केदारेश्वरको “झमक”

विकिपिडिया बठेइ
Jump to navigation Jump to search

को र तम्रो कारबारे को र तम्रो दानी । ढुँण्या छडी कारवारे जलको मसानी ।। जान गोसाँई बडातोडा माल थली जान । मोहन्याल द्यौता कर दलुखेडी ल्यान ।। गयो गोसाँई बडातोडो बतासै की छाँड । आयो गोसाँई मोहन्याल बादलै की ढीक । अचाकीला खपर्याको अरिहाल्यो ठीक ।। सबैद्यौता माझकर कसु दैत्य रोडु(सोधु) । सबै द्यौता माझकर सउँडी द्यौता रोडु(सोधु) ।। अचाकिला खपर्याको सामाई ल्यायो घोडो केदारैका चारैतिर हिउँवइ करी रेला । अचाकीला खपर्याका समाई ल्यायो चेला ।। केदारैका दाइनीतिर तुड–तुड्या पानी । अचाकिला खपर्या की समाई ल्यायो रानी ।। नारीका नर्याल वोहरा क्याउरो दिगो भयो । अचाकिला खपर्याको दलु बुडी (सेतीनदीमा खपरेको दलडुब्यो) गयो ।। नोट ः सौडी देवता मोहन्यालको प्रहरी हो । श्री मोहन्याल (कार्तिकेय)

डोटी वोगटानमा बस्ने वयोवृद्धहरु र मोहन्यालका पूजारीको भनाई अनुसार सुरुमा मोहन्याल केदारनाथबाट ब्रह्मदेब हुंदै ल्याएर १७७६ मीटर अग्लो सिंहासनको शिखरमा राखियो त्यसपछि धमकोट देखिमाथि पाल्सामा राखीयो पाल्साबाट बर्छैन देखि पूर्वतिर पर्ने कोटकेनामा राखी सकेपछी त्यहाँबाट मात्र अन्यत्र लगिएको हो । सुर्खेतबाट ल्याईएका बोहराहरुलाई मोहन्याल देवताका सुसारे (कारवारे) बनाईएको हो । भन्ने गरिन्छ आशा बोरो करबरे, परु बोरो धामी आशा बोहरा र परु बोहराका सन्तानहरु हालसम्म मोहन्यालको कामकुराहरु गर्ने सहयोगीको रुपमा रहिआएका छन्् । धामी नाच्ने, भराँडको काम गर्ने यही बोहरा खान्दान हो । काैिडन्य गोत्रीय गणपती पनेरुको सन्तति यस मोहन्यालका पूजारीको रुपमा अतितदेखि अहिलेसम्म रहिआएका छन्् । मोहन्यालका प्रमुख वोगटानका ठकुरीहरुको जेठो परिवारका प्रमुख शाखा अन्तरगतका हुन्् सुरुमा यिनैका पूर्खा राजा जगतीपाल नाच्ने गर्दथे । तर रैतीहरु र देख्ने सुन्नेले यो कुरा उचित ठानेनन् र भन्न थाले नात्तेका चेला रामहेद्दा, रामहेर्नेका चेला नात्ता रैतिका छोरा रमिता हेर्ने र राजाका छोरा धामी काँप्ने भनेर खिल्ली गर्न थाले पछिका दिनदेखि मोहन्यालका धामी बोहरा, ताडी, कठायत, धामी थरका व्यक्तिहरु रहन गएका हुन्् । मोहन्याल र केदार बाबु छोरा भएका कारण मोहन्याल र केदारका माडौंहरु पुर्खादेखि हालसम्म यो वोगटानका ठकुरी र यिनका रैती रैतानका खान्दानसँग सम्बन्धित व्यक्तिहरु जहाँ गएका छन्् त्यहाँ मोहन्याल र केदार देवताका माडौ नजिक नजिकैको डाँडामा नजिक नजिक स्थापना गरेर पूज्ने गरेको देख्न सकिन्छ । मोहन्याललाई १२ वोगटानको राजा र ५२ दलको धनी, ५२ लाखको अगेवानी भनेर चिनिन्छ । मोहन्याललाई कुलदेवताको रुपमा मान्ने ठकुरीहरुको मुख्य स्थलभन्दा बाहिर मोहन्याल मान्नु पर्ने र पूज्ने कारण यो पनि भन्ने गरिन्छ । खापरे खेद्ने क्रममा मोहन्याल जहाँ जहाँ गएर बसे त्यसै स्थललाई मोहन्यालको देवस्थल मानी पूज्न थालिएको हो । अर्को थरिको भनाई अनुसार मोहन्यालको मुख्य स्थलबाट शिला लगि वोगटान राज्य क्षेत्रमा मोहन्यालको स्थल स्थापना गरेर पूजा आराधना गर्न थालिएको भन्ने भनाई छ । मोहन्याल देवताका धामी भंराडे रहेकाहरु देवताको गुठ रहेको जमीनको आयस्था खान्छन्् । मोहन्याल देवताको जाँत पूजाको व्यवस्थापन गर्ने पूजा र जाँतमा आएकाहरुलाई खाना खुवाउने, बस्ने सुत्ने व्यवस्था यिनै धामी भँराडे रहेका वोहरा, ताडी, धामी, कठायत थरका क्षेत्रीहरु गरन्छन्् ।