सामग्रीमा जानुहोस्

स्याप

विकिपिडिया बठेइ

सर्प
Temporal range: Early CretaceousRecent,
112–0 मिलियन वर्ष

वैज्ञानिक वर्गीकरण e
जगत: Animalia
जाति: Chordata
Class: Reptilia
गण: Squamata
क्लेड: Ophidia
उप-गण: Serpentes
Linnaeus, १७५८
Subgroups
World range of snakes
(rough range of sea snakes in blue)
ठूलो सर्प
King Cobra
नाग (किङ कोब्रा)

स्याप सरीसृप वर्ग ओ प्राणी हो। यो पानी तथा जमीन दुयेइ ठौर पाइन्छ। येइको शरीर लामी रस्सी जसो हुन्छ जो सङतोइ काँचुली ले ढोकियो हुन्छ। स्यापआ खुट्टा नाइ हुना। यो आफुना शरीरआ तल्ला हिस्सा ले घसाड़ीबर हिटन्छ। स्यापआ मल्ला रे तल्ला जबड़ाइ बनावट इसी हुन्छे कि खाआप ठुला आकार मी खुलन्छे। स्यापआ मुख भितरी बिष थैली हुन्छे जै सित जोड़ीया दाँत तेज तथा खोक्कल हुनान, काटन्ज्याँ यिनै दाँतअन बठेइ विष हालन्छ। दुनिया मी २५००-३००० प्रजातिया स्याप पायीनाआन।[] येइका केइ प्राजातिइनओ आकार १० सेण्टीमिटर हुन्छ भण्या अजङर नाउँ अर्याआ स्यापऐ लम्बाई २५ फिट सम्म हुन्छे। स्याप भेगुता, छेपणा, चणा, मुसा तथा दोसरा स्यापअन लाई खान्छ। कभै कभै ठुला जनावरअनलाई निलिदिन्छ।

सर्प सम्बन्धी भ्रमहरू

[सम्पादन | स्रोत सम्पादन]
सपेरासँग सर्प

नाग वा सर्पले दूध पिउँछ भन्ने एक भ्रम हो। विशेषगरी नेपालमा साउन शुक्लपञ्चमी अर्थात् नागपञ्चमीका दिन नागलाई दूध चढाउने चलन परापूर्वकालदेखि चल्दै आएको अन्धविश्वास हो।

सर्पका बाहिरी कान हुँदैनन्। जमिनको कम्पनका आधारमा उसले आफ्नो वरिपरिको गतिविधि थाहा पाउँछ। सपेराले बजाउने बिनको आवाज पनि सर्पले सुन्दैन। बिनको हल्लाइअनुसार सर्पले टाउको हल्लाउने मात्र हो। यदि सपेराले बिन नहल्लाउने हो भने गोमन सर्पले पनि टाउको झुलाउँदैन। त्यसैले बिनको धुन सुनेर सर्प नाच्छ भन्ने धारणा पनि भ्रम नै हो।

सर्पको जिब्रो देखेर धेरै मानिस डराउँछन्। कतिपयलाई त्यो नै विष फाल्ने वा डस्ने अङ्ग हो जस्तो लाग्छ, तर यो पनि गलत बुझाइ हो। सर्पको जिब्रो अत्यन्त संवेदनशील ज्ञानेन्द्रिय हो। यसले आफ्नो सिकारको गन्ध पहिचान गर्न र बाटो पत्ता लगाउन मद्दत गर्दछ। यो मानवको जिब्रोझैँ स्वाद थाहा पाउने अङ्ग भने होइन।

सर्पले आँखा बन्द गर्न वा झिम्क्याउन सक्दैन। सर्पको आँखाले क्यामराले जस्तै तस्बिर खिच्छ र त्यसलाई आफ्नो साथी वा जोडीलाई देखाउँछ भन्ने कुरा पनि मिथ्या हो। तर केही सर्पहरूले अँध्यारोमा देख्न भने सक्छन्। हिमाली क्षेत्रमा पाइने भाइपर जातिका सर्पहरूको थुतुनो नजिक साना थोप्लाजस्ता संरचना हुन्छन्। ती संरचनाले तातो वस्तु छुट्याउन मद्दत गर्छन्। अँध्यारोमा काम गर्ने इन्फ्रारेड क्यामराको सिद्धान्त पनि यही आधारमा विकसित गरिएको हो।

