सामग्रीमा जानुहोस्

सिक्किम क्रान्तिकारी मोर्चा

विकिपिडिया बठेइ

सिक्किम क्रान्तिकारी मोर्चा भारतीय राज्य सिक्किमको एक राजनीतिक दल हो जुन सन् २०२० मी सिक्किमको सत्तारूढ पार्टी थियो।

गोले सिक्किम विधान सभाका एक पूर्व सदस्य सिक्किम प्रजातान्त्रिक मोर्चाका एक प्रमुख व्यक्तित्व थिए भने उनी सिक्किम सरकारका एक मन्त्री थिए। सन् २००९ को डिसेम्बरदेखि उनी पवन कुमार चाम्लिङ, सिक्किम प्रजातान्त्रिक मोर्चाका अध्यक्ष तथा सिक्किमका पूर्व मुख्यमन्त्रीको मुखर आलोचक थिए। [] उनले ४ फेब्रुअरी २०१३ मी सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको स्थापना गरेका थिए। गोले सन् २०१९ मे २८ का दिन सिक्किमका मुख्यमन्त्री बन्दै चाम्लिङको २५ वर्षे लामो शासनकालको अन्त्य गरेका थिए। [] []

सन् २०१४ को निर्वाचन

[सम्पादनस्रोत सम्पादन]

सन् २०१३ फेब्रुअरी ४ का दिन सिक्किम क्रान्तिकारी मोर्चाको स्थापना सिक्किमको एक पश्चिमी सहर सोरेङमी भएको थियो। भारती शर्मा यस राजनीतिक दलको कार्यकारी अध्यक्ष चुनिएकी थिइन् जो सिक्किममी राजनीतिक दलको पहिलो महिला नेत्री हुन्।

सन् २०१३ को सेप्टेम्बरमी प्रेम सिंह तामाङ, गोले औपचारिक रूपमी सिक्किम प्रजातान्त्रिक मोर्चाबाटी अलग भई सिक्किम क्रान्तिकारी मोर्चाको पार्टी अध्यक्ष बनेका थिए। [] []

सन् २०१४ अप्रिल १२ का दिन आयोजित विधानसभा निर्वाचनमी यस दलले सबै ३२ निर्वाचन क्षेत्रहरूमी प्रतिस्पर्धा गरेको थियो। [] सिक्किम क्रान्तिकारी मोर्चाले निर्वाचनमी १० सिट जित्न सफल हुँदै सिक्किम विधान सभामी दोस्रो ठूलो तथा विपक्षी दल बनेको थियो। यसले निर्वाचनमी ४०.८% मत प्राप्त गरेको थियो। सन् २०१४ को निर्वाचनमी सिक्किमका पूर्व मुख्यमन्त्री नरबहादुर भण्डारीले आफ्नो पार्टी सिक्किम सङ्ग्राम परिषद्लाई फिर्ता लिँदै बिना शर्त समर्थन सिक्किम क्रान्तिकारी मोर्चालाई समर्थन दिएका थिए उनले यसको पार्टीको प्रचार चरणमी एक सक्रिय भूमिका निभाएका थिए। सम्भवतः सिक्किमका पूर्व मुख्यमन्त्री भीमबहादुर गुरुङले यस पार्टीलाई आफ्नो समर्थन देखाउँदै सत्तारुढ सिक्किम प्रजातान्त्रिक मोर्चा पार्टीबाटी राजीनामी दिएका थिए। [] []

सन् २०१४ सेप्टेम्बर १३ का दिन भएको सिक्किम विधान सभाको उपनिर्वाचनका लागि यस दलले भारतीय जनता पार्टी (भाजपा) सँग गठबन्धन स्थापित गरी भाजपाका उम्मेदवार विकास बस्नेतलाई समर्थन गरेको थियो। []

सन् २०१७ मी यस दलका विधेयकहरुले कुङ्गा निमा लेप्चालाई पार्टीको कार्यवाहक अध्यक्ष र त्यसै गरी सांसद सुब्बा र नवीन कार्कीलाई कार्यकारी अध्यक्षको रूपमी निर्वाचित गरेका थिए। त्यस्तै पार्टीले अरुण उप्रेतीलाई पार्टीको महासचिव नियुक्त गरेको थिए।

सन् २०१९ को निर्वाचन

[सम्पादनस्रोत सम्पादन]

सिक्किम क्रान्तिकारी मोर्चाले सन् २०१९ को भारतीय निर्वाचन भन्दा पहिले भारतीय जनता पार्टीसँग गठबन्धनको नजिक पुगे तापनि यसले एक्लै निर्वाचन लड्ने निर्णय गरेको थियो। [१०] सन् २०१९ को सिक्किम विधान सभा निर्वाचन पछि यस दलले सन् २०१९ को मे महिनामी भारतीय जनता पार्टीको नेतृत्वमी राष्ट्रिय लोकतान्त्रिक गठबन्धनमा सामेल हुने निर्णय गरिएको थियो। [११]

