पटना

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
पटना
बसोबास शुरु:६०० ई०पू०
शहरको स्तर:बिहारको राजधानी (पुरानो राज्य मगधको राजधानी)
जिल्ला:पटना
प्रशासन:नगर महापालिका
प्रमुख प्रशासक:मेयर अफजल इमाम
भाषा:हिन्दी, मगही, मैथिली, भोजपुरी, उर्दू, अङ्ग्रेजी
क्षेत्रफल:३२०२ बर्ग कि. मी.
जनसंख्या:१,६९७,९७६
जनघनत्व:१,४०५/बर्ग कि. मी.
वार्षिक तापमान:२६°C (७९°F)
शीतकालीन तापमान:१२°C (५४°F)
लिंगानुपात(Sex Ratio):१.४५
साक्षरता प्रतिशत:६३.८२%
साक्षरता प्रतिशत (पुरुष):७३.८१%
साक्षरता प्रतिशत (महिला):५२.१७%
मुद्रा:भा० रु०
वेव साइट:http://patna.bih.nic.in/
समय क्षेत्र:IST +५.३०
ईन्टरनेट TLD:in
अन्तर्राष्ट्रिय टेलिफोन कोड:+91
क्षेत्रीय टेलिफोन कोड :०६१२
हुलाक कोड(Postal Index No.):800 XXX

पटना भारत गणराज्यको बिहार प्रान्तको राजधानी हो, प्राचीनकालमा यईश्वरीप्रसाद लाई पाटलीपुत्र भनिन्थ्यो| आधुनिक पटना दुनियाका गिने-चुनेका ती विशेष प्रचीन नगरहरूमा एक हो जो अति प्राचीन कालदेखि आजसम्म आबाद छ। आफैंमा पनि यो शहरको एक अत्यन्तै ऐतिहासिक महत्व रयाको छ।

ईसा पूर्व मेगास्थनीज(३५० ईपू-२९० ईपू)ले आफ्नो भारत भ्रमण पश्चात लेखेको आफ्नो पुस्तक इंडिकामा यईश्वरीप्रसाद नगरको उल्लेख गरेका छन। पलिबोथ्रा (पाटलिपुत्र)जो गंगा र अरेन्नोवास (सोनभद्र-हिरण्यवाह)को संगममा बसेको थियो। त्यो पुस्तकको आकलनको हिसाबबाट प्राचीन पटना (पलिबोथा) ९ मील (१४.५ कि.मी.) लामो तथा १.७५ मील (२.८ कि.मी.) चौडा थियो।

आधुनिक पटना बिहार राज्यको राजधानी हो रे गंगा नदीको दक्षिणी किनारामा अवस्थित छ। जहाँ गंगा घाघरा, सोन र गंडक जस्तो सहायक नदिहरूसँग जोडीन्छ। यहाँ पबित्र गंगा नदीको स्वरूप नदीको जस्तो न भएर सागर जस्तो विराट देखिन्छ - अनन्त र अथाह! मनलाई प्रसन्न गरेर गर्ने एक विशाल प्रवाह!

बारह लाख (१२,००,०००) को आवादी भयाको यो शहर, लगभग १५ कि.मी. लम्बा र ७ कि.मी. चौडा छ।

प्राचीन बौद्ध रे जैन तीर्थस्थल वैशाली, राजगीर या राजगृह, नालन्दा, बोधगया रे पावापुरी पटना शहरको छेउछाउ मै अवस्थित छ। पटना सिक्खहरूको लागि एक अत्यन्त नै पवित्र स्थल हो। सिक्खहरूको १० औं तथा अन्तिम गुरू गुरू गोबिंद सिंहको जन्म पटनामा नै भयाको थियो। प्रति वर्ष देश-विदेशबाट लाखौ सिक्ख श्रद्धालु पटनामा हरमन्दिर साहबको दर्शन गर्न आउछन् तथा मत्था टेकदछन।

पटना एवं यईको आसपासको प्राचीन भग्नावशेष/खंडहरहरू नगर भयाको ऐतिहासिक गौरवको मौन गवाह हुन् तथा नगरको प्राचीन गरिमालाई आज पनि प्रदर्शित गर्छन।

एतिहासिक रे प्रशासनिक महत्वको अतिरिक्त, पटना शिक्षा र चिकित्साको पनि एक प्रमुख केन्द्र हो। दिवालाहरूबाट घेरियाको नगरको पुरानो क्षेत्र, जसलाई पटना सिटीको नामले जानिन्छ, एक प्रमुख वाणिज्यिक केन्द्र हो।

नाम[सम्पादनस्रोत सम्पादन]