कहिलेकाहीँ दुई सर्प आपसमा बेरिएर टाउको उठाएको देखिन्छ। धेरै मानिसले यसलाई सर्पको सम्भोग ठान्छन्, तर वास्तवमा यो दुई भाले सर्पबीचको संघर्ष हो। कमजोर सर्प पछि हटेपछि बलियो सर्पले त्यस क्षेत्रको पोथीमाथि अधिकार जमाउँछ।

सब्भै सर्प विषालु हुन्दैनन्

[सम्पादन | स्रोत सम्पादन]

दुनियाँम हालसम्म पन्ध्र परिवारअन्तर्गत करीब २ हजार ९ सय प्रजातिका सर्प पाइएका छन्। त्यसमध्ये नेपालम करीब ८० द्याखि ८९ प्रजातिका सर्प पाइन्छन् भन्ने जीवशास्त्रीहरूका अनुमान छै। दुनियाँम पाइने करीब २ हजार ९ सय प्रजातिका सर्पमध्ये केवल ७ सय ५० मात्र विषालु छन्। अझ त्येमध्ये केवल २ सय ५० प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्। नेपालम पाइने सर्पमध्ये २० प्रजाति मात्र विषालु हुन्छन्। अझ त्येमध्ये पनि कोब्रा, करेत अनी दुई प्रजातिका भाइपर गरी केवल चार प्रजातिका सर्प मात्र मानिसका लागि खतरनाक मानिन्छन्। यसैकारण सर्प देख्नासाथ अत्यधिक डराउन जरूरी नै हुँदैन, फेरि सतर्क भने अवश्य हुनुपर्दै।

विषालु सर्पका टाउकोम विषग्रन्थि हुन्छ। यो एक प्रकारको र्‍याल हो। विषालु सर्पका मुखम दाह्राजस्तै दाँत हुन्छन्। जब सर्पले कसैलाइँ डस्छ, त्यो विष विशेष दाँतमार्फत रक्तसञ्चार प्रणालीम पुग्दो छै। सर्पका विषका प्रकृति अनुसार यसले रक्तसञ्चार प्रणाली वा स्नायु प्रणालीम असर पुर्‍याउँछ। यदि समयमै उपचार हुन सकेन भने टोकेको जीव मर्न पनि सक्छ। सर्पका प्रजाति अनुसार विषका प्रभाव पनि फरक-फरक हुन्छन्।

दुनियाँका लगभग सब्भै भागहरूमा कुनै न कुनै प्रजातिका सर्प पाइन्छन्

सर्पका बानीबेहोरा

[सम्पादन | स्रोत सम्पादन]

सर्पका आँखा उति धेरै विकसित हुन्दैनन्, न त यसका कान नै हुन्छन्, फेरि पनि सर्पका घ्राणशक्ति अनी चिसो–तातो थाहा पाउन्या क्षमता अत्यन्त विकसित हुन्छ। यही कारणले उँया आपणा सिकार पत्ता लगाउन्या, जाडो अनी गर्मीका बारेम जानकारी पाउन्या अनी शत्रुबाट बचन्याजस्ता काम गर्न सक्षम हुन्छन्। सर्पका वातावरणम भयाको तापक्रमका उतारचढाव थाहा पाउन्या क्षमता यति धेरै विकसित हुन्छ कि उँया केवल शून्य दशमलव ००३ डिग्री सेल्सियस तापक्रमको परिवर्तन पनि सजिलै थाहा पाउन सक्छन्।

सर्पले विशेषगरी छेपारो, भ्यागुता, मुसा अनी साना स्तनधारी जनावर, अन्य सर्प, माछा, चरा अनी कीटपतंगहरूको सिकार गर्छन्। अजिंगर सर्पले त ठूला मृगहरूको समेत सिकार गर्छ। सर्पले आपणा सिकारलाई नचपाइकनै पूरा निल्दो छै। सामान्यतया सर्पले आपणा सिकारलाई डस्दैन, बरु प्रतिरक्षाका लागि मात्र शत्रुलाइँ डस्दो छै। फेरि केही सर्पले आपणा सिकारलाइँ बेहोस बनाउन वा मार्नका लागि पनि डस्ने गर्छन्। सामान्य अवस्थामा सर्पले मानिसलाइँ डस्दैन। उसलाइँ घाइते बनायापछि, चलायापछि वा प्रत्यक्ष सम्पर्कम आयापछि मात्रै प्रतिरक्षाका लागि आक्रमण गर्दो छै।

