आन्ध्र प्रदेश

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

आन्ध्र प्रदेश (तेलुगु :ఆంధ్ర ప్రదేశ్) भारत को दक्षिण-पूर्वी समुद्र तटमा स्थित एउटा राज्य हो । क्षेत्रको अनुसार यो भारतको चौथौ सबैभन्दा ठुलो तथा जनसंख्याको दृष्टिले पाँचौ सबैभन्दा ठुलो राज्य हो । हाल सम्म यईको राजधानी रे सबैभन्दा ठुलो शहर हैदराबाद रहेको छ । भारतको सबै राज्य मध्ये सबैभन्दा लामो समुन्द्र तट गुजरात(१६०० कि॰मी॰) माई रहेको छ , दोश्रो स्थानमा यसै राज्यको समुन्द्र तट (९७२ कि॰मी॰) रहेको छ ।

आन्ध्र प्रदेश १२°४१' तथा २२°उ॰ अक्षांश और ७७° तथा ८४°४०'पू॰ देशान्तर रेखा को बिचमा अवस्थित रहेको छ , रे यईको उत्तरमा महाराष्ट्र, छत्तीसगढ रे उडीसा, पूर्वमा बङ्गाल को खाडी, दक्षिणमा तमिलनाडु तथा पश्चिममा कर्नाटक ले घेरियाको छ । ऐतिहासिक रूपमा हेर्ने हो भने आन्ध्र प्रदेशलाई भारतको धानको का कचौरा भन्ने गरिन्छ । यहाँको प्रमुख खाधान्न मध्ये ७७% भन्दा बढी चामलले ओगटेको छ ।यई राज्यमा दुई प्रमुख नदिहरु, गोदावरी रे कृष्णा रहेको छ । पुदु्चेरी(पांडीचेरी) राज्यको यानम जिल्लाको छोटो अन्त:क्षेत्र (१२ वर्ग माइल (३० वर्ग कि॰मी॰)) यई राज्यको उत्तरी-पूर्व मा स्थित गोदावरी डेल्टा मा रहेको छ । ऐतिहासिक दृष्टिले यस राज्यमा सामेल क्षेत्र आंध्रपथ, आंध्रदेस, आंध्रवाणी र आंध्र विषय को रूपमा चिनिने गरिन्थ्यो ।आन्ध्र राज्य बाट आन्ध्र प्रदेशको गठन १ नोभेम्बर १९५६ मा गरियाको हो ।

सन् २०१४ फेब्रुअरीमा भारतीय संसदले छुट्टै तेलङ्गाना राज्यको मन्जुरी प्रदान गरेको छ । तेलङ्गाना राज्यमा दश जिल्ला तथा बाँकी आन्ध्र प्रदेश (सीमांन्ध्र) मा १३ जिल्ला रहने भएको छ । दश बर्ष सम्म हैदराबाद दुइटै राज्यहरुको संयुक्त राजधानी हुनेछ । नयाँ राज्य सीमांन्ध्र सन् २०१४ जुन २ देखि अस्तित्वमा आइसकेको छ ।[५]सन् २०१४ फेब्रुअरी देखि नै आन्ध्र प्रदेशमा राष्ट्रपति शासन लागु भैसकेको छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]