पृथ्वीनारायण शाह

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्
श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाह
गोरखाका राजा
श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह
शासनकाल२५ सेप्टेम्बर १७६८ - ११ जनवरी १७७५
पुर्वाधिकारीनरभूपाल शाह
उत्तराधिकारीप्रतापसिंह शाह
स्वास्नीप्रथम इन्द्र कु.सेन र दोस्रो नरेन्द्रलक्ष्मी शाह
सन्तानप्रतापसिंह शाह
बहादुर शाह
दरबारगोरखा दरबार
पितानरभूपाल शाह
आमाकौसल्यावती शाह
जन्म११ जनवरी १७२३ [१]
गोरखा दरबार
मृत्यु११ जनवरी १७७५ (५२ उमेरमा)
नुवाकोट
धर्महिन्दू

पृथ्वीनारायण शाह(वि.सं.१७७९-१८३१) शाहबंशीय राजा थिए ।पृथ्वीनारायण शाह गोर्खाका राजा नरभूपाल शाहका छोरा हुन। उनी नेपालका(गोर्खा दरबाका) प्रथम शाहवंशीय राजा हुन। स-साना क्षेत्रका राजा रजौटामा बाँडिएका बाईसे र चौबिसे राज्यहरुलाई एकत्रित गरी एक देशको सृजना गर्ने पृथ्वीनारायण शाह आधुनिक नेपालका राष्ट्रनिर्माताका रूपमी चिनिनान्। यिनरो सम्झनामाई पुष २७ गते नेपालमि राष्ट्रिय एकता दिवस मनाउन्या गरिन्यो । यिनको मृत्यु पश्चात यिनका छोरा प्रतापसिंह शाह नेपालका राजा भया।

प्रारम्भिक जीवन[सम्पादनस्रोत सम्पादन]

गोरखा दरवार

पृथ्वी नारायण शाह (राष्ट्रनिर्माता श्री ५ बडामहाराजधिराज पृथ्वी नारायण शाहदेव) नेपाल भित्रको सानो पहाडी राज्य गोरखा काराजा नरभुपाल शाह तथा रानी कौसल्यावतीका छोरा थिए। वि।सं। १७७९ पौष २७ गते बिहिबार यिनको जन्म भएको थियो। उनी बाल्यकालदेखि नै अत्यन्तै शूरवीर, तेजवीर, बुद्धिमान् तथा मेहनती थिए। सुरूदेखि नै उनलाई रामायण , महाभारत र पछि गएर शुक्रनीतिको ज्ञान दिइएको थियो। धनुवाण, तरबार , घोडसवारी दौड आदिमा पनि उनी निपूर्ण थिए। यिनको पहिलो विवाह मकवानपुरकी राजकुमारी इन्द्रकुमारीसंग भएको थियो। गोरखा र मकवानपुर विच ओहोर दोहोर गर्नु पर्दा उपत्यकाको भूबनोट र त्यहाँको आर्थिक अवस्थालाई उनले राम्रोसंग नियाले। त्यस बखत गोरखाका १२०० घरधुरीका जनतालाई ६ महिना खान पुग्ने अन्नपात वा आर्थिक हैसियत थिएन। त्यसैकारणले उनले अन्नपातले सम्पन्न र उन्नतिशील काठमाडौं उपत्यकालाई विजय गर्ने मनसाय बनाईसकेका थिए। वि.स १७९८ मा काठमाडौं आएका पृथ्वीनारायण शाहले गोरखा दरबारको तर्फबाट ल्याएका पगरी भक्तपुरका राजा रणजित मल्ललाई दिए भने त्यसको कदरस्वरूप रणजित मल्लले राजकुमार वीरनरसिंह मल्लसंग उनको मितेरी लगाई दरबारमा स(सम्मान लामो अवधिसम्म राखेका थिए।