कुखुरा निलिरहेको सर्प

धर्म-संस्कृतिम सर्प

[सम्पादन | स्रोत सम्पादन]

हिन्दू धर्म चराचर जगत्लाइँ साक्षात् ईश्वर मानन्या सनातन धर्मका रूपमा रहिआयाको छै। यसैकारण हिन्दू धर्मग्रन्थहरूमा प्रकृतिका अनेक जीवजन्तु अनी वनस्पतिलाइँ ईश्वरका प्रतीकका रूपमा व्याख्या कर्या पाइन्छ। हिन्दू धर्मम सर्पलाइँ नाग देवताका रूपमा पूजा करन्या चलन छै। नागपञ्चमीका दिन अष्टनागका पूजा करन्या, अनी शिवका मुकुटका रूपमा नागका पूजा करन्या परम्परा पनि रहिआयाको छै। शेषनागले सम्पूर्ण विश्व ब्रह्माण्ड थामेर राख्या छन् भन्ने धार्मिक मान्यता छै।

फेरि इसाई धर्मम सर्पलाइँ सैतानका रूपमा व्याख्या कर्या पाइन्छ। चिनियाँ पात्रो अनुसार विभिन्न प्राणीहरूका नामम वर्षका नामकरण करन्या क्रममा सर्प वर्ष पनि समावेश छै। मिश्र सभ्यताअन्तर्गत प्राचीन मिश्रवासीहरूले पनि सर्पलाइँ ईश्वरका रूपमा पूजा गर्थ्या। त्यस्तै प्राचीन ग्रीकवासीहरूले पनि सर्पका शक्ति अनी सामर्थ्यका बारेम धेरि किंवदन्तीहरू बनाय्या छन्।

सर्पको संरक्षण

[सम्पादन | स्रोत सम्पादन]
सर्पदंशका प्रभावहरू

सर्पका प्रजाति अनुसार उँयाका लम्बाइ, मोटाइ अनी अन्य शारीरिक आकारम पनि भिन्नता पाइन्छ। हालसम्मका अनुसन्धान अनुसार अजिंगर सब्भैभन्द्या ठूलो सर्प हो। दुनियाँको सर्वाधिक विषालु सर्प राजगोमन अनी ठूला सर्पमध्ये एक मानिन्या अजिंगर पनि हाम्रै ठाउँम पाइन्छन्। अजिंगर ६–७ मिटरसम्म लामो हुन्छ अनी यसको तौल झण्डै १०० किलोग्रामसम्म हुन्छ। हाम्रो तेलिया सर्प पनि दुनियाँका सब्भैभन्द्या साना सर्पहरूका श्रेणीम पर्दै। लगभग १५ सेन्टिमिटर लामो यो सर्प गड्यौलाजस्तै देखिन्छ। विश्वम १० सेन्टिमिटर लामो फित्ते सर्प द्याखि २५ फिट लामो अजिंगरसम्म पाइन्छन्। यसैगरी ४३ फिट लामो सर्पका जीवावशेष पनि फेला पर्या छन्।

एकातिर अज्ञानता, डर अनी टोकाइबाट बचन्या सोचका कारण सर्प देख्नासाथ मारिहालन्या चलन छै भने अर्कोतिर व्यापारिक प्रयोजनका लागि पनि सर्प मारिन्छन्। विशेषगरी सर्पका छालाबाट धेरि प्रकारका उपयोगी सामग्री बनाइन्छन्, यसैकारण यसको चोरी-सिकारी पनि हुने गर्दो छै। सर्पका विषबाट एन्टिभेनोम औषधि बनाइन्छ, जुन सर्पलगायत अन्य विषालु जीवका डसाइको उपचारम प्रयोग गरिन्छ। दुनियाँका केही भागम मासुका लागि पनि सर्प मारिन्या पाइन्छ। सर्पलाइँ मनोरञ्जनका साधनका रूपमा पनि उपयोग कर्या जाइन्छ।

उडन्या स्याप

[सम्पादन | स्रोत सम्पादन]

