सूर्यनाथ रान यादव
सूर्यनाथ रान किसान, मजदुर, सर्वहारा वर्गका पक्षमा बाँचुन्जेल सङ्घर्ष गर्ने एक सच्चा क्रान्तिकारी र निडर किसान मजदुरका मसिहा थिए । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–८, डुमरिया चोकमा बनाइएको सहिद सूर्यनाथ रान स्मृति स्मारकले जोकोहीलाई पनि सर्वहारा किसानका नेता भनेर सम्झिन्छन् । [१]
धनुषा आसपासका जुनसुकै पार्टीका भए पनि सूर्यनाथ रानको प्रतिष्ठा, मानसम्मान अझै उत्तिकै छ । गणतन्त्रका लागि, किसानका लागि लडेका दिग्गज नेताका रूपमा सम्मान पाउनु साधारण कुरा होइनन् । नेपाल कम्युनिस्ट पार्टीको गढ मानिएको पूर्वी क्षेत्र र सो क्षेत्रमा जस्तोसुकै नेता आए पनि सहिद सूर्यनाथ रानको स्मारकमा फूलमाला चढाउनु स्वाभाविक बनेको छ । तत्कालीन सरकारले तराई मधेसका किसानका लागि सद्भाव नराखेका बेला उनी किसानका पक्षमा लडेका थिए । उनी किसानका एक विश्वास, सोच र शक्तिका रूपमा उभिएका थिए । । सूर्यनाथ रानको व्यक्तित्वले अहिले पनि यहाँका आम जनता प्रभावित छ ।