गोरखा फर्किदा चाँगुनारायण, पशुपति र गुहेश्वरीना दर्शन गर्न गएको क्य्रा थाहा पाई काठमाडौंका राजा जयप्रकाश मल्लले उनलाई दरबारमा ल्याई मितेरी लगाएका थिए।उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भएको थियो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिएँ। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिएँ। यो पराजयले गोर्कालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरूमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गरेको थियो।

दाम्पत्य जीवन[सम्पादनस्रोत सम्पादन]

उनको पहिलो विवाह मकवानपुर का राजा हेमकर्ण सेन की छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो। मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले यो विवाह भएको थियो। तर, पछि हेमकर्ण सेन ले असमर्थता जनाए। उनको दोस्रो विवाह काशी का अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भएको थियो। उनको दोस्रो विवाह काशीका अभिमानसिंह राजपुतकी छोरी नरेन्द्रलक्ष्मीसँग भयो। नरेन्द्रलक्ष्मीबाट प्रतापसिंह शाह र बहादुर शाह को जन्म भएको थियो।

नेपाल एकिकरण[सम्पादनस्रोत सम्पादन]

गोरखाली भारदार युद्धको तयारीमा

नुवाकोट आक्रमण[सम्पादनस्रोत सम्पादन]

नुवाकोट काठकाण्डौ उपत्यका नजीकै उत्तर पश्चिममा पर्ने रणनितीक महत्त्वको ठाँउ हो। र त्यतीबेला यो काठकाण्डौ अधिराज्य अन्तर्गत थियो। पृथ्वी नारायण शाह का बावु राजा नरभुपाल शाहले आक्रमण गरी असफल भएका थिए तसर्थ पृथ्वी नरायण शाहको पहिलो ध्यान नुवाकोट माथि नै गयो। पृथ्वी नरायण शाहको पहिलो प्रयास भए पनि गोर्खाली राजा हरूको नुवाकोट माथीको यो तेस्रो प्रयास थियो, यो प्रयासका सेना नायक काजी कालु पांडे थिए उनले राती नुवाकोटे हरू निदाइ रहेको बेलामा आक्रमण गरी त्याहाँ का सुरक्षा कर्मीले पत्तै नपाउने तथा प्रत्याक्रमण समेत गर्न नसक्ने गरी नुवाकोटको रणनितीक महत्त्वको माहामन्डल कब्जा गरीदिए। नुवाकोटका कमान्डर संख मणी रानाले घाइते नुवाकोटे सैनीकलाई प्रत्यक्रमणका लागि प्रोत्साहीत गरे तर त्यो प्रत्याक्रमणमा उनी आफै घाइते भइ दलमर्दन शाह (दल मर्दन पृथ्वी नरायणका भाइ त्यति बेला १३ वर्षका मात्र थिए)लाई ललकार्न थाले अन्तत दलमर्दनले उनको टाउको छिनाली दिदा मारिन पुगे।

कालु पाण्डेको योजना सफल रहयो महदम किर्ति शाह (पृथ्वी नारायणका अर्का भाइ)ले नेतृत्व गरेको अर्को गोर्खाली टोलीले धरमपानी सर गर्दै अगाडि बढ्यो लडाईं नुवाकोट का रक्षक हरूलाई नमार्दा अथवा नभगाउदा सम्म जारी रह्यो। संखमणी मरेको हावा चल्ने बित्तीकै रक्षक हरू लडन भन्दा बेलकोट तिर पछि हटन थाले।काजी कालु पाण्डे एक सानो गोर्खाली फौजको टोली लिएर नुवाकोट पुगे। महदम किर्ति शाह पनि पृथ्वीनारायण शाह संगै नुवाकोट पुगे र नुवाकोट किल्ला भित्र पसे र नुवाकोटलाई गोर्खा राज्यमा मिलाईयो, नुवाकोटको बिजय नै नेपाल एकिकरण अभियानको पहिलो खुडकिलो बन्नपुग्यो।

मकवानपुर आक्रमण[सम्पादनस्रोत सम्पादन]

