रैका राजवंश
रैकारैका/रैगाईं राजवंश
[सम्पादन • स्रोत सम्पादन]रैका राजा नागी मल्लका सन्तान लाई भन्नहान यिनुका पुर्खा देखि रैका लेख्ने चलन थ्यो । तम्रपत्रामी रैका (राईका) लेख्ने भएकाले रैका भनिएको हो । यिनी मस्टो कुलदेवता मन्न्हान । जुम्ला दुल्लु बाटै आई राज्य गर्ने राजा रैका राजा हुन् । युनु राजाको राज्यलाई ठाँटी मर्कालको राज्य पनि भन्ने चलन छ । यिनको देवता टेडी मस्टो रे निमौने लाई यिनु कुलदेवता भन्नहान । जुम्ला है आएका यिनु राजाका बजे नागराज हुन् । नागराज १२औ शताब्दीमै जुम्लामी देखेका थिए ।
बयान | काल ,और कुरा |
---|---|
यिनु राजाको गोत्र | शौनक |
वंशज | सूर्य वंशी भन्न हान |
कुलदेवता | टेडी मस्टो रे निमौने भन्ने दाड़ेमस्टो हो |
यिनका कुलका बामन | अत्रि गोत्रका र कश्यप गोत्रका मस्टो कुलदेवता भएका छन् |
यिनुका पैल्लिका राजा | नागराज १२औ शताब्दी जुम्ला |
डोटी पाल राज्य बिजय अद्दे राजा | नागी मल्ल १४४१ बि.स |
गोर्खाले जितेका राजा | दीपा शाही १८४७ भदौ ३१ गते |
छाड्डीबारका राजा | पहाडी शाही बि.स १८५५ |
यिनको राजभाषा | पाली |
बोलचालको भाषा | खस |
युद्दनीति | कटुयुद्द नीति |
रैकारैका/रैगाईं राजाको वंशावली [१]
[सम्पादन • स्रोत सम्पादन]डोटी रैका मल्ल शाही राजाको जुम्ला र दुल्लु पश्चात डोटीमा स्थापित प्रमाणित वंशावली निम्न अनुसार छ ।
- १) नागराज, १२औ सताब्दी
- २) चाप
- ३) चपिल्ला
- ४) क्राशी चल्ल
- ५) क्राधि चल्ल
- ६) क्रचाल्ल/ कत्यूरी राजाको राज्य कुमाऊ कार्तिकेयपुरी राज्य धोस्तगर्ने राजा यिनै हुन् । यिनका अभिलेखमा पनि यो कुरा छ ।
- ७) अशोक मल्ल, यिनका अभिलेखमा केदार भुमि (कुमाऊ गढवाल) विजय गरे भन्ने छ ।
- ८) जितारी मल्ल
- ९) अक्षय मल्ल
- १०) रिपुमल्ल
- ११) आदित्य मल्ल/ शाके १२३८ (बि.स.१३७३) (यिनको एउटा ताम्रपत्र तिब्बतसँग युद्ध लड्न जाँदा बासा गाउँको एउटा गुम्म्बामा भेटिएको छ, त्यसमा शाके १२४३ (बि.स १३७८ उल्लेख छ र "राईका" आदेश शब्द पनि उल्लेख छ । यसमा रैका ज्यु भेनेको छ ।,
- १२) पुण्य मल्ल /श्री मल्ल
शाके १२५८ (बि.स.१३९३)
- १३) पृथ्बी मल्ल /अभय मल्ल
शाके १२७९ (बि.स १४१४) (यी कत्यूरी राजाको राज्य पाल राजा सँगको युद्दमा सक्रिय रैका राजाहरू ) (पृथ्बी मल्लको ताम्रपत्र बैतडी मल्लो स्वराडमा बि.सं.१४१४ मा जारी भएको छ । त्यस ताम्रपत्रमा "कटक स्वराडी" उल्लेख भएको कारण त्यस समय बैतडीका स्वराडी चन्द पृथ्वी मल्लका कटक (सेना) रहेको प्रमाणित हुन्छ | त्यो ताम्रपत्रमा रैका/राईका आदेश उल्लेख छ । त्यही "राईका आदेश" भन्ने सब्द नै " रैका /राईका " बनेको हो । त्यसकारण डोटीको मल्ल/शाही राजालाई "रैका राजा " भिनिन्थ्यो ।
