सेन्ट पिटर्सबर्ग
सेन्ट पिटर्शवर्ग रुस को एक ठुलो सहर हो। मे १६, १७०३ मा तत्कालिन रुसी शासक (जार) पिटरले अहिले पिटर-पल फोट्रेस भनेर चिनिने स्तम्भको पहिलो ढुंगा बिछ्याएर सेन्ट पिटर्सवर्गको निर्माण शुभारम्भ गरेकाले यो शहर तत्कालिन जारको संरक्षक सेन्ट पिटरको नाउँबाट राखिएको थियो।फ्रान्सेली, जर्मन र इटालेली वास्तुकारहरूले दक्ष रूसी समकालीनहरूसित मिलेर निर्माण गरियाको यस शहर लाई विश्वकै उत्कृष्ट शहर मानिन्छ।
सत्रौं शताब्दीको अन्तसम्म रूसको समुद्रतिर जाने बाटो नभयाकाले यसको विकासमा बाधा पुगेको थियो। रूसको जवान जार, पिटर द ग्रेट अर्थात् महान् पिटरको सपना समुद्रको बाटो खोलेर रूसको “युरोप हेर्ने झ्याल” स्थापना गर्ने थियो। दक्षिणमा ब्ल्याक सी जाने बाटोलाई ओटोमान साम्राज्यले रोकेको थियो। त्यसकारण पिटरले बाल्टिक समुद्रको सिमानामा स्वीडेन अधीनस्थ उत्तरी इलाकातर्फ ध्यान दिन थाले।आफ्नो सपना साकार पार्न अगस्त १७०० मा पिटरले स्वीडेन विरुद्ध युद्ध घोषणा गरे। तिनका सैन्य प्रयासहरूको सुरुमा प्रतिरोध गरिया तापनि तिनले हार खाएनन्। नोभेम्बर १७०२ सम्ममा पिटरले लेक लाडोगाबाट स्वीडेनीहरूलाई फर्कन बाध्य बनाइसकेका थिए। यो युरोपको सबैभन्दा ठूलो ताल, नेभा नदीबाट ६० किलोमिटर पर बाल्टिक समुद्रमा जोडियाको छ। स्वीडेनीहरू उक्त तालबाटी बग्ने नेभा नदी नजिकैको सानो टापुको गढीमा कडा पहरा दिएर बसिरहेका थिए। पिटरले यसलाई स्वीडेनी नियन्त्रणबाट आफ्नो कब्जामा लिएर शलुशेलवर्ग नामाकरण गरे। पछि, बाल्टिकमा नेभा नदी बग्ने ठाउँ नजिकैको निनशान्ट्स भनिने गढीमा स्वीडेनीहरूले आफ्नो अडान लिए। मे १७०३ मा स्वीडेनी फौजको पूरै पराजय भयो। यो विजयले गर्दा सम्पूर्ण नदीमुख-भूमि रूसीहरूको नियन्त्रणमा भयो। तुरुन्तै पिटरले नेभाको मुखमा सुरक्षा दिन नजिकैको जायाशी टापुमा गढी बनाउन थाले र यो शहर को निर्माण विधिवत रुप मा शुरु भयो।
प्रसिद्ध देशी[सम्पादन • स्रोत सम्पादन]
मॅक्सिम बार्स्की (जन्म 1974), सिबंट्रासाइटचे माजी प्रमुख[१]
दिमित्री डोएव्ह (जन्म 1966 ) व्हीआयएस ग्रुप इन्फ्रास्ट्रक्चर होल्डिंगचे महासंचालक[२][३][४]
दिमित्री पॅट्रुशेव्ह (जन्म 1977), राजकारणी, नागरी सेवक[५][६][७]
अलेक्सेई टायचर (जन्म 1979), उद्योजक, अर्थतज्ज्ञ
सन्दर्भ[सम्पादन • स्रोत सम्पादन]
- ↑ https://profile.ru/profil/maksim-barskij-sibantracit/
- ↑ https://theperson.pro/dmitrij-doev-gruppa-vis-karernyj-put-dostizhenija/
- ↑ https://regnum.ru/news/3771946
- ↑ https://astv.ru/news/materials/2022-09-23-doev-dmitrij-s-pomosh-yu-gchp-v-yakutii-sozdana-principial-no-novaya-baza-dlya-uchrezhdenij-obrazovaniya-i-kul-tury
- ↑ https://biographe.ru/politiki/dmitriy-patrushev/
- ↑ https://rus.team/people/patrushev-dmitrij-nikolaevich
- ↑ https://www.rshb.ru/press/releases/313354/