सामग्रीमा जानुहोस्

गङ्गालाल श्रेष्ठ

विकिपिडिया बठेइ
शोभा भगवतीमा रहेको शहीद गङ्गालाल श्रेष्ठको प्रतिमा

गङ्गालाल श्रेष्ठ(वि.सं. १९७५-१९९७) नेपालका शहीद हुन् जसले राणा शासन विरुद्धको आन्दोलनमी ज्यान गुमाएका थ्याः।

स्व. भक्तलाल श्रेष्ठ रे माता तुलसीमाया श्रेष्ठका छोरा गङ्गालालको जन्म वि.सं. १९७५ सालमी रामेछाप जिल्लाको भँगेरी गाउँमी भएको थियो। आफ्ना काकासँगै भारतको कोलकातामा बसी २-३ वर्ष पढेपछि उहाँ काठमाडौँ फर्किए। वि.सं. १९९४मा उहाँले दरबार हाई स्कूलबाट पहिलो श्रेणीमा एस्.एल्.सी. उत्तीर्ण गर्नुभयो र त्रि-चन्द्र कलेजमा आई.एस्सी.पढ्दै हुनुहुन्थ्यो। गङ्गालाल कलाकार तथा महावीर संस्थाका कार्यकर्ता हुनुहुन्थ्यो। महावीर संस्थामा राणाविरोधी प्रवचन र क्रियाकलापहरू हुन्थे। राणा सरकारले गङ्गालाललाई शुक्रराजको सभामा (वि.सं.१९९५ सालमा असनइन्द्रचोकमा) राणा शासन विरुद्ध बोले बापत पक्राउ परि छुट्नुभयो। दशरथ चन्दको संगतबाट प्रजापरिषदको सदस्यता लिनुभई राणा शासन विरोधी गतिविधिमा सक्रिय हुनुभयो। प्रजापरिषद्को गतिविधिमा लागे बापत १९९७ साल कात्तिक २ गते पक्राउ गर्‍यो। उहाँलाई १९९७ साल माघ १५ गते दशरथ चन्दसँगै सेन्ट्रल जेलबाट घरछेउको बाटोबाटै लगी बिष्णुमतीको बगरमा रहेको शोभा भगवतीमा गोली हानी मृत्युदण्ड दिइयो। उहाँ विवाहित हुनुहुन्थ्यो। पत्नीको नाम हसिनादेवी हो।[][]

शोभा भगवतीमा रहेको दशरथ चन्द र गङ्गालाल श्रेष्ठका प्रतिमा

चित्र दिर्घा

[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामग्रीअन

[सम्पादनस्रोत सम्पादन]
  1. Dietrich, Angela. "Buddhist Monks and Rana Rulers: A History of Persecution". छाड्डिबार पुग्या मिति:17 September 2013.
  2. Lal, C. K.. "The Rana resonance", 16 February 2001. छाड्डिबार पुग्या मिति:17 September 2013.

भाईरका कडीअन

[सम्पादनस्रोत सम्पादन]