पटना नाम पटनदेवी (एक हिन्दू देवी) देखि प्रचलित भएको छ। एक अन्य मतका अनुसार यो नाम संस्कृतको पत्तन बाट आएको हो जईश्वरीप्रसाद को अर्थ बन्दरगाह हुन्छ। मौर्यकालको यूनानी इतिहासकार मेगास्थनिजले यस शहरलाई पालिबोथरा तथा चीनीयात्री फाहियानले पालिनफूको नामले संबोधित गरेका छन्। यो ऐतिहासिक नगरले पछिल्लो दुई सहस्त्राब्दियहरूमा धेरै नाम पाई सकेको छ - पाटलिग्राम, पाटलिपुत्र, पुष्पपुर, कुसुमपुर, अजीमाबाद र पटना। यस्तो सम्झिउछ कि वर्तमान नाम शेरशाह सूरीको समय देखि प्रचलित भयो।

इतिहास[सम्पादनस्रोत सम्पादन]

प्राचीन पटना (पूर्वनाम- पाटलिग्राम या पाटलिपुत्र) सोन रे गंगा नदीको संगममा स्थित थियो। सोन नदी आज भन्दा दुई हजार वर्ष पूर्व अगमकुँआ भन्दा अगाडी गंगामा मिल्दथ्यो। पाटलिग्राममा गुलाब (पाटलीको फूल ) ठूलो मात्रामा उपजाईन्थ्यो गुलाबको फूलबाट बिभिन्न प्रकारकोको इत्र, दबाइ आदि बनाएर त्यसको व्यापार गरिन्थ्यो यसैले यसको नाम पाटलिग्राम भयो। लोककथाहरूको अनुसार, राजा पत्रकलाई पटनाको जनक भनिन्छ। उनले आफ्नो रानी पाटलिको लागि जादूबाट यस नगरको निर्माण गर्‍यो। त्यहि कारण नगरको नाम पाटलिग्राम भयो। पाटलिपुत्र नाम पनि त्यहिको कारण भयो। संस्कृतमा पुत्रको अर्थ बेटा तथा ग्रामको अर्थ गांउ हुन्छ।

पुरातात्विक अनुसंधानहरूको अनुसार पटनाको इतिहास ४९० ईसा पूर्वबाट हुन्छ जब हर्यक वंशको शासक अजातशत्रुले आफ्नो राजधानी राजगृह या राजगीर बाट बदलेर यहाँ स्थापित गरे। यो स्थान वैशालीको लिच्छविहरूसँग संघर्षमा उपयुक्त भएको कारण राजगृहको अपेक्षा सामरिक दृष्टिले धेरै महत्वपूर्ण थियो। उनले गङ्गाको किनारमा यो स्थान चुने र आफ्नो किल्ला स्थापित गरे। त्यही समयबाट यस नगरको इतिहास निरन्तर बदलिदै गएको छ। २५०० वर्ष भन्द धेरै पुरानो शहर भएको गौरव विश्वको धेरै कम नगरहरूलाई हासिल छ। बौद्ध धर्मका प्रवर्तक गौतम बुद्ध आफ्नो अन्तिम दिनहरूमा यहाँबाट गएका थिए। उनको यो भविष्यवाणी थियो कि नगरको भविष्य उज्जवल हुनेछ, बाढि या अग्नीको कारण नगरलाई खतरा भई रहने छ। मौर्य साम्राज्यको उत्कर्ष पछि पाटलिपुत्र सत्ताको केन्द्र बन्यो। चन्द्रगुप्त मौर्यको साम्राज्य बंगालको खाडी देखि अफगानिस्तान सम्म फैलिएको थियो। मौर्य कालको आरंभमा पाटलिपुत्रका अधिकांश राजमहल काठहरूबाट बनेका थिए, तर सम्राट अशोकले नगरलाई ढुंगाको संरचनामा परिवर्तन गरे। चीनको फाहियान ले, जो सन् ३९९-४१४ सम्म भारत यात्रामा थिए, आफ्नो यात्रा-वृतांतमा यहाँको शैल संरचनाहरूलाई जीवन्त वर्णन गरेको छन। मेगास्थनीज, जो ग्रीक इतिहासकार र चन्द्रगुप्त मौर्यको दरबारमा एक राजदूतको नाताले आएका थिए,ले पाटलिपुत्र नगरको प्रथम लिखित विवरण दिए। त्यस पछि, ज्ञानको खोजमा धेरै चीनीया यात्री यहाँ आए र उनीहरूले पनि यहांको बारेमा आफ्नो यात्रा-वृतांतहरूमा लेखएको छ। यस पश्चात नगरमा गुप्त वंश सहित धेरै राजवंशहरूको राज रहयो। यि राजाहरूले यहींबाट भारतीय उपमहाद्वीपमा शासन गरे। गुप्त वंशको शासनकाललाई प्राचीन भारतको स्वर्ण युग भनिन्छ। तर यसपछि नगरलाई त्यो गौरव मिलेन जुन एक समय मौर्य वंश या गुप्त वंशको समय प्राप्त थियो।

