कालु पाँडे
स्वरूप
| श्री श्री काजी साहेब वंशिधर "कालु" पाँडे | |
|---|---|
![]() | |
| काजी कालु पाण्डेको तस्विर | |
प्रधानसेनापति | |
| अग्रज : | विराज थापा मगर |
| उतराधिकारी : | अभिमान सिंह बस्नेत |
| आफ्नोइ जानकारी | |
| जनम | वि.सं. १७७४ गोरखा |
| मर्या | वि.सं.१८१४ कीर्तिपुर |
| चेलाचेली | वंशराज पाँडे, रणशूर पाँडे, दामोदर पाँडे |
| धर्म | हिन्दु |
कालु पाण्डे वा कालु पाँडे (जन्म: वंशिधर पाण्डे) (नेपाल तिब्बत युद्धका कालु पाण्डे अर्कै व्यक्ति हुन्) एक महान् भारदार हुन।[१] गणेश पाँडेका वंशज पाँडे उच्च इमान्दारिता, पराक्रम र शौर्यको महिमा नेपाली इतिहासमा छ। पाँडे वंशका कुलदीपक पनि मानिन्छन् ।
विराज थापा मगरले हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्तसँगै सेनापतिमा नियुक्त भएका थिए । नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाण्डे पृथ्वीनारायण शाहका सेनापति थिए। ईमान्दारिताको प्रतिक कालु पाण्डे एक चतुर मध्यस्थकर्ता पनि हुन्। उनले पृथ्वीनारायण शाह र लम्जुङ्गका राजा रिपुमर्दन शाहको वैरी सम्बन्ध सुधारेका थिए। उनको देहान्तपछि ज्वाइँ केहरसिंह बस्न्यातका भाइ अभिमान सिंह बस्नेत सेनापति भए।
