नेपाल राष्ट्रिय बाल पुस्तकालय
यै लेख या लेखाऽ खण्ण ले विकिपिडियाऽ लेखन शैली मापदण्ड पुरा नाइ अद्दो रे विकीकरण गद्द आवश्यक छ। लेख निको बनुनाइ, कृपया विशेष अरिबर यै को सामग्री, लेआउट, सान्दर्भिकता, बाइल्ला लिङ्क सुधार गद्दाइ मद्धत गर्याऽ। (सहयोग) |
नेपाल सरकारले संचालन गरेका ये पुस्तकालयमा करिब आठ हजार पुस्तकहरू छन। भौत भु बिषय तथा भाषाका सचित्र पुस्तकहरु, खेलौनाहरु रयाको ये पुस्तकालयमी नर्सरी बठे कक्षा १२ सम्मका बालबालिकाहरूका लागि खोलिएको हो । नेपाल राष्ट्रिय बाल पुस्तकालय काठमाडौंको हरिहरभवनमी रयाको छ । मिति२०६९ साल आश्विन महिना बठे यो पुस्तकालय शनिबारका दिन लै खुलाई हुन्छ ।
बाल पुस्तकालय
रमेश निरौला
बाल पुस्तकालय भन्नाले विशेष गरी बालबालिकाका लागि तयार गरिएका पुस्तकालयहरू भन्ने बुझिन्छ । यस्ता पुस्तकालयमा खास विशेषताहरू हुनु आवश्यक छ । यस प्रकारको पुस्तकालयमा बालबालिकाको उमेर र उनीहरुको मानसिक विकासलाई ध्यानमा राखेर चयन गरिएका पुस्तकहरू राखिन्छन् । यस्तो संकलनमा कथा, चित्रकला, मनोरञ्जन, शिक्षा र सिर्जनात्मकता बढाउन मद्दत पुग्ने सामग्रीको छनौट गर्नुपर्छ । बालबालिकाको अनुकूल वातावरणका लागि पुस्तकालयहरू सामान्यतया रंगीन र आकर्षक बनाइन्छ जसले बालबालिका सजिलै आकर्षित हुने र रमाइलो गर्न सक्छन् । यसमा मध्यम स्तरका टेवल र कुर्सी, पढ्दै खेल्ने स्थल तथा हातले काम गर्न सक्ने सामग्रीहरू पनि हुन सक्छन् । जस्तै विद्यार्थीले चित्रकलाको अभ्यास गर्न सक्ने हुनाले त्यस अनुरुपको व्यवस्था पुस्तकालयले गर्नुपर्छ । बालबालिकाका लागि पुस्तकालयहरू प्रायः विद्यालय, समुदायिक केन्द्रहरू र सार्वजनिक पुस्तकालयहरूको हिस्सा हुने गर्दछन् । यी पुस्तकालयहरू निशुल्क वा धेरै सस्तो र सहज पहुँच योग्य हुने गर्दछन् । यसले बालबालिकाको अध्ययन र सिकाइ क्रियाकलापलाई प्रोत्साहन दिने, साथै उनीहरूको सोच र कल्पना विकास गर्ने कार्यमा मद्दत गर्छ । पुस्तकालयले बालबालिकामा अध्ययनको रुचि बढाउने र उनीहरूको सिर्जनात्मकता तथा मानसिक विकासमा ठुलो भूमिका खेल्छ । सबैभन्दा महत्वपूर्ण कुरा बाल पुस्तकालयले बाल मनोविज्ञान बुझ्न सक्ने र सोही अनुरुप सहजीकरण गर्नसक्ने क्षमता भएको पुस्तकालयकर्मीको व्यवस्था गर्नु जरुरी हुन्छ । किनभने बाल पुस्तकालयमा शिक्षा प्रणाली अन्तर्गत त्यस्ता संशाधन पर्याप्त हुन जरुरी छ, जहाँ बालबालिकाहरु उन्मुक्त खेल्दै सिक्न सक्छन् । उनीहरुले खेलेर, अनुभव गरेर आफूलाई उजागर गर्ने वातावरण हुनुपर्छ । यस्तो पुस्तकालयमा पुरातन ढर्राको पठनपाठन हुँदैन । त्यहाँ बालबालिकालाई जबरजस्ती कुनैपनि कुरा सिक्न बाध्य पारिँदैन । बरु बालबालिकाको रुची, इच्छा, क्षमता बुझेर सोही अनुरुप उनीहरुलाई उपयोगी कुराहरु सिक्नमा सहयोग गरिन्छ । बाल पुस्तकालयको अवधारणा र विकास विश्वभरि फरक फरक समयमा भएको पाइन्छ । नेपालमा यसको सुरुवात पनि विशेष परिवर्तन र सामाजिक आवश्यकतासँगै भएको छ । बाल पुस्तकालयको सुरुवातको उद्देश्य बालबालिकामा शिक्षा र साहित्यको महत्व बढाउनु थियो । यसले बालबालिकामा अध्ययनको चासो र रुचि बढाउन मद्दत पु¥याउँछ । विद्यालय र सामुदायिक केन्द्रहरूमा बालबालिकाका लागि छुट्टै स्थान र संसाधनहरूको व्यवस्थापन बाल पुस्तकालयको ध्येय हो । यी पुस्तकालयहरू बालबालिकाको रचनात्मकता र सिकाइलाई प्रोत्साहित गर्नका लागि विशेषतया बालबालिका सम्बन्धी पुस्तक र शैक्षिक सामग्री प्रदान गर्न सक्षम हुनुपर्छ । बाल मनोविज्ञानमा कतिपय कुरा उपचार भन्दा ज्यादा शिक्षामा आधारित हुन्छन् । पुरातन शैलीको पुस्तकालय शिक्षामा सबै विद्यार्थीलाई एकै ठाउँमा राखेरे एकै किसिमले पठनपाठन गराइन्थ्यो । यसले गर्दा फरक क्षमताका बालबालिकाहरु कमजोर कहलिन्थे । यदि सही शिक्षा दिने हो भने उनीहरु छिटो र उत्कृट ढंगले सिक्न सक्छन् भन्ने कुरालाई मध्यनजर राखेर बाल पुस्तकालयको अवधारणा विकास भएको हो । बच्चाहरूमा खेल्ने प्रवृत्ति जन्मजात हुन्छ । त्यसैले उनीहरूले खेलको माध्यामबाट सहज रुपमा सिक्न सक्छन् । खेलेर सिक्न सहज हुन्छ भने पुस्तकालयले खेल्दै सिक्ने वातावरण किन तयार नगर्ने ? यिनै प्रश्नको सेरोफेरोले बाल पुस्तकालयको अवधारणालाई जन्म दियो । बच्चाहरु के सिक्न चाहन्छन ? कसरी सिक्न चाहन्छन् ? कुन माध्यम अपनाउन चाहन्छन् ? यावत् कुरा बुझेर सोही अनुरुप पुस्तकालयले शैक्षिक स्रोत उपलब्ध गराउँछ । यसरी उनीहरुले आफ्नो इन्द्रीयको प्रयोगबाट हेरेर, सुँघेर, सुनेर, चाखेर, छोएर, महसुस गरेर नयाँ कुरा सिक्छन् । यो पढ्ने र पढाउने भन्दा पनि सिक्ने र सिकाउने विधि हो । बाल पुस्तकालय मन्टेसरी शिक्षा पद्धतिसँग नजिक देखिन्छ । मन्टेश्वरी शिक्षा प्रणालीले बालबालिकाको रुचीलाई सर्वोपरी मान्दछ । उनीहरुको इच्छा अनुरुप नै कुनैपनि कुरा सिकाउने गरिन्छ । यहाँ परम्परागत शिक्षामा जस्तो करकाप, होडबाजी हुँदैन । किताब, कापी बोक्न लगाइँदैन । त्यसरी नै बाल पुस्तकालयमा पनि यो पढ वा यो कुरा प्रतिष्पर्धाका लागि पढ भन्ने अवधारणालाई प्रवेश दिइदैन । उनीहरुको इच्छा अनुरुप क्रियाकलाप गर्न दिइन्छ र सोही क्रममा नयाँ–नयाँ कुरामा उत्सुकता जगाउने गरिन्छ । बालबालिका उत्सुक भएका विषयका पाठ्यसामग्रीले पुस्तकालयमा स्थान पाउँछन् र स्वच्छन्द ढंगले खेल्दै वा मनोरञ्जन लिँदै अध्ययन संस्कृतिको बानी बस्छ । बाल पुस्तकालयको उद्देश्य बालबालिकामा पुस्तक पढ्ने आदतको विकास गर्नु, उनीहरूको सोच वा कल्पनाशक्ति विस्तार गर्नु र उनीहरूलाई शैक्षिक रूपमा सशक्त बनाउनु हो । यसले उनीहरूको सामाजिक र मानसिक विकासमा ठुलो भूमिका खेल्छ ।
नेपालमा बाल पुस्तकालय ः नेपालमा बाल–पुस्तकालयको इतिहास धेरै लामो छैन । बाल–पुस्तकालयका रूपमा छुट्टै पुस्तकालय पनि धेरै खोलिएका छैनन् । विभिन्न समुदाय तथा युवाहरूले खोलेका सामुदायिक पुस्तकालयहरूले एउटा सानो कुनामा बालशाखा राखेर सेवा दिँदै आएको भेटिन्छ (दली, नयाँ पत्रिका, २०७८ असोज ९) । राष्ट्रिय पुस्तकालयको बाल कक्ष, सार्वजनिक पुस्तकालयले उपलब्ध गराएका बाल अध्ययन कक्ष र केही विशेष बाल पुस्तकालय रहेका छन् । नेपाल जापान बाल पुस्तकालय लैनचौरमा रहेको छ ।