गुप्त साम्राज्यको पतन पछि पटनाको भविष्य एकदम अनिश्चित रहयो। १२ औं सताब्दीमा बख्तियार खिलजीले बिहारमा आफ्नो अधिपत्य जमाए र धेरै आध्यात्मिक प्रतिष्ठानहरूलाई ध्वस्त गरे। पटना देशको सांस्कृतिक र राजनैतिक रहेन।

मुगलकालमा दिल्लीका सत्ताधारिहरूले आफ्नो नियन्त्रण यहाँ बनाए राखे। यस कालमा सबै भन्दा उत्कृष्ठ समय तब आयो जब शेरशाह सूरीले नगरलाई पुनर्जीवित गर्ने कोशिश गरे। उनले गङ्गाको तीरमा एक किला बनाउनलाई सोचे। उनले बनाएको किल्ला त अझै छैन, तर अफगान शैलीमा बनाएको एक मस्जिद अझै पनि छ।

मुगल बादशाह अकबरको सेना १५७४ ईसवीमा अफगान सरगना दाउद खानको दबाउन पटना आए। अकबरलाई राज्य सचिव एवं आइने-अकबरीको लेखक अबुल फजलले यस ठाउँको कागज, पत्थर तथा शीशाको सम्पन्न औद्धोगिक केन्द्रको रूपमा वर्णित गरेको छन। पटना राइसको नामले यूरोपमा प्रसिद्ध, पटनामा उमारिएको विभिन्न किसिमको उच्चस्तरको चामल उल्लेख गरेका छन्। मुगल बादशाह औरंगजेवले आफ्नो प्रिय नाती मुहम्मद अजीमको अनुरोधमा १७०४ मा, सहरको नाम अजीमाबाद गरे, तर यस कालखंडमा नामको अतिरिक्त पटनामा केही विशेष बदलाव आएन।अजीम त्यस समय पटनाको सूबेदार थियो। मुगल साम्राज्यको पतनसँग नै पटना बंगालको नबाबहरूको शासनको अधीनमा गयो जसले यस क्षेत्रमा ठूलो मात्रामा कर लगाए तर यसलाई वाणिज्यिक केन्द्र बनिरहन छूट दीए। १७ औं शताब्दीमा पटना अन्तर्राष्ट्रिय व्यापारको केन्द्र बन्यो। अंग्रेजहरूले १६२०मा रेशम तथा छिटको व्यापारको लागि यहाँ फैक्ट्री खोले। चाँडै नै यो सल्ट पीटर (पोटेशियम नाइट्रेट)को व्यापारको केन्द्र बन्यो जसको कारण फ्रेंच र डचहरूसँग तेज प्रतिस्पर्धा भयो। बक्सरको निर्णायक युद्ध पछि नगर इस्ट इंडिया कम्पनीको अधीन गयो र वाणिज्यको केन्द्र बनिरह्यो।

ईसवी सन १९१२मा बंगाल विभाजन पछि, पटना उडीसा तथा बिहारको राजधानी बनयो। आए एफ मुन्निंगले पटनाको प्रशासनिक भवनहरूको निर्माण गरे। संग्रहालय, उच्च अदालत, विधानसभा भवन इत्यादि बनाउने श्रेय उनलाई नै जान्छ। केही मान्छेहरूको बिचार यो छ कि पटनाको नयाँ भवनहरूको निर्माणमा हासिल भएको अनुभब दिल्लीको शासनिक क्षेत्रको निर्माणमा धेरै काम आयो। सन १९३५मा उडीसा बिहारबाट अलग गरेर एक राज्य बनाई दिइयो। पटना राज्यको राजधानी बनिरह्यो।

भारतीय स्वतन्त्रता संग्राममा नगरले आफ्नो महत्वपूर्ण भूमिका निभायो। नीलको खेतीको लागि १९१७मा चम्पारण आन्दोलन तथा १९४२को भारत छोड आन्दोलनको समय पटनाको भूमिका उल्लेखनीय रहर्‍यो। स्वतन्त्रता पछि पटना बिहारको राजधानी बनिरह्यो। सन २०००मा झारखंड राज्यको अलग भए पछि पनि पटना बिहारको राजधानी पूर्ववत बनिरह्यो।

भूगोल[सम्पादनस्रोत सम्पादन]

पटनाबाट देखिएको गंगा नदीको दृश्य पटना गङ्गाको दक्षिणी तटमा अवस्थित छ। गंगा नदीनगरसँग एउटा लामो तट रेखा बनाउद छ। पटनाको विस्तार उत्तर-दक्षिणको अपेक्षा पूर्व-पश्चिममा धेरै अधिक छ। नगर तीन तर्फबाट गंगा, सोन नदी र पुनपुन नदी नदिहरूबाट घेरिएको छ। नगरको ठीक उत्तर हाजीपुरको नजीकै गंडक नदी पनि गङ्गामा आएर मिल्दछ। हालको दिनमा पटना शहरको विस्तार पश्चिम तिर धेरै भएको छ र यो दानापुरसँग गएर मिलेको छ।