उडन्या सर्पहरू पनि हुन्छन् भन्ने कुरा सुन्दा अचम्म लाग्न सक्छ। दक्षिण अफ्रिकाका घना जङ्गलम पाइने युरोपेलटाइडी नामका सर्प निकै प्रसिद्ध छन्। यो सर्प लगभग तीन फिट लामो हुन्छ। यो सर्प गोमन सर्पभन्दा दसौँ गुणा धेरि विषालु मानिन्छ। जब यो सर्प भोकाउँछ, त्यतिखेर अत्यन्त आक्रामक बन्छ। त्यसपछि सिकार खोजन्या क्रममा ग्लाइडर उडेजस्तै आकाशम उड्न थाल्दो छै। यसरी आकाशम उड्दा पनि यो सर्पम आपणा मुखम आहार च्यापन्या बलियो क्षमता हुन्छ। पखेटा नभयापनि यो सर्प चराझैँ उड्न सक्छ।

अस्ट्रेलियाका जङ्गलम पाइने ब्ल्याक डाइमण्ड जातिका सर्पहरू चराले जस्तै रूखम गुँड बनाएर बस्छन्। यो जातिका सर्पहरू प्रतिघण्टा चालीस किलोमिटरसम्मका गतिम उड्न सक्छन्। जङ्गलम पाइन्या जुनसुकै प्रकारका चराहरू पनि यस्ता सर्पका आहार बन्न सक्छन्। लगभग १० वर्ष पैलाका स्थानीय अमेरिकी शिकारीका भनाइ अनुसार, वासिङ्टन पोस्ट पत्रिकाका रबिवारीय परिशिष्टम प्रकाशित समाचारम “मिश्रका घना जङ्गलम उड्न सकन्या अनौठा जातिका सर्प पाइन्छन्। यस्ता सर्पहरू तीन–चारवटा समूहमा भयापछि जतिसुकै ठूला जनावरलाइँ पनि आक्रमण करन तयार हुन्छन्। यदि उँयाका समूह धेरि ठूलो भयो भने कहिलेकाहीँ हात्तीलाइँ समेत आक्रमण गरेर सिकार बनाउँछन्।” भन्या थियो।

त्यसैगरी साइबेरियाका जङ्गलम रातो, हरियो, खैरो अनी पहेँलो रङका सर्पहरू एउटा रूखबाट अर्को रूखम उडेर जान–आउन गर्छन्। यस प्रकारका सर्पहरू जमिनबाट लगभग तीन सय फिट उचाइसम्म उड्न सक्छन्। उडन्या बेला यदि अन्य जनावरले जिस्कायो भने यी सर्पहरूले डसेर आक्रमण पनि गर्छन्।

एसियाका केही राष्ट्रम पनि उडन्या सर्पहरू पाइन्छन्। एक प्रकारका उडन्या सर्प केवल एक फिट लामो हुन्छन्। यो जातिका सर्पहरू निकै बिस्तारै उड्छन्। श्रीलङ्काम पाइने यस्ता सर्प विषालु भने हुन्दैनन्। यसैकारण केही ठाउँम मानिसहरूले यस्ता सर्प घरमै पाल्छन् अनी मासुका रूपमा पनि प्रयोग गर्छन्।

स्पेनका घना जङ्गलम पाइने उडन्या सर्प अत्यन्त डर लाग्दा मानिन्छन्। १५ द्याखि २० फिटसम्म लम्बाइ भएका यी सर्पहरू मोटाइका हिसाबले पनि ठूला हुन्छन् अनी दुवैतिर मुख भयाजस्ता देखिन्छन्। यी सर्पहरू जमिनम घस्रँदाघस्रँदै जुनसुकै दिशाम सजिलै उड्न सक्छन्। यस्ता सर्पदेखि जङ्गलका ठूला जनावर सिंहसमेत डराउँछन् अनी आतङ्कित हुन्छन्, किनभने यस्ता सर्पहरूले सिंह नजिक आयो भने डसेर रगत पिउन मन पराउँछन्।

त्यसैगरी दक्षिण एसियाम पनि प्रशस्त उडन्या सर्पहरू पाइन्छन्, फेरि यहाँका उडन्या सर्पहरू दिउँसो प्रायः लाटोकोसेरोजस्तै सुत्छन्। जब राति हुन्छ, तब उँया आकाशम उड्न थाल्छन्। यसरी राति उड्दा यी सर्पहरूको चमेरो, लाटोकोसेरो अनी गौथलीसँग ठोक्किन्या सम्भावना हुन्छ। साथै यस प्रकारका सर्पहरूले लाटोकोसेरो, चमेरो आदिलाइँ आपणा आहार बनाउँछन्।

