छत्तीसगढ

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

छत्तीसगढ भारतको एउटा राज्य हो। छत्तीसगढ राज्यको गठन १ नोभेम्बर २००० मा भाको थियो।यईको राजधानी रायपुर हो। यो भारतको २६औँ राज्य हो। भारतमा दुई क्षेत्र यस्तो छन जईको नाम विशेष कारणले गर्दा फेरियो - एउटाचै हो 'मगध' जुन बौद्ध विहारको अधिकताले गर्दा "बिहार" बन्यो र दोस्रो 'दक्षिण कौशल' जुन छत्तीस गढहरूलाई आफूमा समाहित राख्नले "छत्तीसगढ" बन्यो। "छत्तीसगढ" वैदिक र पौराणिक कालदेखि नै विभिन्न संस्कृतिको विकासको केन्द्र रहेको छ। यहाँको प्राचीन मन्दिर तथा त्यसको भग्नावशेषहरूको अध्ययनले थाह हुन्छ कि यहाँ वैष्णव, शैव, शाक्त, बौद्ध सितै अनेकौँ आर्य तथा अनार्य संस्कृतिहरूको विभिन्न कालहरूमा प्रभाव रहेको छ।

भूगोल[सम्पादनस्रोत सम्पादन]

छत्तीसगढको उत्तर र उत्तर-पश्चिममा मध्यप्रदेशको रीवां संभाग, उत्तर-पूर्वमा उडीसा र बिहार, दक्षिणमा आन्ध्र प्रदेश र पश्चिममा महाराष्ट्र राज्य स्थित छन्। यो प्रदेश अग्लो सानो पर्वत श्रेणिहरूले घेरियेको घना जंगलहरू भयेको राज्य हो। यहाँ साल, सागौन, साजा र बीजा र बाँसको रुखहरूको अधिकता छ। छत्तीसगढ क्षेत्रको बीचमा महानदी र उसको सहायक नदिहरूले एउटा विशाल र उपजाऊ मैदानको निर्माण गर्छन, जुन लगभग ८० कि.मी. चौडा र ३२२ कि.मी. लामो छन्। समुद्र सतहदेखि यो मैदान करीब ३०० मीटर अग्लो छ। यस मैदानको पश्चिममा महानदी तथा शिवनाथको दोआब छ। यस मैदानी क्षेत्र भीत्र छन रायपुर, दुर्ग र बिलासपुर जिल्लाहरूको दक्षिणी भागमा। धानको भरपूर पैदावारकै कारण यसलाई "धानको बटुको" पनि भन्छन्।

संस्कृति[सम्पादनस्रोत सम्पादन]

आदिवासी कला धेरै पुरानो छ। हिन्दी लगभग सबै ठाँउमा बोलिन्छ तर मूल भाषा चैँ छत्तीसगढीनै हो।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]