नाकाबन्दीको प्रभाव ब्यापार गर्न नपाउदा मकवानपुर जो काठमाडौँको दक्षिणमा पर्दछ त्याँहा पनि परेको थियो। १७६२ मा मोहोदम किर्ति शाह, शुरप्रताप शाह, दलमर्दन शाह, रण रूद्र शाह, नन्दु शाह, काजी बंस राज पान्डे, काजी कहर सिंह बस्नेत, काजी नरसिहँ बस्नेत तथा काजी अभिमान सिँह बस्नेतको नेतृत्वको ११०० सेना मकवानपुरमा चढाँइ गर्‍यो।मकवानपुर का राजा दिग बन्धन सेन तथा कनक सिंह बानियाले परिवारलाई सुरक्षीत ठाँउमा पठाइ सकेका थिए त्यस्तो अवस्थामा लडाईं भएकाले आठ घण्टाको संघर्ष पछि मकवानपुर छाडी हरी हरिपुर गढी भागे त्यसपछी मकवानपुर नेपालमा मिलाईयो। काठमाडौँ उपत्यकाको दक्षिणमा पर्ने रणनीतीक महत्त्वको रहेकाले र उपत्यकाको मार्ग नियन्त्रण हुने हुनाले गोर्खाली सेनाले त्याँहा पनि आक्रमण गर्‍यो मकवानपुरे सेनाले बाहदुरी पूर्वक लडे पनि ५०० जानको ज्यान गुमाउदै लडाईं हार्‍यो।

मकवानपुर पछि नेपाली सेनाले सांगा, नाला, माहदेव पोखरी तथा काभ्रै जिती उपत्यकालाई चारै तिरबाट घेर्न सफल भयो।


किर्तिपुर तथा काठमाडौँ उपत्यका आक्रमण[सम्पादनस्रोत सम्पादन]

त्यसको केही वर्ष काठमाडौँ उपत्यका लाई चारै तिरबाट घेरेर नाकावन्दी गरी सकेपछि किर्तिपुर जसले गोर्खालीलाई दुई दुई वटा लडाईंमा हराएको थियो जाँहाको लडाईंमा गोर्खाली वीर कालु पाण्डे मारीए, शुरू प्रताप शाहको आँखा फुट्यो, पृथ्वी नारायण शाह आफै झन्डै मारीएका थिएनन त्यस्तो किर्तिपुर तेस्रो चोटी नाकावन्दीको प्रभावले लडाईंनै नगरी गोर्खा राज्यमा गाभियो। त्यसपछी छ महिना अर्को नाकाबन्दी लगाइ कान्तिपुर तथा पाटन पनि सर भयो कुनै युद्ध नै गर्नुपरेन। त्यसको एक वर्षपछि भक्तपुर कब्जा गरियो यो लडाईंमा भने थुप्रै जनधनको क्षति भयो। काठमाडौँ एकिकरण पछि गोर्खाको एकिकरण अभियान नेपाल एकिकरण अभियान बन्यो काठमाडौँमा गोर्खाबाट राजधानी सारीयो |


बिजयपुर तथा चौदण्डी आक्रमण[सम्पादनस्रोत सम्पादन]

उपत्यका बिजय पश्चात नेपाली सेना विभिन्न सेना नायकको नेतृत्वमा बिजयपुर, चौदण्डी बिजय गरी नेपालको सिमाना कन्काई नदी सम्म पुर्याउन सफल भयो माझ किरात, पल्लो किरात पनि नेपालमा मिलाईयो। यतिकैमा पृथ्वी नारायण शाहको देहान्त वि.सं. १८३१ मा भएपछी पूर्वी अभियान केही वर्ष रोकियो।

पृथ्वी नारायण शाहको निधन पछि पनि नेपाल एकिकरण अभियान जारी रह्रयो। रानी राजेन्द्र लक्ष्मीले नेपाल एकिकरण अभियानलाई अगाडि बढाइन

