सामग्रीमा जानुहोस्

कार्तिकेय ( मोहन्याल) देवता

विकिपिडिया बठेइ
कार्तिकेय(मोहन्याल) नवदुर्गा(नन्दा), बिष्णु(रिसेडी कोट डोटी जिल्ला)

कार्तिकेय (मोहन्याल) देवता कुमाऊ गडवालमी रयाका स्वामी केदारनाथ (शिव)का चेला हुन् । केदारनाथका दुई चेलाहरु गणेश रे कार्तिकेय(मोहन्याल) का बीचमी को ठुलहो भण्णे विषयमी विवाद भयो । त्यो विवाद चर्कदै गए पछा केदारनाथले थाहा पाएकी उनरा चेलाइ मौं आफूलाइ को ठुलो भण्णेमी विवाद अद्द लाग्या छन् । त्यो सुणे पछा केदारनाथले भण्यो की– तम् आफू–आफूमी विवाद जन् अर जैले सुमेरु पर्वतका सात फेरा परिक्रमा अरीवर पैह्ली याँ पुगन्छ, त्यै ठुलो हुन्छ भणे पछा तुरन्त कार्तिकेय ( मोहन्याल) मयुरमी बसिबर सुमेरु पर्वत परिक्रमा अद्द गए भणे उइतिर गणेश मुसामी बसिबर केदारनाथ (शिव)को मात्तरै परिक्रमा अद्द लागे । तिन् दुयैैले परिक्रमा अरिबर आएपछा केदारनाथका नजक आइबर बिन्तिअरे की– हाम्ले सुमेरु पर्वत परिक्रमा अरीबर आइसके, आब त्यै विषयको मूल्याङ्कन खिलाइ तमरो निर्णय पर्खेका छौ, भणे पछा शिवले गणेशको सुमेरु पर्वत परिक्रमा सम्बन्धकी ताकिर्क कुरडि सुणे । गणेशले भण्योकि – यै संसारमी सुमेरुपर्वत भणे पनि जे भणे पनि तमुइ केदार (शिव) हौ, । त्यसै कारण मैले तमरोे सात फेर परिक्रमा अरेको छु ्र गणेशकी यिसी कुरडिले केदारनाथ (शिव) गणेश धेकि खुशी भईबर तिसै दिन धेकि केदार (शिव)ले कार्तिकेय(मोहन्याल) रे गणेश (धिरकाणी) मध्ये गणेश बुद्दिको र कार्तिकेय शक्तिको जेठो (धनि) हुने छन् भन्ने निर्णय अर्यो । तबैे कुनै पनि वैदिक कार्य अद्दु भण्णा पैह्ली श्रीगणेशको पूजा अरिबर मात्तरै औरदेवताको पूजा हुन्छ रे लेखनका सुरुवात माइ पनि श्री गणेशाय नमः भणिबर लेखिने भयाको होे । कार्तिकेय (मोहन्याल) शक्तिका बलवान भयाहुनाले दैत्य ,राक्षसको बध अद्द अगाडी जानाहान । इसैकारण यिनलाई ३३ कोटी देवताका सेनापति तथा ५२ गण देवताका राजालगै भणिया हो । लडाई, युद्घमी यीन् बाघ वा (सिंह) चलाउने अद्दाछन । बाघका सहयोगले दुश्मन ,बैरीको बर्बादी अद्दाछन् ।

कार्तिकेय(मोहन्याल)को जन्म, युद्घ, नामाकरण रे पूजनको इतिहास

[सम्पादन | स्रोत सम्पादन]

