मिजोरम

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

मिजोरम (अंग्रेजी उच्चारण: /ˌmɪzoʊrəm/) भारतको एउटा उत्तर पूर्वी राज्य हो । सन् २०११ मा यहाँको जनसँख्या लगभग ११ लाख रहेको थियो । मिजोरममा साक्षरताको दर भारतमा तेश्रो सबैभन्दा बढी ९१.५८% रहेको छ । यहाँको राजधानी आईजोल हो ।

इतिहास रे नामोत्पत्ति[सम्पादनस्रोत सम्पादन]

मिजोरम एउटा पर्वतीय प्रदेश हो। फरवरी, १९८७ मा यो भारतको २३ औं राज्य बन्यो। १९७२ मा केन्द्रशासित प्रदेश बन्नु भन्दा पहिलासम्म यो असमको एउटा जिल्ला थियो। १८९१ मा ब्रिटिश गयापछी केही बर्षसम्म उत्तरको लुशाई पर्वतीय क्षेत्र असमका रे आधा दक्षिणी भाग बंगालका अधीन रह्यो। १८९८मा दुइटैलाई मिलाएर एउटा जिल्ला बनाईयो जईको नाम पडा-लुशाई हिल्स जिल्ला राखियो र यो असमका मुख्य आयुक्तका प्रशासनमा आयो। १९७२ मा पूर्वोत्तर क्षेत्र पुनर्गठन अधिनियम लागू भयर मिजोरम केन्द्रशासित प्रदेश बन्यो। भारत सरकार रे मिजो नेशनल फ्रंटका बीच १९८६ मा भयाको ऐतिहासिक समझौताका फलस्वरूप २० फरवरी, १९८७ मी यसलाई पूर्ण राज्यको दर्जा दिइयाको हो। पूर्व रे दक्षिणमा म्यांमार र पश्चिममा बंग्लादेशका बीच स्थित भयाका कारण भारतका पूर्वोत्तर कुनामा मिजोरम अत्यधिक महत्वपूर्ण राज्य हो। मिजोरममा प्राकृतिक सौंदर्य छरिएकोछ तथा यई क्षेत्रमा प्रकृतिको बिभिन्न छटाहरू हेर्न मिल्दछन्। यो क्षेत्र विभिन्न प्रजातिहरूका प्राणिहरू तथा वनस्पतिहरूबाट संपन्न छ।

मिजो’ शब्दको उत्प‍त्तिका बारेमा ठीकसित ज्ञात छैन। मिजोरम शब्दको स्थानीय मिजो भाषामा अर्थ छ, पर्वतनिवासीहरूको भूमि। १९ औं शताब्दीमा यहाँ ब्रिटिश मिशनरीहरूको प्रभाव फैल्यो र यस समय त अधिकांश मिजो मानिस ईसाई धर्मलाई नैं मान्थे। मिजो भाषाको आफ्नो कुनै लिपि छैन। मिशनरीहरूले मिजो भाषा रे औपचारिक शिक्षाका लागि रोमन लिपिलाई अपनाए। मिजोरममा शिक्षाको दर तेजीले बढिरहेकोछ। वर्तमानमा यो ८८। ८ प्रतिशत छ, जोकि पूरा देशमा केरलका पछि दोस्रो स्थानमा छ। मिजोरम शिक्षाका क्षेत्रमा सबैभन्दा पहिला स्थानमा आउनका लागि ठुलो प्रयास गर्दैछ ।

जनजातिहरू[सम्पादनस्रोत सम्पादन]

मिजोरमको अधिकतर जनसंख्या मिजो मानिसहरूको हो। मिजो स्वयं धेरै अन्य प्रजातिहरूमा बाँडिएका छन जईमा लुशाई मानिसहरूको सँख्या सब्भन्दा अधिक छ जो राज्यको जनसंख्याको दुई तिहाईभन्दा अधिक हो। अन्य प्रमुख प्रजातिहरूमा राल्ते, म्हार, पोई र पवाई छन्। गैर मिजो प्रजातिहरूमा सबैभन्दा प्रमुख चकमा प्रजाति हो।

धर्म[सम्पादनस्रोत सम्पादन]

राज्यको लगभग ८५% बाट अधिक जनसंख्या ईसाई छन् रे ईमध्ये अधिकतर प्रेसबिटेरियन र बैप्टिस्ट छन। राज्यको चकमा प्रजाति बौद्ध हुन्छन्। राज्यमा हिन्दूहरू र मुसलमानहरूको संख्या लगभग नगण्य छ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]