाम जिल्ला, इभाङ गाविस, चुक्चिनाम्बा।
उपनाम : ध्यानी, तपस्वी, सत्यहाङमा, महागुरु, मुहिङगुम अङसीमाङ।
ज्ञान प्राप्त : ८ वर्षको उमेरमा (जितपुर ८, खत्रक्पा खोल्सी, माईखोला किनार)
जीवनशैली : आजीवन ब्रम्हचारी, महिलाको भेषभूषा र गहनामा सज्जित, कम बोल्ने, मसिनो स्वर, शाकाहारी भोजन, हिँडीरहने, सादा जीवन।
देहत्याग : वि.सं. २००५ चैत २२ गते सोमबार (हाङयक, पान्थर)
सतगत र समाधिस्थल : सिलौटी, पान्थर।
सत्य धर्म मुचुल्काः विक्रम सम्बत् १९८८ साल बैशाख २४ गते पाँचथर जिल्लाको सिलौटीमा १० लिम्बुवान र १७ थुमका ततकालीन हाङहरुको जिम्मेवारी सम्हाल्दै आएका सुब्बा, सुभाङी, अमाली लगायतका सबै अगुवा बुद्धिजीवि बोलाई (महाचुम्लुङ गरी) धर्मिक सुधारकालागि १० बुँदा जारी गर्नु भएको थियो।
राष्ट्रिय विभूतिः बि. स. २०६६ साल मङ्सिर १६ गते नेपाल सरकारले महागुरु फाल्गुनन्द लिङदेनलाई १६औं राष्ट्रिय विभूति घोषणा गरि विभूषीत गरियो।
सन्दर्भ सामग्रीहरू[सम्पादन • स्रोत सम्पादन]