नेपालम पनि धेरि जातिका सर्प पाइन्छन्। नेपालको पहाडी भेगम पाइने अनी प्रायः रूखम बसन्या सिरिसे सर्प उडेर एउटा रूखबाट अर्को रूखम जान सक्छ। यो लगभग तीस–चालिस मिटरसम्म उड्न सक्छ। करीब एक द्याखि डेढ फिटसम्म लम्बाइ भएको यो सर्प विषालु अनी आक्रामक हुन्दैन। तराईम पाइने कोब्रा अनी गोमन जातिका सर्पहरू उड्न नसक्यापनि लगभग ११–१२ फिटसम्म ठाडो भयेर घस्रन भने सक्छन्।

स्यापका टोकाइबाट कसरी बच्न सकिन्छ

[सम्पादन | स्रोत सम्पादन]

बर्सेनि गर्मीयामम तराईम सर्पका टोकाइबाट धेरि मानिसका ज्यान जान्या गर्छन्। तराईका उष्ण मनसुनी हावापानी सर्पका लागि अत्यन्त उपयुक्त मानिन्छ। यसैकारण तराईम प्रशस्त सर्प पाइन्छन्। पहाडका समशीतोष्ण अनी हिमाली प्रदेशका चिसा हावापानीम भने सर्पका त्यति धेरि प्रकोप हुँदैन। फेरि केही जातका सर्प भने अवश्य पाइन्छन्।

विश्वभर लगभग ३५ सय प्रजातिका सर्प पाइन्छन्, जसमध्ये ७७ प्रजातिका सर्प विषालु हुन्छन्। नेपालम भने ३ सय ७५ प्रजातिका सर्प पाइन्छन्, जसमध्ये २२ प्रजातिका सर्प विषालु छन्। नेपालम विषालु सर्पहरू तराई प्रदेशका समुद्री सतहबाट १०० मिटर द्याखि ४८०० मिटरसम्मका उचाइम पाइन्छन्। तराई तथा भित्री तराईका करीब २६ जिल्लाम गोमन (कोब्रा), करेत, हरेऊ अनी बाघे (भाइपर) जातका विषालु सर्प पाइन्छन्। वर्षायामम देखिन्या धामन, ढोडिया अनी हरहरे जातका सर्पका विष लाग्दैन। मध्य पहाडी अनी हिमाली प्रदेशम पीट भाइपर जातका विषालु सर्प पाइन्छन्।[]

कति पीडित हुन्छन् स्यापका टोकाइबाट

[सम्पादन | स्रोत सम्पादन]

नेपालम बर्सेनि १० हजार मानिस सर्पका टोकाइबाट पीडित हुन्छन् भन्ने तथ्यांक छै। तेमध्ये १५ सय द्याखि २ हजार व्यक्तिलाइँ विषालु सर्पले टोक्ने गर्छ। तथ्यांक अनुसार सर्पले विशेषगरी युवा (१५ द्याखि २० वर्ष उमेर समूह) लाई प्रायः रातिका समयम टोक्ने गर्छ। वैशाख द्याखि भदौसम्म (गर्मी अनी मनसुन यामम) सर्पका प्रकोप धेरि हुने गर्दो छै।[]

किन टोक्दो छै स्यापले

[सम्पादन | स्रोत सम्पादन]

जाडो मौसमम सर्पहरू कुनै न्यानो ठाउँम हलचल नगरी केही नखाइकन बसिरहन्छन्, जसलाइँ वैज्ञानिक भाषाम ‘हाइबरनेसन’ भनिन्छ। फेरि गर्मीयामम सर्पहरू बाहिर निस्कन्छन्। प्रायः साँझ परेपछि सर्पहरू आहार (मुसा, भ्यागुतो, किरा–फट्याङ्ग्रा) का खोजीम खेतबारी, बच्चा खेलन्या ठाउँ अनी मानिसका घरसम्म आउँछन्। विशेषगरी करेत सर्प मानिसका घरभित्र पनि पस्दो छै। सर्पका आहार मानिसका बालीनाली बिगारन्या मुसा अनी किराफट्याङ्ग्रा भएकाले धेरि मानिसले यसलाइँ राम्रो मान्छन् अनी मार्दैनन् पनि।