कार्तिकेय (मोहन्याल) स्वामी केदारनाथ (शिव)का शुद्घ वीर्य बाटी जन्मेका हुन् । यिनले केदार्नी (पार्वती)का गर्भमी बस्नु पडयैन । केदारनाथ(शिव)ले उत्तेजित हुँदै आफ्नो वीर्य (तेज) धर्तिमी राखी दिया रैछन् । त्यो वीर्य देवताहरुले खाए , तर देवताले त्यैलाई सहन अद्द नै सक्यो रे आगामी फाल्दीयो । आगाले पनि सहन अद्द सकेन । अन्तमी तामाका ढोलमी हालीबर मन्दाकिनी नदीमी फालियो । मन्दाकिनीले पनि त्यो सहन अद्द नसके पछा त्याँ अयोध्याका राजाका वंशजलाई त्यो शिवको वीर्य प्राप्त भयो । अयोध्यका रघुवंशी (सूर्यवंशी) राजाले त्यै वीर्य लाई ल्याइबर कुमाऊ गडवालको कार्तिकेयपुर राज्यका शक्तिशाली देवता माणिबर कत्युरी राजा (कत्युरी राजवंश)को कार्तिकेयपुरी राज्य स्थापना अरेका हुन् । यो कथा शिव महापुराणमी कार्तिकेय देवताको तारकासुर दैत्यसंग भया युद्घको रुपमी व्याख्या अरियाछ भणे, हामरा समाजमी मोहन्यालको खापरे संगको युद्घ कथाका रुपी व्याख्या अरिया छ । पौराणिक कालका घटनाहरु पुनरुत्थान कालमा तिनै देवी देवाता लाई फरक नामले पुकार अरिएता पनि कथाका ,घटनामी एकरुपता पाइन्छ । कार्तिकेय भणिने यीन् देवता वैशाख शुक्ल मोहनी एकादशीका दिनमी कत्युरी नरेश राजा जगति पालको राज्यकाल शाके १२३५ (वि.स १३७०)मी वैशाख शुक्लपक्ष “मोहनी एकादशी“ का दिनमी डोटी बोगटानमाइ ल्याएपछा मोहनी एकादशीको नामले मोहन्याल भणिएका हुन् । यै देवताकी जाँत कार्तिक शुक्ल पक्ष दशमीका दिनमी हुन्छ । हरिबोधनी एकादशीमी यो देवता शुद्घ पूजा सामग्री सहित वैदिक विधिले पुजिंनाहान् । कार्तिक ,माघ रे वैशाख महिनाको शुक्लपक्षमा मोहन्याल देवता सम्बन्धी और देवकार्य अरिन्छ ।

केदारनाथले मोहन्याल बगाएको मन्दाकिनी नदी

[सम्पादन | स्रोत सम्पादन]

स्वामी श्री मोहन्याल (कार्तिकेय) उत्पति भया माणिने मन्दाकिनी नदी पवित्र नदी हो । यो नदी भारत उत्तराखंड राज्य अन्तर्गत पड्डे गढवालमी रया केदारनाथको नारायण पर्वतमी भगवान विष्णुको चरणबाट निकल्यै छन् । मन्दाकिनी नदी हिन्दू तीर्थयात्रीहरु खिलाइ शुद्ध रे पवित्र माणिएकिछन् । यै नदीलाई हिन्दूधर्मशास्त्र तथा पुराणअनुसार स्वर्गमी बग्ने गङ्गाको धारा भणिबर बर्णन अरिया छ । रामचरित मानसमी पनि मन्दाकिनी नदीलाई

  • “यहाँ भरतु सब सहित सुहाय , मंदाकिनी पुनीत नहाए,
  • सरित समीप राखि सबलोग,मागि मातु गर सचिव नियोग ।”

भणिबर उल्लेख अरिया छ । श्रीमद्भागवतमी मन्दाकिनी नदी मोक्ष दिनेइ नदी मध्येकी एकनदी हुने भणिबर लगै लेखिया छ । यै मन्दाकिनी नदीको अर्खो नाउ पैसुनी नदी पनि हो । यो नदी ८२ किलोमिटर लामाी छ । हिमालयमी रएकोे चोरबारी दह÷तालबाटी उत्पन्न भएकी छ । यो नदी सोनप्रयागमा काली गंगासँग मिलन्छ भणे, बद्रीनाथबाटी बग्दै आउँने अलखनन्दा नदीसँग रुद्रप्रयागमी मिलन्छ । मन्दाकिनी रे अलखनन्दा नदी मिल्या यो दोभान वा संगमस्थल हिन्दू तीर्थयात्रीहरुकालागि भौत महत्वपूर्ण तीर्थका रुपमी लिने अरियाछ । यै संगमस्थलमी भौत धार्मिक तीर्थ स्थलहरु लगै छन् । याँँ चित्रकुट, रुद्रप्रयाग रे केदारनाथ यिसै संगम स्थलका तिरमी रया छन्् । यीन् यै ठाउँका धार्मिक स्थलहरु हुन् । मन्दाकिनी नदीको अर्को कथा अनुसार यै नदीमी भगवान राम रे सीता दिन्दिनै नुहाउँने अरन्र्थे भणि भणिया छ । याँ सीताले न्वाउने ठाउँ जानकी कुण्डमै रया चट्टानमी सीताका पाईतालाका छाप लगै रयाका छन् । याँँबाटी जोशीमठ २२ कि.मी.को दूरीमी पडन्छ । तिसै जोशी मठका ज्योतिषलाई केदारनाथले मोहन्यालको जन्मकुण्डली धेखाउँदा मोहन्याल खुवै सुरवीर रया रे केदार देवताका मूल जन्मेको भण्णे रहस्य ज्योतिषहरुबाटी सुणे पछा त्यै मोहन्याललाइ केदारनाथले तामाका ढोलभितर हालीबर मन्दाकिनीमी बगाएका थे रे त्यैका गोविन्दघाटमी बसने गोडियाका जालमी मोहन्याल देवता लागेका थिए भण्यै कुरडि सुणिन्छ । ‘गोविन्दघाट, लक्षमणगँगा रे अलखनन्दा नदीका दोभान स्थलमा छ । जैलाई कंगनघाट लगै भण्णे अरिन्छ । गोविन्दघाट शिख धर्मावलम्विहरुको लगै पवित्र तीर्थस्थल हो । शिखहरुका इतिहास अनुसार यै क्षेत्रमी बालागुरु गोविन्दले सुनकी चुडी फालेका थिए त्यो सुनकी चुडी हराएपछा राजा गोविन्द दुःखित भए । उनलाई रामका परम भक्त तथा अवतार मानिएका शिवदत्त पण्डितले मानसिक शान्ति दिया थ्यो । गुरु नानक रे राजा त्रिलोकपाल सँग सम्बन्धित यै गोविन्द घाटकी कथा शिख समाजमा पनि पाईन्छ । यस सम्बन्धमी भौत किसिमका बयानहरु छन् ।

