दोल्खाली भाषिका

विकिपिडिया बठेइ

दाेलखा भाषा नेवारहरूकाे भाषामध्ये सबैभन्दा पुरानाे मानिन्छ । इशापूर्व १४०० भन्दा अगाडि महाभारत पर्व ग्रन्थ लेखिनु भन्दा पहिलेदेखि नै दाेलखामा नेवार (ङापार) भाषाकाे विकास भएकाे देखिन्छ । दाेलखाकाे सिमाना तिब्बत भाेटकाे नजिकै भएकाे कारणले भारत देशका सिमाना नजिकै जाेडिएकाे ठाउँबाट व्यापार नून र सूनकाे गर्ने गरेकाे र जब महाध्यानी र महायान मञ्जुश्रीले तिब्बत भाेटबाट यात्रा गर्न नेपालकाे बाटाे दाेलखा नै उपयुक्त भएकाे देखेर भारत प्रवेश गरेकाे अाधार मान्न सकिन्छ । किराँती सभ्यता भन्नु नै महाभारत कालीन सभ्यतालाइ मान्न सकिन्छ । यतिबेला नै मंगाेलियन समुदायका मानवहरूकाे अावतजावत हुने क्रम बढ्दै गएपछि ठाउँठाउँमा बसाेबास गर्दै बास बस्ने ठाउँहरू निर्माण गर्दै जाने क्रममा देउराली, भञ्ज्याङ्ग, गल्छि र खाेला नदि छेउछाउमा क्रमश बस्ती थुप्रिंदै गएकाे मान्न सकिन्छ । जताजता पानी र जङ्गलकाे श्राेत हुन्छ त्यता त्यता बस्ती बढ्दै जाने क्रममा तिब्बतबाट भेँडाच्याङ्ग्रा उन, नून र सून अाेसार्न सहज भएकाेले दाेलखालाइ व्यापारीमार्गकाे रूपमा उचित ठानेर यता बस्ती बसालिएकाे अाधार मान्न सकिन्छ । यसरी भारतीय प्रान्तका व्यापारीहरूकाे लागि सामान अाेसारपसार गर्न मान्छेहरूकाे तत्काल अावश्यक्ता पर्ने भएकाेले किराँत जातीहरूकाे वंशका राइ, लिम्बु, थामी, मगर, न्येपार (ङापार) जातिहरूले पनि ती व्यापारी समान सामान अाेसार गर्ने क्रममा एकले अर्काकाे भाषा बाेल्दाबाेल्दै थपिंदै जाँदा सबैकाे भाषा मिश्रित भएर न्येपार जातिमा नयाँ भाषाकाे विकास भएर पछि नेवार भाषामा परिणत भएकाे अनुमान गर्न सकिन्छ । किनकि दाेलखाकाे नेवार भाषामा संस्कृत भाषा मिश्रित भएकाे पाइँदैन । ग्रन्थ, पुराणहरूमा जे जतिसुकै संस्कृत प्रयाेग गरिएकाे पाइए पनि व्यावहारिक बाेलीचालीमा अाचार्यहरूका भाषा, अार्य भाषा र वेदमा उल्लेखित शब्द दाेखाकाे नेवार भाषामा मिश्रित भएकाे पाइँदैन ।