सर्पका आहार मानिस हुन्दैनन्। बरु सर्प मानिसदेखि डराउँछन्। यसैकारण सर्पले मानिसलाइँ सजिलै टोक्दैन। यदि कसैले जान–अन्जानम सर्पलाइँ चलायो भने प्रत्याक्रमणस्वरूप वा आपणा बचाउका लागि सर्पले टोक्ने गर्छ। घरभित्र पस्या करेँत सर्पलाइँ निदायाको व्यक्तिले हातखुट्टा चलाउँदा वा घच्चा लाग्दा सर्पले आपणा बचाउका लागि निदायाको मानिसलाइँ टोकिदिन्छ।[]

कसरी छुट्याउने विषालु स्याप

[सम्पादन | स्रोत सम्पादन]

सामान्यतया सर्पलाइँ हेरेर विषालु वा विष नलागन्या भनेर छुट्याउन गाह्रो हुन्छ। विषालु सर्पका मुखम दुईवटा फ्याक (भाँच्याको भए एउटा, त्यो पनि नहुन सक्छ) हुन्छन् अनी कत्ला पेटका एक छेउ द्याखि अर्को छेउसम्म फैलियाका हुन्छन्। टाउकाका कत्ला साना तर धेरि हुन्छन्। फेरि सर्प हेरेर मात्र ढुक्क हुनु हुँदैन।

विषालु सर्पका विष तीन प्रकारका हुन्छन्:

  • १. हिमोटक्सिन (रगतम असर करन्या)
  • २. न्यूरोटक्सिन (स्नायु तन्तुम असर करन्या)
  • ३. मायोटक्सिन (मांसपेशीम असर करन्या)

यिनै विषका आधारम बिरामीम विभिन्न लक्षण देखिन्छन्।[]

स्यापका टोकाइबाट कसरी बच्ने

[सम्पादन | स्रोत सम्पादन]

स्यापका टोकाइपछि उपचार करन्याभन्दा सर्पका टोकाइबाट बच्नु नै उत्तम हो। यस्ता व्यवहारिक उपाय अपनाएर सर्पका टोकाइबाट बच्न सकिन्छ।

  • १. स्याप प्रायः रातिम निस्कन्छन्। यसैकारण टर्च, लाल्टिनजस्ता उज्यालो दिन्या वस्तु बोकेर अनी खुट्टाम जुत्ता तथा शरीर ढाकन्या कपडा लगाएर मात्र बाहिर हिँडडुल करनुपर्छ।
  • २. घर वरपर वा बच्चाहरू खेलन्या ठाउँम झार, जंगल वा झ्यास भयापछि हटाउनुपर्छ अनी जमिनम भयाका दुलाहरू पुर्नुपर्छ।
  • ३. सर्प बसन्या ठाउँहरू जस्तै परालका थुप्रा, दाउराका चाङ, ढुंगा वा इँटाका थुप्रा, कुनाकाप्चा वा प्वाल चलाउनुपर्दा पैलै लामो लठ्ठीले चलाएर मात्र हात लगाउनुपर्छ। यस्ता ठाउँ घर वरपर हुनुहुँदैन।
  • ४. स्यापलाइँ जिस्क्याउन्या वा चलाउन्या काम गर्नुहुँदैन। कतिपय सर्प अत्यन्त रिसाहा हुन्छन् अनी सामान्य चलाउँदा पनि टोकिहाल्छन्।
  • ५. सर्पले मरेजस्तो स्वाङ पार्न सक्छ। यसैकारण मरेको देखिएपनि हातले चलाउनु हुँदैन। बरु लामो लठ्ठीले चलाएर मरे–नमरेको यकिन गर्नुपर्छ।
  • ६. साना बच्चाहरू खेल्दा सर्प बस्न सकन्या ठाउँ चलाउन्या, दुलोम हात हालन्याजस्ता काम गर्न सक्छन्। सर्पले टोकेपछि डरका कारण अभिभावकलाइँ नभन्न पनि सक्छन्। यसैकारण बच्चाहरूलाई सर्पका बारेम जानकारी दिनुपर्छ अनी टोकेमा तुरुन्त खबर गर्न सिकाउनुपर्छ। साथै अभिभावकले बच्चामाथि विशेष निगरानी राख्नुपर्छ।
  • ७. राति सुत्दा झूल प्रयोग करनुपर्छ।
  • ८. सर्पका धेरि प्रकोप भयाका ठाउँम सकेसम्म एक्लै हिँड्नु हुँदैन।
  • ९. ताल–तलैया, नदी–नालाम पनि विषालु सर्प हुन सक्छन्, यसैकारण विशेष सावधानी अपनाउनुपर्छ।

