सामग्रीमा जानुहोस्

शिव

विकिपिडिया बठेइ
शिव
त्रिशूल र डमरु संग शिव
निवासकैलाश पर्वत, शमशाना
जिवनसाथीपार्वती/सती
सन्तानकार्तिकेय (छोरा) गणेश (छोरा)

शिव हिन्दू धर्मका प्रमुख देवताहरू मध्ये एक हुन्। भगवानको तीन रूपहरू मध्येको एक शिवलाई विनाशकर्ताका रूपले चिनिन्छ। हिन्दू धर्मका विभिन्न सम्प्रदायहरू मध्ये शैव सम्प्रदायका अनुयायीहरू शिवलाई आफ्नो प्रमुख देवता मान्छन् रे त्यसै अनुसार उनलाई महादेव, परमेश्वर आदि नामले सम्बोधन गर्दछन्। शिवलाई प्रायःजसो शिवलिङ्गको रूपमी पूजा गर्ने गरिन्छ।

शिव हिन्दू धर्मको प्रमुख देवताहरू मध्यको एक ईश्वर को रुप हो। वेदमी यिनको नाम रुद्र भनिएको छ। यीनी व्यक्तिको चेतनाको अन्तर्यामी छन्। यिनको अर्धाङ्गिनी (शक्ति)को नाम पार्वती हो। यिनका दुईवटा पुत्रहरू छन्, जसमी एक स्कन्द रे अर्का गणेश हुन्। हिन्दू मान्यता अनुसार ब्रह्माजी यो संसारका सृष्ठीकर्ता हुन् भने भगवान विष्णु यो संसारको पालन कर्ता रे शिव यो संसारका संहार कर्ता हुन्। श+िव= शिव मिलेर बनेको शिवको नामको "ि" लाई हटाएमी "शव" शब्द बन्छ तसर्थ शिवलाई जिव अथवा प्राण भनेर चिनिन्छ। शिवले छोडेमी यो संसारमी देह अथवा शव मात्र रहन्छ। देहमा ब्रह्माको स्थान शिरमी छ, विष्णुको स्थान हृदय अथवा शरिरको मध्य भागमी छ रे शिवको स्थान कमर भन्दा तलको भागमी छ। त्यसैले भगवान शिवलाई शिवलिंगको रूपमी पूजा गरिन्छ। शिव अधिकतर चित्रहरूमी योगीको रूपमी देखिन्छन् र उनको पूजा लिंगको रूपमी गरिन्छ। भगवान शिवलाई संहारको देवता भनिन्छ। भगवान शिव सौम्य आकृति एवं रौद्ररूप दुवैको लागि विख्यात छन्। अन्य देवहरू भन्दा शिवलाई भिन्न मानिएको छ। सृष्टिको उत्पात, स्थिति एवं संहारको अधिपति शिव हुन्। त्रिदेवहरूमी भगवान शिव संहारको देवता मानिन्छन्। शिव अनादि तथा सृष्टि प्रक्रियाको आदिस्रोत हुन् रे यीनी काल महाकाल नै ज्योतिष शास्त्रका आधार हुन्। शिवको अर्थ यद्यपि कल्याणकारी मानिएको छ, तर उनले संधै लय एवं प्रलय दुवैलाई आफ्नो अधीन गरेका छन्। भगवान शिव देवताका पनि देवता भएकाले उनलाई महादेव भनिन्छ भने ईश्वरका पनि ईश्वर भएकोले उनलाई महेश्वर भनेर चिनिन्छ।

शिवका विशेषताहरू

[सम्पादन | स्रोत सम्पादन]
  • तेस्रो आँखा भएका (त्र्यम्बकम्)
  • निलो घाँटी भएका (नीलकण्ठ)
  • जटा परेको कपाल (जटाधारी)
  • शिरमा गंगा भएका (गङ्गाधर)
  • शरीरमा खरानी धस्ने (भष्मांगर)
  • बाघको छाला ओढ्ने (बाघम्बर)
  • शरीरमा सर्पहरूको माला बेर्ने (नगेन्द्र हार)
  • डमरू तथा त्रिशुल बोक्ने
  • साँढे (नन्दी) चढ्ने
  • कैलासमा बस्ने
  • पार्वतीका पति
  • तृनेत्र

भगवान शिवलाई नमस्कार:

[सम्पादन | स्रोत सम्पादन]
  • शिव प्रार्थना:-
नमः शम्भवाय च मयोभवाय च नमः शन्कराय च मयस्कराय च नमः शिवाय च शिवतराय च।। ईशानः सर्वविद्यानामीश्वरः सर्वभूतानां ब्रह्माधिपतिर्ब्रह्मणोऽधिपतिर्ब्रह्मा शिवोमा अस्तु सदाशिवोम।।
  • शिव गायत्री
तत्पुरुषाय विद्महे महादेवाय धीमहि। तन्नो रुद्रः प्रचोदयात।