काठमाडौं उपत्यका माथिको आक्रमण[सम्पादनस्रोत सम्पादन]

कान्तिपुरमाथि आक्रमण[सम्पादनस्रोत सम्पादन]

=ललितपुरको पत[सम्पादनस्रोत सम्पादन]

भक्तपुर विजय[सम्पादनस्रोत सम्पादन]

चौबीसे राज्यमाथि आक्रमण[सम्पादनस्रोत सम्पादन]

उपत्यकाका तिनैवटा शहरमा अधिकार कायम भएपछि पृथ्वीनारायण शाहले पश्चिममा चौबिस राज्य विजय गर्न वि.स. १८२८ मा वंशराज पाण्डे र केहरसिंह बस्न्यातको नेतृत्वमा पठाएको फौज र चौविस राज्यका संयुक्त फौजबीच वि.स. १८२८ मा घमासान युद्ध भएको थियो। १६ घण्टाको अविरल युद्ध हुँदा केहरसिंह बस्न्यातसहित ५०० भन्दा बढी गोर्खालीले वीरगत प्राप्त गर्नुका साथै वंशराज पाण्डे, प्रभु मल्ल जस्ता सेनापतिहरू पनि शत्रुको कब्जामा पर्न गएकाले रणवीर पाँडे र प्रभु मल्लले आफ्ना हातहतियार शत्रुलाई बुझाई बाँकी सैनिक लिई निराश भई पराजित अवस्थामा काठमाडौँ पुगेका थिएँ। पृथ्वीनारायण शाहले आफ्ना हातहतियार शत्रुपक्षलाई सम्पर्ण गर्नेहरूको जागिर समाप्ति गरी बन्दुक मोल बापत ६० रुपैयाँ लिएका थिएँ। यो पराजयले गोर्कालीहरूको महत्त्वकांक्ष, मान, प्रतिष्ठामा चोट लागेको थियो भने शत्रुहरूमा गोर्खा विरुद्ध कडा मुकाविला गरेमा विजय हुन् सकिन्छ भन्ने प्रतिरक्षात्मक भावना जागृत गर्या थ्योः।

पृथ्वी नारायण शाहका ३७ दिव्योपदेश[सम्पादनस्रोत सम्पादन]

१. दुई ढुङ्गाको तरुल: नेपाल राज्य दुई ढुङ्गाको तरुलजस्तो छ।

(२) चीनसँगको सम्बन्ध: चीनका बादशाहसित ठुलो घात राख्नू।

(३) अङ्ग्रेजसँगको सम्बन्ध: हिन्दुस्तानलाई दबाइराखेको दक्षिणी बादशाह महा चतुर छ, जाई कटक नगर्नू, झिकी कटक गर्नू।

(४) किल्लाको व्यवस्था: शिवपुरी, फुलचोकी, चन्द्रागिरि, महादेव पोखरी, पालुङ्ग दाप्चा र काहुलेमा सैन्यबलसहित किल्ला मजबुत राखेमा कसैको पनि केही चल्ने छैन भन्ने कुराको उल्लेख ।

(५) उत्तर–दक्षिणको बाटो: पूर्व–पश्चिमको बाटो बन्द गरी नेपालको बाटो चलाउनु।

(६) लोक स्थितिको रक्षा: जात विशेषका कर्म गर्नु।

(७) दहचोकमा राजधानी: तीन सहर चिसो ढुङ्गो भएकाले दहचोकमा दरबार बनाउने अभिलाषा व्यक्त ।

(८) पर्सामा बजार: विदेशी महाजनलाई पर्सागढदेखि उँभो आउन नदिनू, आए भने हामीलाई कङ्गाल बनाउँछन्।

(९) स्वदेशी कपडाको व्यवहार: विदेशी कपडा लगाउन मनाही गर्नू र आफ्नो देशका कपडा बुन्न जान्नेलाई सहयोग गर्नू, यसो भए नगद बिदेसिंदैन।