- १४) सुर्य मल्ल
शाके १२८९ (बि.स.१४२४)(डोटी पाल संग युद्द गर्न सेना पठाउने राजा ) ,
- १५) अभय मल्ल
शाके १२९८ (बि.स.१४३३)(डोटी पाल राज्य बिजेता जुम्ली राजा )
- १६ ) नागी मल्ल
शाके १३०६ -१३१५ (बि.स.१४४१-१४५०)( डोटी कत्यूरी राजा को राज्य बिजय गरेर राजधिराज बनेका रैका राजा ) (यिनका ताम्रपत्रमा पनि "राईका आदेश" उल्लेख छ । बि.स. १४४१ पछि जारी भएका डोटी रैका राजा नागी मल्लका ताम्रपत्रमा जुम्ला तिर भेटिने जातिहहरू बुढा, थापा , रोकाया जस्ता थरका मानिसहरू साँक्षी भेटिन्छन् । नागिमल्ल आफ्नो जन्मथलो जुम्ला जाँदा आछ्म तिमल्सेना गाउँकी बिधवा ब्राह्मणीसँग सल्के भन्ने किवदन्ती यिनको इतिहाससँग सम्बन्धित छ । यसैले यी जुम्लाबाट डोटी क्षेत्रमा पाल राज्य कब्जा गरेर बसेको पाईन्छ । यी राजा कत्युरी गणका नभएर जुम्लामा राज्य गर्ने नागराजको वंशजका चल्ल /मल्ल राजाका उत्तराधिकारी राजा हुन् । नागी मल्ल सिंजाली वंशावलीका पुरुष थिए र निरयपाल देवका छोरा थिएनन् । भन्ने आधारहरुमा प्रयाप्त प्रमाण दिन सकिने हुँन आएको छ । डोटी पाल राज्य बिजय गरेपछि पाल राजाका पुरोहित (ब्राहमण)का कुलदेवता प्राचीन (शिव) बागेश्वर जसलाई डोटी डडेल्धुरा क्षेत्रमा भागेश्वर भनिन्छ यी देवतासंग तँ देवता होइनस् तँलाई म मान्दैन तँ भन्दा म ठुलो हुँ भन्दै भागेश्वर को अवहेलना गर्दै विवाद गरेपछि भागेश्वर ले नागी मल्लको बिथिति मचाउँदा नागिमल्लले भागेश्वरसंग हार स्वीकार गर्दै मानव कलंकको रुपमा रहेको डोटी क्षेत्रमा देउका देउकी प्रथा चलाएका थिए । यस वंशका वृद्दव्यक्तित्वहरूले आफ्ना जिजुबाजेको मुखबाट सुनेअनुसार पनि वहाँहरूको पूर्वज जुम्लाबाट डोटी आएको हो । जुम्लाबाट जारी गरिएका यी राजाहरूका अभिलेखहरूमा यिनले आफूलाई खस राजाधिराज भनेको भेटिन्छ । त्यसैले इतिहासकारहरूले यी राजालाई खस राजा भनेर लेखेका छन् । डोटी बिजय गरे पछि यिनले खस भन्ने शब्द प्रयोग गरेनन् तर रैका(राईका) भन्ने शब्द भने प्रयोग गर्दै रहे, त्यसैले यस खान्दानका राजाका ताम्रपत्रमा रैका भन्ने शब्द भेटिन्छ । यिनै राजाका ताम्रपत्र ,अभिलेख अनुसार नेपालको संविधान २०७२ मा खश आर्य भनेर ठकुरी ब्राहमण सहितकालाई उल्लेख गरेको हो । )
- १७) त्रिभुवन मल्ल
शाके १३१७ (बि.स १४५२)
- १८) रिपुमल्ल
शाके १३३६ (बि.स १४७१)
- १९) आनन्द मल्ल
