आठौं राष्ट्रिय खेलकुद २०७५

विकिपिडिया बठेइ
(आठौं राष्ट्रिय खेलकुद २०७६ बठेइ पुन:निर्देशित)
आठौं राष्ट्रिय खेलकुद २०७५
आयोजक सहरकाठमाडौ , दाङ
राष्ट्र नेपाल
मुख्य आयोजना स्थलनेपालगन्ज रंगशाला
२०७३ २०७७  >

आठौं राष्ट्रिय खेलकुद २०७५ नेपाल राष्ट्रिय खेलकुदको आठौं संस्करणको खेलकुद हो । यो आठौं संस्करणको खेलकुद प्रतियोगिताका केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुनेगरी आयोजना गरिदैछ[१]

खेल स्थल[सम्पादनस्रोत सम्पादन]

राखेपले साउन ११ २०७५ मा बसेको बैठक मार्फत आठौं राष्ट्रिय खेलकुदको लागि खेल स्थल तय गरेको थियो । प्रतियोगिताका अधिकांश खेल बाँके जिल्लाका विभिन्न खेलस्थलमा हुने र केही खेलहरु बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र काठमाडौंमा समेत हुने गरि राखेपले खेल स्थल तय गरेको थियो । बैठकले नेपालगञ्ज रंगशालामा आठौ राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन र समापन कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकको निर्णय अनुसार पुरुष फुटबल सहित एथ्लेटिक्सका विभिन्न स्पर्धा बाँकेको नेपालगञ्ज रंगशालामा हुने निर्णय गरेको थियो । मुल आयोजक समारोह समितिले गरेको निर्णय अनुसार बाँकेमा विभिन्न खेल स्थलमा १७ वटा खेलहरु हुनेछन् । बर्दियामा ४, दाङमा ७, कपिलवस्तुमा १ र रुपन्देहीमा ४ खेलहरु आयोजना हुनेछन् ।

सब्बै खेलअन[सम्पादनस्रोत सम्पादन]

खेलहरू[सम्पादनस्रोत सम्पादन]

सहभागी टिमअन[सम्पादनस्रोत सम्पादन]

आठौं राष्ट्रिय खेलकुदमी सहभागी जनाउन्या सब्बै ११ टिमअन

पदक तालिका[सम्पादनस्रोत सम्पादन]

लोगो तथा मस्कट[सम्पादनस्रोत सम्पादन]

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले २०७४ फाल्गुन ०८ गते मंगलबार नेपालगन्जमा लोगो, गीत, नारा र मस्कोट सार्वजनिक गरेका थिए । प्रतियोगिताको नारा ‘आठौं खेलकुद हाम्रो प्रदेशमा, पसिना र पौरख आफ्नै देशमा’ तय गरिएको छ । यो नारा सदस्य सचिव विष्टले लेखेका हुन् । भने प्रतियोगितको गीत नारायण खतिवडाले लेखेका हुन् ।[२]


प्रदेश नम्बर ५ मा बाँके र बर्दिया राष्ट्रिय निकुन्ज रहेकाले पर्यटन प्रवर्द्धनका लागि मस्कोट हात्तीको छावा तय गरिएको सदस्य सचिव विष्टले बताएका थिए । उनले लोगोमा शान्तिका दूत गौतम बुद्ध, शान्तिको प्रतीक परेवा, बर्दियाको राष्ट्रिय निकुन्ज ठाकुरद्वारालाई प्रतिविम्बित गरेको जानकारी दिएमा थिए । लोगो बनाउनका लागि राष्ट्रिय खेलकुद परिषद्ले सार्वजनिकरुपमा प्रतिस्पर्धा गराएको थियो ।

यो पनि हेर[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामाग्रीअन[सम्पादनस्रोत सम्पादन]

  1. "आठौं राष्ट्रिय खेलकुदको खेल स्थलको टुङ्गो लाग्यो". खेलपाटी. Retrieved १५ साउन २०७५. Check date values in: |accessdate= (help)
  2. आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता : लोगो र मस्कोट हात्तीको छावा सार्वजनिक ,कान्तिपुर २०७४ फाल्गुन ०८)

बाह्य सुत्रअन[सम्पादनस्रोत सम्पादन]

ढाँचा:नेपाल राष्ट्रिय खेलकुद