(१०) स्वदेशी वस्तुको निकासी: आफ्नो देशका सामान जडीबुटी विदेश लगी नगद खर्चनू, प्रजा मोटा भए दरबार बलियो हुन्छ।

(११) राजाको धन दुनियाँ हुन्: राजाका भण्डार भनेका रैतीहरू हुन्।

(१२) कर उठाउन ठेक्का नदिनू: कर उठाउन ठेक्का नदिई सरकारी तवरबाटै उठाएर फाटवारी तयार गर्नू।

(१३) भारदार र सैनिकहरूलाई धन कमाउन नदिनू: भारदार, सैनिक आदि कसैलाई पनि अतिरिक्त सम्पत्ति कमाउन नदिनु।

(१४) मैले आर्जेको मुलुक छोटा बडा सबै जातको साझा फुलबारी हो: मेरा साना दुखले आर्जेको मुलुक होइन, सबै जातको फुलबारी हो, यस फुलबारीका छोटा बडा सबै चारै जात छत्तिसै वर्ण (चार जात छत्तिस वर्ण नभएर चार वर्ण छत्तिस जात) ले कुल धर्म नछोड्नू।

(१५) वंशक्रमागत पद: ख्वामितको नुनको उद्धार गर्नू, कतै पनि कालु पाडे, शिवराम बस्नेतका सन्तानलाई नछुटाउनू।

(१६) राजाले सेवकलाई घरमा नमार्नू: पाँडे, बस्नेत, पन्त, भैयाद, मगरलाई आलोपालो गरी खान (पद) दिनू, यी साझा सेवक हुन्, यिनले गल्ती गरेमा आफूले नमार्नू, लडाइमा झोसिदिनू, मरे–बाचे दुवै बेसै हुन्छ।) अन्याय हुन नदिनू: राजाले ठुलो न्याय निसाफ हेर्नू, मुलुकमा अन्याय हुन नदिनू।

(१७) घुस्याहालाई ठोक्नै पर्छ: निया-निसाफ बिगार्ने भनेका घुस दिने र घुस खाने दुवै हुन् । यिनको धन, जिउ, हरण गरे पनि पाप लाग्दैन, यी राजाका महाशत्रु हुन्।

(१८) सिपाहीलाई पायक पर्ने खान पुग्ने जग्गा दिनू: जड कुरो राजालाई चाहिने सिपाही भएकाले तिनलाई उपयुक्त ठाउँमा घर खेत मिलाइदिनु।

(१९) लडाइमा जस पाएकालाई माथि उकालिदिनु: सिपाहीको पदोन्नति गर्दा लडाइमा विजय प्राप्त गरेकालाई प्राथमिकता दिनू।

(२०) लडाका जात: खस, मगर, गुरुङ र ठकुरी मिलाएर सेनामा भर्ना गर्नु यी चार जातबाट बैरी त के इन्द्रको आसन पनि डग्मगाउछ।

(२१) शस्त्र सङ्ग्रह: हजारौँ धनु, बन्दुक, तोप भए इन्द्रको आसन पनि डग्मगाउछ।

(२२) लडाका र तिनका सहायक: लडाइमा हान्ने र साथ दिने दुवै बराबर हुन् जागिर र जग्गा दिँदा दुवैलाई बराबर दिनु।

(२३) मरवट: लडाइमा मरेकाको छोरा खुँडा हान्ने नहुन्जेल मरवट दिनू र खुँडा हान्न सक्ने भएपछि जागिरमा उकाली दिनू।

(२४) राजाले विवेक राख्नुपर्छ: राजाले विवेक राखिदिए देश–देशका गतिला सिपाही पनि आशा राखी आउँछन्।

(२५) सिपाही र दुनियाँ राजाका सार हुन्: सिपाही र रैती राजाका सार भएकाले चतुर राजाले यी दुवैलाई हात लिई राखेमा हुलदङ्गा हुँदैन।

