सामग्रीमा जानुहोस्

पातल पलाया रूईना

विकिपिडिया बठेइ
"पातल पलाया रूईना"
एकल हताँ राधिका हमाल रे शङ्कर सिंह विष्ट
सार्वजनिकविसं २०६४
ढाँचा
  • डिजिटल डाउनलोड
रेकर्डविंस २०६४
किसम
लम्बाई:३३
गीतकार(अन)खड्ग मल्ल
सङ्गीत भिडियो
"पातल पलाया रूईन" युट्युब मी

पातल पलाया रूईना पैलो ऐतिहासिक डोटेली भाषाको चलचित्र गौरीमी समावेश यक गीत हो।[][] जुन चलचित्र विसं २०६४ सालमी सार्वजनिक गरिया: थ्यो। यै गीत डोटेली गायिका तथा अभिनेत्री चाँदनी मल्लको आधिकारिक युट्युब खाता माइ ११ पुस २०७३ का दिन सार्वजनिक गरिया: थ्यो। यै गीतमी स्वर बैकिनी तर्फ चिरपरितित गायिका राधिका हमाल रे बैकान तर्फ डोटेली गायक तथा अभिनेता शङ्कर सिंह विष्टको रह्या: छ। यै गीतमी शब्द तथा सङ्गीत खड्ग मल्लको रह्या: छ।[] ​ यै गीतमी बैकिनी तर्फ चाँदनी मल्ल रे बैकान तर्फ प्रितम कठायतलाई प्रमुख भूमिकामी हेद्दु सकिन्छ। यै गीत मार्फत चलचित्रमी शोषक वर्गको प्रतिनिधि पात्र डिल्ली सिंह थापा (चलचित्रका जुङ्गे ठालु) का विरुद्धमी आयोजित देउडा नृत्य मार्फत आलोचना गरिया: धेखाइया छ। गीत चलचित्रको भाग यकमी समावेश गरिया: छ। जइको लम्बाई ४ मिनेट ३३ सेकेण्डको रह्या: छ। यै गीत सर्वाधिक मन पणाइया डोटेली देउडा गीत मध्ये यक हो। ​

सङ्गीत भिडियो

[सम्पादन | स्रोत सम्पादन]

यै गीत डोटेली गायिका तथा अभिनेत्री चाँदनी मल्लको आधिकारिक युट्युब खातामा ११ पुस २०७३ को दिन सार्वजनिक गरिया: थ्यो। यै गीतको सुरुवातमी सबै गाउँल्याअन यक मैदानमी भेला भया धेखाइया छ। गीतमी बैकिनीअनले चोली, फरिया रे सेतो पटुकी लगाएइ छन् भण्या बोकानअनले दौरा, धोती रे ढाका टोपी लगाया छन्। गीतमी बैकिनी तर्फ ८ जना र बैकान तर्फ ८ जना गरि १६ जनाले देउडा नृत्य प्रस्तुत गरिराखी छन्। गीतलाई मादलको सुमधुर धुनले स्वागत गरिराखी छ। बैकिनीको प्रतिनिधि पात्र चाँदनी मल्लले (चलचित्र माइ गौरी) भैंसोलीलाई घाँस काट्याछु... बठे गीतको सुरुवात गरेकी छिन्। बैकानको प्रतिनिधि पात्र प्रितम कठायत (चलचित्र माइ शङ्कर)ले तीनई शब्द दोर्‍याएका छन् रे यिसोगरी बैकिनी रे बैकान बीच देउडाको शैलीमी प्रश्नोत्तर आदन प्रदान गरिया: छ। गीतको शब्द अनुसार सबै कलाकारहरूले हाउभाउ मिलाउँदै गीतलाई अगाडि बढाएका छन्। ​ गीतको मध्ये भाग तिर गायनमी विश्राम लिँइवर सङ्गीत राखिया: छ जइमी प्रितमले चाँदनीलाई फूलको घुच्चो दिया धेखाइया छ। फूलको घुच्चो पाएपछा उन रमाउँदै एक फन्को धुमिवर फूललाई मल्तिर फालेकी छिन्। प्रितमले फूलले चाँदनीको अनुहारमाइ स्पर्श गद्दाइ उनअन एकैसाथ दौण्या दृश्य धेखाइएया छ। के बेर पछा गीत पुन आरम्भ हुन्छ रे सबै जना क्रम बद्ध रूपमाइ देउडा प्रस्तुति तर्फ लाग्दान रे भावना समेटिएको प्रस्तुति धेखा पडन्छ। शोषक वर्ग जुङ्गे ठालुका नोकर लै ताहाँ आउँनान रे उनरा विरुद्धमाइ गाइरया\ गीत हेद्दु रे सुण्नु लाग्दान्। पछा गाउँको जुङ्गे ठालु भण्या शब्द आउने वित्तिकै उनले जिब्रो टोक्छन् रे त्यइपछाका सबै शब्दअन जुङ्गे ठालुका विरुद्धमाइ हुन्छ। एक ठौरमी जुङ्गे ठालुका जुङ्गा उक्काउँला भन्ने शब्दमाइ उनले आफ्नो जुङ्गा छामेको दृश्य धेखाइया छ रे त्यइका थोक्कैबेर पछा गीतको अन्त्य हुन्छ।

पैलो ऐतिहासिक डोटेली भाषाको चलचित्रमा गौरीमी समावेश यै गीतमी शोषक वर्गलाई लखट्ने वा धपाउनका लागि गीत मार्फत बठे भयालै सानो चेष्टा गरिया: छ।[] गीतको अन्त्य तर्फ चलचित्रका शोषक वर्गको आलोचना गर्दै विरुद्धमा केही शब्द रखियाको छ। देउडा शैलीमी रह्याको य‌ै गीतमी उनअनको दमन रे शोषण थप नसहने कुरा खोलिएको छ।[]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. 1 2 "पैलो ऐतिहासिक डोटेली चलचित्रको गीत "पातल पलाया रूईना" , राधिका हमाल रे शङ्कर सिंह विष्ट". चाँदनी मल्लको आधिकारिक युट्युब खाता. ११ पुस २०७३. Archived from the original on 2019-07-18. Retrieved ३ असार २०७६. {{cite web}}: Check date values in: |accessdate= and |date= (help) उद्दरण त्रुटी: Invalid parameter "मल्लको" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.
  2. 1 2 "डोटेली भाषाको पहिलो ऐतिहासिक चलचित्र "गौरी"". शङ्कर सिंह विष्टको आधिकारिक युट्युब खाता.[permanent dead link] उद्दरण त्रुटी: Invalid parameter "सिंह" in <ref> tag. The supported parameters are: details, dir, follow, group, name.
  3. "पातल पलाया रूईना, राधिका हमाल रे शङ्कर सिंह विष्ट". युट्युब. ११ पुस २०७३. Retrieved ३ असार २०७६. {{cite web}}: Check date values in: |accessdate= and |date= (help)