बोहरा
भारद्वाज गोत्रका बोहरा बैतडी जिल्लाको देहिमान्डौ, डोटी निरोली मा छन् । यी छेत्री बोहरा बैतडी देहिमान्डौ निग्लाशैनी देवताका कारवारे (रज्वार)छन् । बैतडी क्षेत्रमा देहिमान्डौका बोहरा हरुलाइ रज्वार भनेरै चिन्ने गर्छन्। बोहरा एक कुशल योद्धा हुन्। यिनको पुर्खा बाटै छुट्टिएर गएका एक बजेका सन्तान प्युठान जिल्ला, बाग्लुंग ,रोल्पा ,रुकुम ,सुर्खेत ,सल्यान तिर छन् । त्यहाँ चन्द थर लेख्छन | बैतडी देहिमान्डौका बोहराका सन्तान हुँन । एक शाखा बजुरातिर फैलियो त्यहाँ गएको भारद्वाज गोत्रको बोहरा अहिले खड्का थर लेख्छन कैलाश देवताका धामी छन् | यिनलाई देवताहरु डाङ्गर भन्ने गर्छन | यिनको एक शाखाले जनै नैपायो त्यो त्यहाँ राउत लेख्छ |भारद्वाज गोत्रका बोहरा (खड्का) हरु त्यहाँ कुमाल भनिने अहिले देउवा थर लेख्दे पहिलेका कुमाल रे त्यहाका कश्यप गोत्रका बोगटी , धामी ,साउन संग बिबाह गर्छन | अछामका दानी भनिने पहिलेका देवता अर्पण गरेका देवता दानगरेका अहिले दानी बाटै देउवा लेख्दे बैस्से संग पनि यिनको बयाबरो हुनु छ |