स्यापले टोकेमा देखिन्या सङ्केत

[सम्पादन | स्रोत सम्पादन]

टोकन्या सब्भै सर्प विषालु हुन्दैनन्। लगभग ८० प्रतिशत सर्पका टोकाइ विष नलागन्या प्रकारका हुन्छन् भन्ने तथ्यांक छै। फेरि सर्पले टोकेपछि मानिस आत्तिन्छन्। यसले तनाव सिर्जना गराउँछ अनी कहिलेकाहीँ हृदयाघात भएर पनि मृत्यु हुन सक्छ। विषालु सर्पले टोकेमा विषका प्रकार अनुसार विभिन्न लक्षण देखापर्छन्।

सामान्यतया सर्पले टोकेको ठाउँम यस्ता लक्षण देखिन्छन्:
  • क) दुईवटा फ्याक (डस्याको चिन्ह) हुन्छन्।
  • ख) सुन्निन्छ।
  • ग) दुख्छ।
  • घ) रगत बग्न सक्छ।
  • ङ) फोका आउन सक्छन्।
  • च) टोकेको क्षेत्रका लिम्फनोड बढ्न सक्छन्।
  • छ) ढिलो उपचार भयापछि पाकन्या, संक्रमण हुन्या अनी तन्तुहरू मर्न सक्ने सम्भावना हुन्छ।
टोकेको ठाउँबाहेक शरीरका अन्य भागम देखिन्या लक्षण:
  • चक्कर लागन्या अनी बान्ता आउन्या
  • अल्छी लागन्या
  • पेट दुखन्या
  • सम्पूर्ण शरीर दुखन्या
  • तनाव सिर्जना हुन्या
  • बिरामी निदाउन्या
  • रक्तचाप कम हुन्या
  • नाडीका चाल बढन्या
  • बान्ता हुन्या
  • बिरामी शकम गएर बेहोस हुन सकन्या
  • फोक्सो सुन्निएर श्वास फेर्न गाह्रो हुन्या
  • रगतम असर करन्या विष लागेमा अत्यधिक रक्तश्राव हुन्या अनी नाक, कान, आँखा, गिजा, मुख, पिसाबमार्ग तथा योनिमार्गबाट पनि रगत बग्न्या
  • स्नायुतन्तुम असर करन्या विष भएमा ¥याल धेरि बग्न्या, आँखाका ढकनी तल झर्न्या, मुटुका चाल बढ्न्या अनी श्वास फेर्न गाह्रो हुन्या।[]

स्यापले टोकी हालेमा के गर्ने

[सम्पादन | स्रोत सम्पादन]

सब्भै सर्प विषालु हुन्दैनन् अनी टोक्नासाथ मानिसका मृत्यु पनि हुँदैन। तुरुन्त मृत्यु भयापछि बिरामी डराएर मुटुघात भयाको बुझ्नुपर्छ। विष फैलिन केही समय लाग्ने भएकाले विषका कारण हुने मृत्यु केही समयपछि मात्र हुन्छ।

सर्पले टोकेमा यस्ता उपाय अपनाउनुपर्छ:

  • १. तनाव कम गर्न बिरामीलाइँ सान्त्वना दिनुपर्छ।
  • २. टोकेको ठाउँका तलका जोर्नीदेखि माथिल्ला जोर्नीसम्मका भागम दुई औँला छिर्न्या गरी खुकुलो ब्यान्डेज वा १० सेन्टिमिटर चौडा कपडाले बेर्नुपर्छ (प्रेसर ब्यान्डेज)।
  • ३. टोकेको भाग नचल्ने गरी स्प्लिन्ट (काम्रो) प्रयोग गर्नुपर्छ अनी सकेसम्म चाँडो अस्पताल वा सर्पदंश केन्द्रम पुर्‍याउनुपर्छ।
  • ४. सर्प मर्या भयापछि पहिचानका लागि अस्पताल लैजान सकिन्छ, फेरि हरेक सर्प चिकित्सकले चिनेकै हुन्छन् भन्ने हुँदैन।
  • ५. उपचार नहुन्जेल बिरामीलाइँ पानीसमेत नखुवाउनुपर्छ।[]

