गहुँ

विकिपिडिया बठेइ
Jump to navigation Jump to search
Wheat close-up.JPG

गहुँ विश्वको एक प्रमुख अन्न बाली हो । यो विश्वका प्राय सबै देशमाई खेती गरिन्छ । विश्वमा बालीको क्षेत्रमा गहुँ (ट्रिट्रिकम एसपीपी.)-ले पहिलो स्थान ओगट्याको छ। विश्वमा गहुँ उत्पादन तथा खपत गर्ने देशहरूमाई भारत एक प्रमुख देश हो। भारतीय कृषिमा धानपछि लगत्तै दोस्रो स्थानमी गहुँको महत्त्व रहेको छ। गहुँ पीठोजनित उत्पाद हो। खासगरी पूर्वीय भारतसहित देशको अधिकांश भागमा गहुँको पीठोको रोटी बनाएर खाइन्छ, जो एक प्रमुख खाद्य हो। गहुँको नल वा छ्वाली पशुआहारमा पनि प्रयोग हुन्छ। १९६०को दशकको अन्ततिर गरियाको हरित क्रान्तिले गहुँको उत्पादन वृद्धिमा धेरै प्रभावकारी असर पारेको थियो। १९९१ यता गहुँबाट चामलको उत्पादन अनुपातमा १:३ देखि ४:५ –को वृद्धि भयाको छ। देशमा यईको उत्पादन वृद्धि गर्नका लागि कृषि मन्त्रालयले व्यापक जोड दिइरयाको छ। वर्तमानमा उत्तर प्रदेश, पञ्जाब र हरियाणा प्रमुख तीन गहुँ उत्पादक राज्य हुन्। यी तीन राज्यले देशमा उत्पादन गरिने कुल गहुँको करिब ७० प्रतिशत स्थान ओगटेका छन्। अधिक उत्पादनमा उत्तर प्रदेश पहिलो भए तापनि उत्पादकता (उत्पादन गर्ने क्षमता) –मा यो पञ्जाब र हरियाणाभन्दा पछि परेको छ। राम्रो सिँचाइ व्यवस्थाका कारण यी राज्यहरूमा अत्यधिक गहुँ उत्पादन भयाको हो। हरियाणामा गहुँ बालीअन्तर्गत रहेको ९८ प्रतिशत क्षेत्र सिँचित छ अनि पञ्जाबमा यसको अनुपात ९६ प्रतिशत छ। यद्यपि, उत्तर प्रदेशमा ८८ प्रतिशतमात्र गहुँबाली अन्तर्गतको क्षेत्र सिँचित रहेको छ। सिक्किमसहितका गैर-पारम्परिक राज्यहरूमा पनि गहुँको उत्पादन लोकप्रिय हुन थालेको छ। सिँचाइ सुविधा र यस क्षेत्रको लागि अनुकूल हुने बीजको विकास गरेर यी क्षेत्रहरूमा गहुँको लोकप्रियता बढाइँदैछ।

नेपालमा गहुँको अनुसन्धान केन्द्र भैरहवामा छ ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]