महात्मा गांधी सेतु जुन कि पटनाबाट हाजीपुरलाई जोडनको लागि गंगा नदीमा उत्तर-दक्षिणको दिशामा बनाएको एक पुल हो, दुनियाको सबै भन्दा लामो सडक पुल हो। दुई लेनवाला यस लामो सिमेन्टी पुलको लम्बाई ५५७५ मीटर छ।

समुद्रतलबाट ऊँचाई: ५३ मीटर तापमान: गर्मी ४३ °C - २१ °C, सर्दी २० °C - ६ °C औसत वर्षा : १,२०० मिलीमीटर

जलवायु[सम्पादनस्रोत सम्पादन]

बिहारको अन्य भागहरूको सरह पटनामा पनि गर्मीको तापक्रम उच्च रहन्छ। गृष्म ऋतुमा सीधा सूर्यातप तथा उष्ण तरंगहरूको कारण असह्य स्थिति हुन्छ। गर्म हावाले बन्ने लूको असर शहरमा पनि महशुस हुदछ। देशको शेष मैदानी भागहरू (यथा - दिल्ली)को अपेक्षा हलाँकि यो कम हो। चार ठूलो नदिहरूको नजीक भएको कारण नगरमा आर्द्रता साल भर धेरै रहन्छ।

गृष्म ऋतु अप्रिलबाट शुरु भएर जून- जुलाईको महिनामा चरममा हुन्छ। तापक्रम ४६ डिग्री सम्म पुगछ। जुलाईको मध्यमा मनसूनको झरीबाट राहत पुग्दछ र वर्षा ऋतुको श्रीगणेश हुन्छ। शीत ऋतुको शुरु छठ पर्व पछि अर्थात नोभेम्बरबाट हुन्छ। फेब्रुअरीमा वसंतको आगमन हुन्छ तथा होली पछि मार्चमा यसको अवसानसँग नै ऋतु-चक्र पूरा हुन्छ।

जनसंख्या स्थिति[सम्पादनस्रोत सम्पादन]

पटनाको जनसंख्या वर्ष २००१को जनगणनाको अनुसार १२,८५,८५,४७० छ, जुन १९९१मा ९,१७,२४३ थियो। जनघनत्व ११३२ व्यक्ति प्रति वर्ग किलोमीटर तथा स्त्री पुरूष अनुपात छ - ८३९ महिला प्रति १०,००० पुरूष। साक्षरताको दर पुरूषहरूमा ६२.९% तथा महिलाहरूमा ५०.८% छ। (स्रोत -जिला प्राथमिक शिक्षा रिपोर्ट २००४, राष्ट्रिय शैक्षणिक नियोजन र प्रशासन संस्थान, नयाँ दिल्ली)[१]

पटनामा अपराधको दर अपेक्षाकृत कम छ। मुख्य जेल बेउरमा छ।

पटनामा धेरै भाषा तथा बोलिहरू बोलीईन्छ। हिन्दी एवं उर्दू राज्यको आधिकारिक भाषा हो। अङ्ग्रेजीको पनि प्रयोग हुन्छ। मगही यहाँको स्थानीय बोली हो। अन्य भाषाहरू, जुन कि बिहारको अन्य भागहरूबाट आएका मान्छेहरूको मातृभाषा हो,मा अंगिका, भोजपुरी, बज्जिका र मैथिली प्रमुख छन्। आंशिक प्रयोगमा आनवाली अन्य भाषाहरूमा बंग्ला र उडियाको नाम लिन सकिन्छ।

पटनाको मेमनलाई पाटनी मेमन भन्छन् र उनिहरूको भाषा मेमनी भाषाको एक स्वरूप हो।

जनजीवन एवं महिलाहरूको दशा[सम्पादनस्रोत सम्पादन]

पटनाको मुख्य जनजीवन अंग तथा मिथिला प्रदेशहरूबाट एकदम प्रभावित छ। यो संस्कृति बंगाल सँग मिल्दो जुल्दो छ। महिलाहरूको परिवारमा सम्मान हुन्छ तथा पारिवारिक निर्णयहरूमा उनको कुरा पनि सुनीन्छ। यद्धपि स्त्रिहरू अझै सम्म घरको कमाऊ सदस्यहरूमा छैनं, तर उनको दशा उत्तर भारतको अन्य क्षेत्रहरूभन्दा राम्रो छ। भ्रूण हत्याको खबर शायद नै सुनीन्छ तर कही कहीं स्त्रिहरूको शोषण पनि हुन्छ। शिक्षाको मामलामा महिलाहरूको तुलनामा पुरूषहरूलाई तरजीह मिल्दछ।

विवाह[सम्पादनस्रोत सम्पादन]