स्यापले टोकेमा के गर्नु हुँदैन

[सम्पादन | स्रोत सम्पादन]

हाम्रो समाजम व्याप्त अन्धविश्वासका कारण सर्पले टोकेमा यस्ता काम गर्नुहुँदैन:

  • १. सर्प मारन्या प्रयास नगरी बिरामीलाइँ प्राथमिक उपचार दिनुपर्छ अनी चाँडो अस्पताल पुर्‍याउनुपर्छ।
  • २. टोकेको ठाउँ चलाउनु हुँदैन, नत्र विष शरीरम चाँडै फैलिन सक्छ।
  • ३. बिरामी सन्चो नभएसम्म वा अस्पतालम उपचार नभएसम्म प्रेसर ब्यान्डेज हटाउनु हुँदैन।
  • ४. ब्यान्डेज धेरै कस्सेर बाँध्नु हुँदैन अनी डोरीले टोकेको ठाउँभन्दा माथि बाँध्नु हुँदैन। यसो गरेमा रक्तसञ्चार रोकिन सक्छ अनी तन्तु मर्न सक्छन्।
  • ५. धामीझाँक्री, तन्त्रमन्त्र वा झारपातले विष लागेको वा नलागेको छुट्याउन सकिँदैन। बरु बिरामीका ज्यान जान सक्छ। यसैकारण तुरुन्त अस्पताल पुर्‍याउनुपर्छ।
  • ६. पुराना तरिका जस्तै धारिलो हतियारले चिर्न्या, अङ्ग काटन्या वा डढाउन्या काम गर्नुहुँदैन। यसो गरेमा अत्यधिक रक्तश्राव भएर मृत्यु हुन सक्छ।
  • ७. टोकेको ठाउँम रसायन प्रयोग गर्नुहुँदैन।
  • ८. मुखले चुसन्या वा सक्सनले विष तानन्या काम पनि गर्नुहुँदैन।[]

हाम्रो समाजम व्याप्त केही अन्धविश्वास

[सम्पादन | स्रोत सम्पादन]

हाम्रो समाजम केही अन्धविश्वास अझै पनि व्याप्त छन्। यस्ता आधारहीन विश्वासका कारण सर्पका टोकाइबाट धेरिका ज्यान गयाका छन्।

  • १. खुर्सानी खाएर सर्पले टोके–नटोकेको थाहा हुन्छ।
  • २. धामीझाँक्रीले फुक्दा सर्पका विष हराएर जान्छ।
  • ३. कुखुराका मल टोकेको ठाउँम लगाउँदा विष हराउँछ।
  • ४. टोकेको ठाउँभन्दा माथि कस्सेर बाँध्दा विष माथि सर्दैन।[]

अब के करनुपर्छ

[सम्पादन | स्रोत सम्पादन]

सर्पका प्रकोप भयाका तराईका जिल्लाम सरकारले सर्पसम्बन्धी जानकारीमूलक कार्यक्रम ल्याउन अत्यन्त आवश्यक छै। साथै उपचारका लागि उचित व्यवस्था मिलाउनुपर्छ। सरकारले विराटनगर, जनकपुर, चितवन अनी नेपालगञ्जम तालिम दिएर सर्प उपचारसम्बन्धी जानकारी राखन्या करीब पाँच सय जनशक्ति तयार गरिसक्या छै।

अस्पतालम सर्पविष प्रतिरोधात्मक सेरम प्रयोग गरेर सर्पका विष निष्क्रिय पारिन्छ। नेपालम पाइने एएसभी धेरि प्रकारका विषका विरुद्ध काम करन्या भएकाले यसलाइँ पोलीभ्यालेन्ट एएसभी भनिन्छ। विदेशम भने कुनै विशेष विषका विरुद्ध मात्र काम करन्या एएसभी पनि पाइन्छ, जसलाइँ मोनोभ्यालेन्ट एएसभी भनिन्छ। फेरि उपचार पद्धति भयापनि उपचार पाएर सब्भै बिरामी बाँच्छन् भन्ने ग्यारेन्टी हुँदैन। यसैकारण सर्पका टोकाइबाट बचन्या उपायका जानकारी राख्न अत्यन्त जरूरी छै।



  1. याँ कति किसिमआ स्याप छन?
  2. 1 2 3 4 5 6 7 8 सर्पको टोकाइबाट यसरी बचौं Archived 2016-05-20 at the Wayback Machine.