यस दलले सिक्किम विधान सभाका सबै ३२ निर्वाचन क्षेत्रहरूमा निर्वाचन लड्दै १७ निर्वाचन क्षेत्रहरू जित हासित गरेको। यस प्रकार सिक्किममा पवन कुमार चाम्लिङ को २५ वर्षे लामे शासनको अन्त्य भएको थियो। [१२]

सिक्किम लोकसभामी आफ्नो निकटतम प्रतिद्वन्द्वी सिक्किम प्रजातान्त्रिक मोर्चाका डिक बहादुर कटुवाल लाई २,४४३ मत अन्तरले पराजित गर्दै पार्टीका तर्फबामी इन्द्रहाङ सुब्बाले निर्वाचनमी जित हासिल गरेका थिए। [१३]

निर्वाचन परिणाम

[सम्पादनस्रोत सम्पादन]
सिक्किम विधान सभा निर्वाचन
वर्ष कुल सिटहरू कुल सिट प्रतिस्पर्धा सिटहरूमा जित जफत निक्षेप % मत प्रतिस्पर्धा स्रोत
सन् २०१४ ३२ ३२ १० ४२.०७ [१४]
सन् २०१९ ३२ ३२ ४७.०३ [१५]
सन् २०१९ (उपनिर्वाचन) ८४.०० [१६]
लोकसभा निर्वाचन, सिक्किम
वर्ष कुल सिटहरू कुल सिट प्रतिस्पर्धा सिटहरूमा जित जफत निक्षेप % मत प्रतिस्पर्धा स्रोत
सन् २०१४ ३९.४७ [१७]
सन् २०१९ ४७.४६ [१८]

शीर्ष सङ्गठन

[सम्पादनस्रोत सम्पादन]
  • सिक्किम क्रान्तिकारी कृषक मोर्चा
  • सिक्किम क्रान्तिकारी नारी मोर्चा
  • सिक्किम क्रान्तिकारी युवा मोर्चा
  • सिक्किम क्रान्तिकारी श्रमिक मोर्चा
  • सिक्किम क्रान्तिकारी विद्यार्थी मोर्चा
  • सिक्किम क्रान्तिकारी व्यापारी मोर्चा
  • सिक्किम क्रान्तिकारी चालक मोर्चा
  • सिक्किम क्रान्तिकारी अवकाशप्राप्त सैनिक मोर्चा
  • सिक्किम क्रान्तिकारी अवकाशप्राप्त कर्माचारी मोर्चा

मुख्यमन्त्रीहरू

[सम्पादनस्रोत सम्पादन]
क्र.स नाम अवधि पार्टी कार्यकाल सन्दर्भ
प्रेम सिंह तामाङ २७ मे २०२१ पदाधिकारी सिक्किम क्रान्तिकारी मोर्चा style="background-color: ढाँचा:Sikkim Krantikari Morcha/meta/color" width="4px" | 1989
दिन
[१९]

सन्दर्भ सामग्रीहरू

[सम्पादनस्रोत सम्पादन]
  1. Himalayan Mirror, 5 February 2013, p.1. Archived 14 December 2013 at the Wayback Machine. (pdf)
  2. "Who is P.S. Golay, the new chief minister of Sikkim", The Hindu, 27 May 2019.
  3. New Sikkim Chief Minister PS Golay announced 5-day working week for government employees
  4. Golay says bye to SDF, finallyThe Telegraph, 4 September 2013.
  5. "Why Sikkim is more excited about assembly polls than Lok Sabha elections | Latest News & Updates at Daily News & Analysis". Retrieved 2015-09-25.
  6. "Why Sikkim is more excited about assembly polls than Lok Sabha elections?", DNA, 2 April 2014.
  7. SDF sweeps Sikkim pollsBusiness Standard, 17 May 2014.
  8. "Partywise assembly election result status". ECI. Archived from the original on 2014-05-16. Archived 2014-05-17 at the Wayback Machine.
  9. Voting starts for Sikkim assembly seatThe Economic Times, 13 September 2014.
  10. SKM parts ways with BJP in Sikkim
  11. "SKM stakes claim to govt., joins NDA". 2019-05-26. Retrieved 2020-12-28.
  12. SKM wins 17 assembly seats, set to form govt
  13. SKM's Indra Hang Subba wins lone LS seat in Sikkim
  14. "STATISTICAL REPORT ON GENERAL ELECTION, 2014 TO THE LEGISLATIVE ASSEMBLY OF SIKKIM". ECI. 2014. Retrieved 25 November 2019.
  15. "SKM ends Chamling's 25-year rule", FRONTLINE, 7 June 2019.
  16. "Final result of Poklok-Kamrang bye-poll", SikkimExpress (Facebook), 25 October 2019.
  17. "Constituencywise-All Candidates". Election Commission of India. Archived from the original on 17 May 2014. Archived 17 May 2014 at the Wayback Machine.
  18. "Sikkim Lok Sabha Election Results 2019 Live", News18, 27 May 2019.
  19. Singh, Shiv Sahay. "P.S. Golay sworn in as Sikkim Chief Minister", The Hindu, 27 May 2019. (in en-IN)