डोटेली फागमा मन्दाकिनी (मन्दालोक)

[सम्पादन | स्रोत सम्पादन]

इजा–चेली, ऐंचो–पैंचो, बाबुचेला, लेखो–जोखो, जानैन मन्दालोक पापैको भार । इजा–चेली, गाबडि एकै गाव–दोइया, मामा–भान्ज एकै सौड्न सिया, जानैन् मन्दालोक पापैको भार । सासु पैरा धरै, वौरानी पाउ उछालै, जानैन मन्दालोक पापैको भार । जसा डोटेली फागले पनि मन्दालोक भणिने मन्दाकिनीको धार्मिक महत्व धेकाउँछ । यिनै कार्तिकेय (मोहन्याल)का नाउबाटी कत्युरी राजवंशको कार्तिकेयपुर राज्य बस्या थियो । मोहन्याल सम्बन्धि मंगल, फाग डोटी बोगटानमा गाउँने अरिन्छ । सूर्यवंशी राजाले पाएको मन्दालोक भणिबर मंगल गाउँनेहरु गाउँनाहान् ।

मोहन्याल देवता सम्बन्धी देवकार्य

[सम्पादन | स्रोत सम्पादन]

श्री स्वामी कार्तिकेय (मोहन्याल) बाबाकी जाँत डोटी बोगटानका भौतै ठाउँ ( सिंहासन , अलाड़ी, कोटकेना, मानिकोट, डुँगरी, लोली ,कठिउर, पाण्डौन ...) मी हुने अरन्छ । यीन मध्ये सिंहासन रे तल्लो बोगटानको अलाड़ी मुख्य ठाउँ हुन् । मोहन्यालका जाँतमाइ अलाड़ी कत्युरी राजवंशको प्रमुख शाखाको अनिवार्य उपस्थिति हुनु पड्डे माणिन्छ । कार्तिकेय (मोहन्याल)का धामी रे भणारी बोहरा, ताड़ी, कठायत, धामी थरका क्षेत्री जातिका हनाहान् । पुजारी कौडिन्य गोत्रीय जोशी(पनेरु) छन् । ठाउअनुसार उपमन्यु गोत्रीय बिनाड़ी, अत्रि गोत्रीय ओझा ,कश्यप गोत्रीय जोशी पनि पुजारी भयाछन् । कसै समयमी कश्यप गोत्रीय बडू लगै पूजारी थ्ये । कार्तिकेय (मोहन्याल) देवता पाउँनेबलामी समय कार्तिकेयपुरीका सूर्यवंशी राजा देवताका धामी भैवर नाचनलागे । वाँ पछा “नात्तेका चेला रामहेद्दा, राम हेर्नेका चेला नात्तो” भणिबर गिल्ली अद्द लागे पछा यो त निको नैभयो भणिबर कत्युरी राजाले आफनो गोत्र “शौनक” दान अरिबर क्षेत्री जातिलाई देवता सौपेको हो भन्ने किम्बदन्ति लगै छ । ठकुरी रजवारहरु निर्णयकर्ता रे सम्मान ग्रहण अद्द जाँतमी जानाहान् । केइ काम अद्दु पड्यो भणे त्यैको निस्कर्ष ठकुरीले दिनु पडन्छ । यी ठकुरी रजवारहरुका ठकुरानी (महारानी)हरु मोहन्याल देवताका अधेका (पर्दा) हुने अद्दीछिन् । यै कारण कत्युरी राजवंशका यीन् ठकुरीहरुका ठकुरानीहरु मोहन्यालका जाँतमी नैजाना । कार्तिकशुक्ल द्वितीयाका दिनमी मोहन्यालकी ठूली जाँत हुन्छ । तिसै पक्षका दशमीमाइ जात्रा लागन्छ भणे भने हरिबोधनी एकादशीका दिन शुद्घ पूजन सामग्री बाटी पुजिन्छन् । वैदिक विधिले कथा ,सप्ताह लागन्छ । कार्तिकेय (मोहन्याल)का पुजारी आजीवन शाकाहारी हुनु पडन्छ । मांसहारीबाटी मोहन्याल देवता पुजिनाइन् । १२ बोटानका राजा मोहन्याल हुन् भण्णे चलन छ । मोहन्यालदेवताको देव कार्यको लागि जाँत पूजन अद्दाखिलाइ तल्तिर लेखियै तिथि उपयुक्त माणिन्छन् । जस्तै ः–