धेरै जसो बिबाहहरू माता-पिता द्धारा नै निर्धारित-निर्देशानुसार हुन्छ। विवादमा सन्तानको इच्छाको मान्यता परिवारमा निर्भर गर्दछ। विवाहलाई पवित्र मानिन्छ र छोडपत्रको कुरा सोच्नु (मुस्लिम परिवारहरूमा पनि) एक सामाजिक अपराध सम्झीइन्छ। बिबाहहरू उत्सव सरह आयोजित हुन्छ र यस समयमा सांस्कृतिक कार्यक्रमहरूको भरमार रहन्छ। केही पर्वहरूलाई दिदा वास्तवमा विवाह अवसरमा नै लोक-कल्याको सर्वोत्तम झांकी दिखिन्छ। यस अवसरमा गरियो खर्च र भोज भतेर अधिकता धेरै परिवारहरूमा विपन्नताको कारण बन्दछ। दाईजो चलन ज्यादाजसो हिंदू एवं मुस्लिम परिवारहरूमा रहेको छ।

संस्कृति[सम्पादनस्रोत सम्पादन]

पर्व-त्यौहार[सम्पादनस्रोत सम्पादन]

दीवाली, दुर्गापूजा, होली, ईद, क्रिसमस, छठ आदि लोकप्रियतम चाड पर्वहरूमा मध्येका हुन।

दशहरा[सम्पादनस्रोत सम्पादन]

दशहरामा सांस्कृतिक कार्यक्रमहरूको लामो तर क्षीण हुदै गरेको परम्परा छ। यस परम्पराको शुरुवात वर्ष १९४४मा मध्य पटनाको गोविंद मित्रा रोड गल्लीबाट भएको थियो। धुरंधर संगीतज्ञों सँग सगै ठूला कव्वाल र मुकेश वा तलत महमूद जस्ता गायक पनि यससँग जुडीदै गए।

१९५० देखि लिएर १९८० सम्म त यही लागिरह्यो कि देशको शीर्षस्थ संगीतकारहरूको तीर्थ-जस्तो बन्यो पटना। डीवी पलुस्कर, हरू कार नाथ ठाकुर, भीमसेन जोशी, अली अकबर खान, निखिल बनर्जी, विनायक राव पटवर्धन, पंडित जसराज, कुमार गंधर्व, बीजी जोग, अहमद जान थिरकवा, बिरजू महाराज, सितारा देवी, किशन महाराज, गुदई महाराज, बिस्मिल्ला खान, हरिप्रसाद चौरसिया, शिवकुमार शर्मा ... ठूलो लामो सूची छ। पंडित रविशंकर र उस्ताद धनी खानलाई छोडेर बाकी प्रायः सबै नामी संगीतज्ञ त्यस दिनहरू पटनाको दशहरा संगीत समारोहको शोभा बनिसकेका थिए।

६० वर्ष पहिले पटनाको दशहरा र संगीतको जुन सम्बन्ध सूत्र कायम भएको थियो त्यो ८०को दशकमा आएर टूटेर छिन्न भिन्न भयो। त्यसै परम्परालाई फेरि कायम गर्न एक तथाकथित सरकारी कोशिश वर्ष २००६को दशहराको मौकेमा भए तर नाकाम रहर्‍यो।

खान-पान[सम्पादनस्रोत सम्पादन]

यहाको जनताको मुख्य भोजन भात-दाल-रोटी-तरकारी-अचार हो। तोरीको तेल पारम्परिक रूपले खान तैयार गर्नमा प्रयुक्त हुन्छ। खिचडी ,जोकि चावल तथा दालको साथ केही मसालहरूलाई मिलाएर पकाईन्छ, पनि भोज्य व्यंजनहरूमा एकदम लोकप्रिय छ। खिचडी, प्रायः शनिवार, दही, पापड, घिउ, अचार तथा चोखा संग-साथ पस्किइन्छ।

पटनालाई केन्द्रीय बिहारको मिष्ठान्नहरू तथा मीठो पकवानहरूलाई लागि पनि जानिन्छ। यिनीहरूमा खाजा, मावाको लड्डू,मोतीचूरको लड्डू, काला जामुन, केसरिया पेडा, परवलको मिठाई, खुबीको लाई र चना मर्कीको नाम लिन सकिन्छ। यिनी पकवानहरूको मूल यिनको सम्बन्धित शहर हुन् जुन कि पटनाको निकट छन्, जस्तै कि सिलावको खाजा, बाढको मावेको लाई,मनेरको लड्डू, विक्रमको काला जामुन, गयाको केसरिया पेडा, बख्तियारपुरको खुबीकोलाई (???)को चना मर्की, बिहियाको पूरी इत्यादि उल्लेखनीय छ। हलवाईहरूको वंशज, पटनाको नगरीय क्षेत्रमा ठूलो संख्यामा गएर बसे यस कारणले यो नगरमा नै राम्रो पकवान तथा मिठाईहरू उपलब्ध हुन्छ। बंगाली मिठाईहरूबाट, जो कि प्रायः चाशनीमा डूबि रहछन, भिन्न यहांको पकवान प्रायः सुकेका हुन्छन्।