(२६) सिपाहीलाई तिखार्दै रहनू: सिपाहीलाई तिखारिरहेमा तिनले सधैँ आफ्नो काम फत्ते गर्छन्।

(२७) दुर्गपालको छनौट: गौडामा गुरुङ, मगर आदि पुराना छानेर राख्नु।

(२८) अजानपदलाई ठुलो अधिकार नदिनू: बाहिरिया मान्छेले दरबारमा बेथिति गराउने हुँदा पूर्व–पश्चिमका खस–बाहुनलाई दरबारमा पस्न नदिनू।

(२९) लालमोहर राजाबाटै हुनुपर्छ: राजाको हुकुम जफत वा आफ्नै अधीन गरी राख्नू।

(३०) योग्य अन्तपालले देशको उन्नति गर्छन्: आफूले तीन थुमका बराहा उमराउलाई इन्द्र बज्र तुल्याएको, नगरा निशान दिएको, बारबीसको गाँठो बाधी दिएको र सल्यान, लिगलिग, धादिङका मुहुडामा फत्ते गथ्र्यो र त्यसै गर्नू।

(३१) पुराना योग्य मानिसलाई जाँची हजुरिया बनाउनू: दरबार बलियो बनाउन पुराना सेवकलाई आफ्नो निकट राख्नू।

(३२) प्रजालाई र सैनिकलाई अन्त लहसिन नदिनू: सिपाही र रैतीलाई हात लिई नुनको पछि लगाउनू।

(३३) शुद्ध चाँदीका मोहर रुपियाँ चलाउनू: टकसार पनि चोखो चलाउनू।

(३४) न्यायालय: अदालतमा ठकुरीलाई डिट्ठा, मगरलाई विचारी बनाई प्रत्येक कचहरीमा एक जना पण्डित राखी न्यायशास्त्रबमोजिम अदालत चलाउनू।

(३५) न्यायालयबाट आएको आम्दानी धर्मकर्मीमा लाउनू: अदालतको पैसा दरबार नभियाई माग्ने, जोगी, सन्न्यासी, ब्रामणहरूलाई दक्षिणा र भोजन दिनू, उब्रेका पैसाले कपडा किनिदिनू, त्यसो भए असत्यको दोष लाग्दैन।

(३६) गाउँ हटाएर पनि खानी चलाउनू: खानी भएका ठाउँमा गाउबस्ती भए त्यसलाई अन्यत्र सारी खानी चलाउनू।

(३७) घर हटाएर पनि खेत बनाउनू: उब्जनीयोग्य जमिनमा भएका घर हटाई खेती गर्नू।


मृत्यु[सम्पादनस्रोत सम्पादन]

वि.सं. १८३१ (सन् १७७४) मङ्सिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परेका थिएँ। स्वास्थ्य झन्-झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगिएको थियो। नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भएको थियो। कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हिँदा मृत्यु भएको समेत उल्लेख छ। घाटमै राखिएको बेला उनले नेपालको भूराजनीतिक अवस्था, सामाजिक जीवन, प्रतिरक्षा र विकासका सन्दर्भमा उपदेशहरू दिएका थिएँ, जसलाई 'दिव्योपदेश' समेत भनिन्छ। "नेपाल दुई ढुङ्गाबीचको तरुल जस्तो रहेछ। दक्षिणको बादशाह महाचतुर रहेछ। जाइकटक नगर्नु, झिकी कटक गर्नु। नेपाल चार वर्ण, छत्तिस जातको साझा फूलबारी हो।" इत्यादि सान्दर्भिक उपदेशहरू पृथ्वीनारायण शाहले दिएका थिएँ। माघे सङ्क्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको सङ्गम 'मोहन तिर्थ' वा देवीघाटमा उनको मृत्यु भएको थियो।



सन्दर्भअन[सम्पादनस्रोत सम्पादन]

  1. आचार्य, बाबुराम. श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी - भाग १ (in नेपाली). p. ४२.

भाईरा कडिअन[सम्पादनस्रोत सम्पादन]