सामग्रीमा जानुहोस्

पूर्वी रुकुम जिल्ला

विकिपिडिया बठेइ

पूर्वी रुकुम जिल्ला नेपालको लुम्बिनी प्रदेशमा अवस्थित एक हिमाली जिल्ला हो।[१] यो जिल्ला प्रदेशका बाह्र जिल्लाहरू मध्ये एक हो भने यस जिल्लाले धौलागिरि हिमालको पश्चिमी भागमा रहेको ढोरपाटन शिकार आरक्षको साठ्ठी प्रतिशत भन्दा बढी भाग ओगटेको छ।[२] ७,२४६ मिटरको उचाइमा रहेको धौलागिरि द्वितीय पर्वत शृङ्खलाको पश्चिम छेउमा अवस्थित यस जिल्लाको सबैभन्दा अग्लो हिमाल पुथा हिउँचुली (धौलागिरि सातौँ) हो भने पूर्वी रुकुम लुम्बिनी प्रदेश को एक मात्र हिमाली जिल्ला पनि हो।[३] पूर्वी रुकुम जिल्लालाई नेपाल सरकारले नेपालको उत्कृष्ट यात्रा गन्तव्यहरूमा सूचीकृत गरेको छ।

सन्दर्भ सामाग्री

[सम्पादन | स्रोत सम्पादन]
  1. ↑ "स्थानीय तहहरुको विवरण". www.mofald.gov.np (in नेपाली). सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय. Retrieved 8 April 2018.
  2. ↑ "कान्छो जिल्लाको तोतेबोलीः किन टुक्रियो पूर्वी रुकुम ?". अनलाइन खबर (in नेपाली). Retrieved 2020-10-22.
  3. ↑ "रुकुम (पूर्वी भाग) जि.स.स". dccrukumeast.gov.np. Archived from the original on 2020-10-22. Retrieved 2020-10-22.