शाके १३५३ ,
- २०) कल्याण मल्ल
शाके १३६९ ,
- २१) सुर्तन मल्ल
शाके १३९० ,
- २२) कृति मल्ल
शाके १३९९-१४०४ ,
- २३) पृथ्बी मल्ल
शाके १४१९ ,
- २४) अशोक मल्ल
शाके १४१९ ,
- २५) प्रताप मल्ल
शाके १४२८-१४४४,
- २६) नृप मल्ल
शाके १४७७-१४९४,
- २७) भूपति मल्ल
शाके १४८० -,
- २८) महिपति शाही
शाके १५०२,
- २९) हरि शाही
शाके १५१८-१५२०,
- ३०) राम शाही
शाके १५२५-१५४० ,
- ३१) रुद्र शाही
शाके १५३६-१५५५ ,
- ३२) पहाडी शाही (क)
शाके १५५९-१५९४ ,
- ३३) बिक्रम शाही
शाके १५९३-१६०७ ,
- ३४) मन्धता शाही
शाके १६१०-१६४१ , शाके १६१२ डोटी रैका राजा मन्धता शाही द्वारा जारी ताम्रपत्र
- ३५) रघुनाथ शाही
शाके १६४२-१६४८ ,
- ३६) कृषण शाही
शाके १६८२-१६९४ ,
- ३७) दीपा शाही
शाके १७०८ - १७१२ (बि.स १८४३-१८४७) गोर्खा राज्य बाटकब्जा गरिएका रैका स्वतन्त्र राजा ,
- ३८) बिष्णु शाही
शाके १७१३ बि.स.१८४८ (गोर्खा राज्य अधिनस्त राजा ),
- ३९) पहाडी शाही (ख)
शाके १७२० बि.स.१८५५ (गोर्खा राज्य अधिनस्त राजा र अन्तिम राजा डोटी ) यस वंशजका ठकुरीहरू डोटी, डडेल्धुरा, बझांग, कैलाली ,कञ्चनपुर र भारतको सिंगाही,लखनउ क्षेत्रमा रहेका छन् । डोटी रैका राजाका वंशज भनेर चिनिन्छन् । जुम्लाबाट आएको यो वंशले डोटी पालराज्य बिजय गरेपछि राज्यमुकाम अजयमेरु, निरोलीसम्मन कब्जा गर्यो, अजयमेरुबाट बिस्थापित भएपछि राजपुरहुँदै गनैगौडा डोटीमा दरवार बनाएर बस्यो, यसै स्थानमा गोर्खाले कब्जा गरेर यहाँको दरवार नस्ट गरेको थियो । आज यो दरवार भाग्न अवस्थामा छ ।
डोटी रैका राजाका कुलदेवता
[सम्पादन • स्रोत सम्पादन]रैका राजाका कुलदेवता टेडी मष्टो रे निमौने हुँन । निमौने भन्ने देवता लाई खपरे को अर्को रुप हो भन्ने मान्यता छ । यई लाई डाडा बाघ पनि भन्ने गरिन्छ । रैका राजाको कुलदेवता टेडी मष्टो र निमौने (डाडा बाघ) को गिरिचौका शिर ,दिपायल नाभी रे गड्सेरा पाईतालो हो । शिर(मुन्टो) भएको गिरि चौका मुख्य स्थान पनि हो । गिरि चौकामा रैका राजाको देवता ले ६४ बोकेको घाँटी दांत ले काट्नछ । बोकेको घाँटी दाँतले कटदै पिपलकोट ,मयल्कोट हुनै बझांग थालारा पुगंछ । यो भिडियो लै हेर रैका राजाको कुलदेवताका धामी यिनु करण बहादुर थापाले इसरी बोकेको घाँटी काट्यो ।हेर यूटुबमा /डोटीका रैकामल्ल/शाही राजाका कुलदेवता धामीले बोकाको घाँटी दांतले काटेको दृश्य अचम्मै ।
सन्दर्भ सामग्रीअन
[सम्पादन • स्रोत सम्पादन]- ↑ इतिहास र विभिन्न आधार ,ताम्रपत्रको विश्लेषण सामाजिक मान्यता अनुसार