यसको अतिरिक्त यि पकवानहरूको प्रचलन पनि एकदम छ -

  • पुआ, - मैदा, दूध, घी, चीनी मधु इत्यादिबाट बनाइन्छ।
  • पिठ्ठा - चावलको धुलोलाई पिसेको चनासँग या खोवेसँग तैयार गरिन्छ।
  • तिलकुट - जसलाई बौद्ध ग्रन्थहरूमा पलाला नामले वर्णित गरिएको छ, तिल तथा चीनी गुड बनाइन्छ।

चिवडा या च्यूरा' - चावललाई कूटेर या दबाएर पतलो तथा चौडा गरेर बनाइन्छ। यसलाई प्रायः दही वा अन्य चाजहरूसँग नै पस्किइन्छ।

  • मखाना - (पानीमा उगने वाला फली) यसको खीर एकदम पसन्द गरिन्छ।
  • सत्तू - भुटेको चनालाई पीसेर तैयार गरिएको सत्तू, दिनभरको थकानलाई हटाउनको लागि बिहान धेरै मान्छेहरूद्धारा प्रयोग गरिन्छ। यसलाई रोटी भित्र भरेर पनि प्रयोग गरिन्छ जसलाई स्थानीय मान्छे मकुनी रोटी भन्छन्ं।
  • लिट्टी चोखा - लिट्टी जुन आंटा भित्र सत्तू तथा मसला हालेर आगोमा सेकेर बनाईन्छ,को चोखे सँग पस्किइन्छ। चोखा उसिनेको आलू वा बैंगनलाई मुछेर तैयार हुन्छ।
  • मांसहारी व्यंजन पनि लोकप्रिय छ। माछा एकदम लोकप्रिय छ, र मुगल व्यंजन पनि पटनामा देख्न सकिन्छं। अचेल कन्टिनेन्टल खान पनि मानिसहरूद्धारा मन पराउदै जादैछन। धेरै तरिकाको रोल, जोकि न्यूयर्कमा पनि उपलब्ध छन्,को मूल पटना नै हो। विभाजनको समयमा धेरै मुस्लिम परिवार पाकिस्तान गए र त्यस पछि अमेरिका। आफ्नो साथ -साथ त्यो यहांको संस्कृति पनि लगे। उनीहरू धेरै शाकाहारी तथा आमिष रोलहरू रोल-बिहारी नाम ले, न्यूयार्कमा बेच्छन।

यातायात[सम्पादनस्रोत सम्पादन]

सडक यातायात राष्ट्रिय राजमार्ग संख्या ३१ तथा १९ नगरबाट भएर जान्छ। राज्यको राजधानी भएको कारण पटना बिहारलाई सबै प्रमुख सहरहरूबाट सडक मार्गद्धारा जोडीएको छ। बिहारको सबै जिल्ला सदर मुकाम तथा झारखंडको केही सहरहरूको लागि नियमित बस-सेवा यहाँबाट उपलब्ध छ। गंगा नदीमा बनेको महात्मा गांधी सेतुद्धारा पटना हाजीपुरसँग जोडिएको छ।

  • रेल यातायात

भारतीय रेलको नक्सा मा पटना एउटा महत्वपूर्ण जंक्शन हो। भारतीय रेलद्धारा राष्ट्रिय राजधानी दिल्लीको अतिरिक्त यहाँबाट मुम्बई, चेन्नई, कोलकाता, अहमदाबाद, जम्मू, अमृतसर, गुवाहाटी तथा अन्य महत्वपूर्ण सहरहरूको लागि सीधा रेल उपलब्ध छ। पटना देशलाई अन्य सबै महत्वपूर्ण सहरहरूबाट रेलमार्गद्धारा जोडिएको छ। पटनाबाट जाने वाला रेलवे मार्ग हुन- पटना-मोकामा, पटना-मुगलसराय' तथा पटना-गया। यो पूर्व रेलवेको दिल्ली-हावडा मुख्य मार्गमा स्थित छ।