शिवमा परस्पर विरोधी भावहरूको सामंजस्य हेर्न पाइन्छ। शिवको टाउकोमी एकातिर चन्द्रमा छ, भने दोस्रो तिर महाविषधारी सर्प पनि उनको घाँटिमी माला छ। उनी अर्धनारीश्वर भएर पनि कामजित छन्। गृहस्थ भएर पनि श्मशानवासी, वीतरागी छन्। सौम्य, आशुतोष भएर पनि भयंकर रुद्र छन्। शिव परिवार पनि यसले अछूता छैनन्। उनको परिवारमी भूत-प्बालुवा, नंदी, सिंह, सर्प, मयूर तथा मूषक सबैको समभाव देख्न सकिन्छ। उनी स्वयं द्वंद्वहरू देखि रहित सह-अस्तित्वको महान विचारका परिचायक छन्। यस्तो महाकाल शिवको आराधनाको महापर्व शिवरात्री हो।

शिवरात्रि व्रतको पारणा चतुर्दशीमी नै गर्नु पर्छ। जुन चतुर्दशीमी पारणा गर्दछ, त्यो समस्त तीर्थहरूको स्नानको फल प्राप्त गर्दछ। जुन मनुष्य शिवरात्रिको उपवास गर्दैन, त्यो जन्म-मरणको चक्रमी घुम्दै रहन्छ। शिवरात्रिको व्रत गर्ने यस लोकको समस्त भोगहरूलाई भोगेर अन्तमा शिवलोकमी जान्छन्।[]

शिवरात्रिको पूजा रात्रिको चारै प्रहरमी गर्नु पर्छ। शिवको बिल्वपत्र (बेलको पात]] , धतुरोको फूल, प्रसादमी भाङ, चरस अति प्रिय छन्। एवम् यिनको पूजाको लागि दूध, दही, घिउ, सख्खर, मह यिनी पाँच अमृत जसलाई पञ्चामृत भनिन्छ, पूजनमी यिनीहरूको उपयोग गर्नु पर्छ। एवम् पञ्चामृतले स्नान गराएर यसपछि इत्र चढाई जनै पहिर्‍याउने । अन्तमी भाङको प्रसाद चढाउने । जुन व्यक्ती यो व्रत संधै गर्न असमर्थ छ, व्रत बाह्र या चौबीस वर्ष गर्नु पर्छ। शिवको त्रिशूल रे डमरूको ध्वनि मङ्गल, गुरु देखि संबद्ध छन्। चन्द्रमी उनको मस्तकमा विराजमान भएर आफ्नो कान्ती देखि अनन्ताकाशमी जटाधारी महामृत्युंजयलाई प्रसन्न राखेमी बुधादि ग्रह समभावमी सहायक बन्दछन्। सप्तम भावको कारक शुक्र शिव शक्तिको सम्मिलित प्रयासले प्रजा एवं जीव सृष्टिको कारण बताइन्छ। महामृत्युञ्जय मन्त्र शिव आराधनाको महामन्त्र हो।

ज्योतिर्लिंग

[सम्पादन | स्रोत सम्पादन]

भगवान शिवका १२ वटा ज्योतिर्लिंग छन्। ति यस प्रकार रहेका छन्:-

स्थानज्योतिर्लिंग
सौराष्ट्र प्रदेशको (काठियावाड)सोमनाथ
श्रीशैलमल्लिकार्जुन
उज्जैनमहाकाल
ॐकारेश्वरअमलेश्वर
परलीवैद्यनाथ
डाकिनी नामक स्थानभीमशङ्कर
सेतुबंधरामेश्वर
दारुकावननागेश्वर
काशीविश्वनाथ
गौतमी (गोदावरी)को तटयम्बकेश्वर
हिमालयको केदारखण्डकेदारनाथ
शिवालयघुश्मेश्वर

धेरै विद्वानहरूको मतानुसार माथि उल्लेखीत १२ ज्योतिर्लिंगहरूमी केदारनाथ रे नेपाल पशुपतिनाथ लाई मिलाएर एक ज्योतिर्लिंग मानिन्छ। महाभारतको युद्व पछि पाण्डवहरू गोत्र हत्याको पापबाट मुक्त हुनको लागि भगवा शिवको दर्शन गर्न जाँदा भगवान शिवले केदारखण्डमा पशुको रुप धारण गरेर चर्दै गरेका थिए। पाण्डवहरू आएको देखेर पशुरुपी शिव जमिनमी भसिए पछि पाण्डवहरूले पशुरुपी शिवको पुछरमी समातेर तान्न थाले। त्यसै बेला भगवान शिव जमिनमी भासिएर नेपालमी टाउको निकालेकाले केदारनाथमी पुछर रे नेपालमी शिर मिलाएर एक ज्योतिर्लिंग मानिन्छ।[] हिन्दुहरूको मान्यता छ कि जुन मनुष्य प्रतिदिन प्रात:काल रे संध्याको समय यिनी बाह्र ज्योतिर्लिङ्गहरूको नाम लिन्छ, उनको सात जन्महरूमी गरेको पाप भए पनि यिनी लिंगहरूको स्मरण मात्र गरेमी नास हुन्छ। []

  1. शिवपुराण
  2. केदारनाथको महिमा नामक हिन्दी पुस्तक
  3. शिवपुराण

बाहिरी कडीहरू

[सम्पादन | स्रोत सम्पादन]

Shiv Ji Ki Aarti Archived 2020-07-10 at the Wayback Machine. (शिवको आरती) BhaktiSansar.in Viewed on 2020-08-01.