  • हवाई यातायात पटनाको अन्तर्राष्ट्रिय हवाई मैदानको नाम लोकनायक जयप्रकाश नारायण हवाई अड्डा हो र यो नगरको पश्चिमी भागमा अवस्थित छ। भारतीय नागरिक उड्यन प्राधिकरणद्धारा सञ्चालित लोकनायक जयप्रकाश हवाईक्षेत्र, पटना (IATA कोड- PAT) अन्तर्देशीय तथा सीमित अन्तर्राष्ट्रिय उडानहरूलाई लागि बनेको हो। इंडियन, किंगफिशर, जेटएयर, स्पाइसजेट तथा इंडिगोको उडानहरू दिल्ली, रांची, कलकत्ता, मुम्बई तथा केही अन्य नगरहरूको लागि नियमित रूपबाट उपलब्ध छ।
  • जल यातायात पटना शहर १६८० किलोमीटर लामो इलाहाबाद-हल्दिए राष्ट्रिय जलमार्ग संख्या-१मा अवस्थित छ। गंगा नदीको प्रयोग नागरिक यातायातको लागि हालसम्म गरिन्थ्यो तर यसको माथी पुल बनेको कारण यसको महत्व अब भारवहनको लागि सीमित भएर रहेको छ। देशको एकमात्र राष्ट्रिय अन्तर्देशीय नौकायन संस्थान पटनाको गायघाटमा स्थित छ।
  • स्थानीय यातायात - पटना सहरको सार्वजनिक यातायात मुख्यतः नगर बस, औटोरिक्शा र साइकिल रिक्शामा आश्रित छ। लगभग ३० किलोमीटर लामो र ५ किलोमीटर चौडा राज्यको राजधानीलाई यातायातको आवश्यकहरू मुख्यरूपबाट औटोरिक्शा (जसलाई टेम्पो पनि भनिन्छ) नै पूरा गर्छं।स्थानीय भ्रमण हेतु टैक्सी सेवा उपलब्ध छ, जुन निजी मालिकहरूद्धारा सञ्चालित मंहगो साधन हो। नगर बस सेवा केही इलाकोको लागि उपलब्ध छ तर त्यसको सेवा र समयसारणी भरोसा गर्न लायक छैन। नगरको मुख्य मार्ग अशोक राजपथ टेम्पो, साइकिल-रिक्शा तथा निजी दुई पाङ्ग्रे र चार पाङ्ग्रे वाहनहरूको कारण संधै जामको शिकार भै रहन्छ।

आर्थिक स्थिति[सम्पादनस्रोत सम्पादन]

प्राचीन कालमा व्यापारको केन्द्र रहेको यस शहरमा अब निर्यात गर्न लायक कम उत्पादन नै बन्छन, जबकी बिहारको अन्य हिस्साहरूमा पटनाको पूर्वी पुरानो भाग (पटना सिटी) निर्मित मालको मांग भएको कारण केही उद्योग धंधा विकास भै रहेका छन।

दर्शनीय स्थल[सम्पादनस्रोत सम्पादन]

  • अगम कुआ – मौर्य वंशको शासक सम्राट अशोकको कालको एउटा कुआ गुलजारबाग स्टेशनको नजीकै अवस्थित छ। नजीकै नै स्थित एउटा मन्दिर स्थानीय मानिसहरूको विवाहको लागि मह्त्वपूर्ण स्थल हो।

कुम्रहेर - चंद्रगुप्त मौर्य, बिन्दुसार तथा अशोक कालीन पाटलिपुत्रको भग्नावशेष हेर्नको लागि यो सबै भन्दा राम्रो ठाउँ हो। कुम्रहेर परिसर भारतीय पुरातत्त्व सर्वेक्षण विभागद्धारा संरक्षित तथा सञ्चालित छ र सोमवार छोडेर हप्ताको हरेक दिन १० बजे देखि ५ बजे सम्म खुला रहन्छ। बेगू हज्जामको मस्जिद सन् १४८९मा बंगालको शासक अलाउद्दीन शाह द्धारा निर्मित 'पत्थरको मस्जिद - जहाँगीरको छोरा परवेजद्धारा १६६१मा निर्मित यो सानो मस्जिद अशोक राजपथमा सुलतानगंजमा स्थित छ। शेरशाहको मस्जिद अफगान शैलीमा बनेको यो मस्जिद बिहारको महान शासक शेरशाह सूरीद्धारा १५४०-१५४५को बीच बनाईएको थियो। पटनामा बनेको यो सबै भन्दा ठूलो मस्जिद हो। पादरीको महल - सन १७७२मा निर्मित बिहारको प्राचीनतम चर्च बंगालको नवाब मीर कासिम तथा ब्रिटिस ईस्ट इंडिया कम्पनीको बीचको मनमुटाबको साक्षी हो।। खुदाबख्श ल्याएब्रेरी अशोक राजपथमा स्थित यो राष्ट्रिय पुस्तकालय १८९१मा स्थापित भएको थियो। यहाँ केही अतिदुर्लभ मुगल कालीन पांडुलिपिहरू छन्। किला हाउस (जालान हाउस) दीवान बहादुर राधाकृष्ण जालानद्धारा शेरशाहको किल्लाको अवशेषमा निर्मित यस भवनमा हीरा जवाहरात तथा चिनिया वस्तुहरूको एक निजी संग्रहेलय छ।

  • हरमन्दिर साहेब, पटना सिटी

तख्त श्रीहरमन्दिर पटना सिखहरूको दसौं र अन्तिम गुरू गोविन्द सिंहको जन्मस्थल हो। नवम गुरू श्री तेगबहादुर पटनामा रहेको बेला गुरू गोविन्दसिंहले आफ्नो बाल्यकालको केही वर्ष पटना सिटीमा बिताए थिए। बालक गोविन्दरायको बाल्यकालको पंगुरा (पालना), फलामको चार तीर, तरवार, पादुका तथा 'हुकुमनामा' यहाँ गुरूद्धारमा सुरक्षित छ। यो स्थल सिक्खहरूको लागि अति पवित्र छ।

  • महावीर मन्दिर संकटमोचन रामभक्त हनुमान मन्दिर पटना जंक्शनको ठीक बाहिर बनेको छ। न्यू मार्किटमा बनेको मस्जिदसँग खडा यो मन्दिर हिंदू-मुस्लिम एकताको प्रतीक हो।

गांधी मैदान वर्तमान सहरको मध्यभागमा स्थित यो विशाल मैदान पटनाको दिल हो। जनसभा, सम्मेलन तथा राजनैतिक र्‍यालिहरूको अतिरिक्त यो मैदान पुस्तक मेला तथा दैनिक व्यायामको पनि केन्द्र हो। यसको चारैतिर अति महत्वपूर्ण सरकारी भबनहरू र प्रशासनिक तथा मनोरंजन केन्द्र बनेका छन्। गोलघर १७७० ईस्वीमा यस क्षेत्रमा आएको भयंकर अकाल पछि खाद्यन्न भंडारणको लागि बनायाइयो यो गोलाकार भबन आफ्नो खास आकृतिको लागि प्रसिद्ध छ। १७८६ ईस्वीमा जन गार्स्टिनद्धारा निर्माण पछि देखि गोलघर पटना सहरको प्रतीक चिह्न बन्यो। दुई तर्फ बनेको सीढिहरू देखि माथि गएर नजीकै नै बहने गंगा र यसको परिवेशको शानदार अवलोकन संभव छ। गाँधी संग्रहालय गोलघरको अगाडी बनेको बाँकीपुर बालिका उच्च विद्धालयको छेउमा महात्मा गाँधीको स्मृतिसँग जोडीएको चीजहरूको नायाब संग्रह देख्न सकिन्छ। हालमा त्यहि परिसरमा स्थापित चाणक्य विधि विश्वविद्धालयको अध्ययन केन्द्र पनि अवलोकन योग्य छ। श्रीकृष्ण विज्ञान केंद्र गाँधी मैदानको पश्चिम भागमा बनेको विज्ञान परिसर स्कूली शिक्षामा लगेका बालकहरूको लागि ज्ञानवर्धक केन्द्र हो। पटना संग्रहेलय जादूघरको नामले पनि जानेनिने यस म्यूजियममा प्राचीन पटनाको हिन्दू तथा बौद्ध धर्मको धेरै निशानि छन्। लगभग ३० करोड वर्ष पुराना रुखको मुल भागको फसिल यहाँको विशेष धरोहर हो। ताराघर संग्रहालयको नजीकै बनाइएको इन्दिरा गाँधी विज्ञान परिसरमा बनेको ताराघर देशमा वृहत्तम छ।

  • सदाकत आश्रम - देशरत्न राजेन्द्र प्रसादको कर्मभूमि।
  • संजय गांधी जैविक उद्धान - राज्यपालको सरकारी निवास राजभवनको पछाडी अवस्थित जैविक उद्धान सहरको फोक्सो हो। विज्ञान प्रेमियहरूलाई लागि यो जन्तु तथा वानस्पतिक अनुसन्धानको केन्द्र हो। व्यायाम गर्नेहरू तथा पिकनिकको लागि यो मन लाग्दो स्थल हो।
  • दरभंगा हाउस यसलाई नवलखा भवन पनि भन्छन्ं। यसको निर्माण दरभंगाको महाराज कामेश्वर सिंहले गराएका थिए।गङ्गाको तटमा अवस्थित यस प्रासादमा पटना विश्वविद्धालयको स्नातकोत्तर विभागहरूको कार्यालय छ। यसको परिसरमा एउटा काली मन्दिर पनि छ जहाँ राजा आफु अर्चना गर्ने गर्थे।

पटनाको नजीक[सम्पादनस्रोत सम्पादन]

  • आरा
  • बोध गया
  • वैशाली
  • नालंदा
  • पावापुरी
  • राजगीर
  • हाजीपुर
  • मनेर

शिक्षा[सम्पादनस्रोत सम्पादन]

अनुग्रह नारायण सिँह कलेज पटनाको प्रशिद्द कलेज हो। यसले शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएकोछ। प्रायः बिहार बोर्ड तथा सीबीएसईका स्कूलहरू छन्। हालमा अनिं बिहार कलेज अफ इंजीनियरिंगलाई एनआईसुइहरू दर्जा दिइएको छ। पटना यूनिभर्सिटी, मगध विश्वविद्धालय तथा नालन्दा ओपेन यूनिभर्सिटी यी तीन विश्वविद्धालय हुन् जसका शिक्षण संस्थान सहरमा छन्।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

भाइरका लिंकअन[सम्पादनस्रोत सम्पादन]

तस्वीर पञ्जिका[सम्पादनस्रोत सम्पादन]