  • क) कार्तिक शुक्लपक्ष ,
  • ख) माघशुक्लपक्ष र
  • ग) वैशाख शुक्लपक्ष

यिन् तीनै रे पक्षमी मोहन्यालको पूजा रे देवकार्य अद्दे अरिन्छ । मोहन्यालको फाग, मोहन्यालको मंगल गानले लगै भौत कुरडिकी पुष्टि गर्दछ ।

कार्तिकेयका नामअन

[सम्पादन | स्रोत सम्पादन]

“बढे–बढे राजपुतोका कुलदेवता विष्णु, शिव औंर कार्तिकेय थे । ये समाजमें शान्ति स्थापना के लिए आवश्यकता अनुरुप युद्घ भी किया करते थे ” भणिबर भारतका पुराना इतिहासमी लेखिया छ। केदारनाथ(शिव)का चेला कार्तिकेयको नाउँ ठाउँं अनुसार फरक–फरक छन् । जसो,

  • १) कार्तिकेय
  • २) मोहन्याल,
  • ३) षडानन
  • ४) अग्निपुत्र,
  • ५) लटैनाथ,
  • ६) सिहांसन
  • ७) समुन्द्रपुत्र
  • ८) मुरघन
  • ९) स्कन्ध
  • १०) कुमार

कार्तिकेयमा नामअन

[सम्पादन | स्रोत सम्पादन]
  • १) कार्तिकेय (शिव महापुराणमा),
  • २) मोहन्याल, (डोटी बोगटानमा),
  • ३) षडानन (शिव महापुराणमा),
  • ४) अग्निपुत्र,(शिव महापुराणमा),
  • ५) लटैनाथ, (दार्चुलामा) ,
  • ६) सिहांसन (डोटी बोगटानमा),
  • ७) समुन्द्रपुत्र (शिव महापुराणमा),
  • ८) मुरघन (दक्षिण भारत तमिलनाडुमा)
  • ९) स्कन्द (स्कन्द पुराणमा)
  • १०) कुमार (शिव महापुराणमा)
  • आकासमी उड्ने वाहन . मयुर (मजूर)
  • भूमिमाइ हिटने वाहन . बाघ (सिंह)

छल देखाउनु पडेमा मोहन्यालले गाउँ,ठाउँमा बाघ ल्याउने , अनकन्टार पहरोमा जाइबर नाचने , खुकुरीले ढुंगा काट्ने अद्दछ । ३३ कोटी ५२ गणमध्ये कसैले लौ नसकेको अन्तिम अवस्थामी मात्तरै मोहन्याल आफनो शक्ति प्रयोग अद्दाहान् ।

मोहन्याल(कार्तिकेय) देवताका नाममी भयाः गुठीे जग्गाको विवरण

[सम्पादन | स्रोत सम्पादन]

मोहन्याल (कार्तिकेय) देवताको नाममा डोटी तल्लो बोगटान क्षेत्रमा भएको गुठीे जग्गाको विवरण स्वामी मोहन्याल कुलदेवता भएका कत्युरी राजवंशका ठकुरी रजवारहरुबाटी मोहन्याल देवताको नाउमी गुठी चढाएको जग्गा सम्बन्धी जानकारी इसी छ ः–

  • १) डोटी जिल्ला बर्छैन गाउँ विकास समिति अन्तर्गत (गर्बुजा, रिसेडी रे अलाड़ीमी ३ बिगाहा जग्गा गुठी नापी भया छ ।
  • २) कैलाली जिल्ला, चौमाला गाउँ विकास समिति चौमालामी २ बिगाहा १० धुर जग्गा गुठी छ ।
  • ३) कैलाली जिल्ला निगाली गाउँ विकास समितिका निगाली गाउँ क्षेत्रमी १७ बिगाहा ६ कट्ठा १० धुर जग्गा गुठी छ ।

मोहन्यालको फाग

[सम्पादन | स्रोत सम्पादन]
  • कसुका छौ हौ, कसुका पूत ,
  • केदारैका बेटा हुँ मै केदार्नीका पूत ,
  • केदारैका दाईनातिर तुड्या–तुड्या पानी,
  • धुड–धुड रुन लागिन केदारैकी रानी,
  • मल्ली खान मूल जन्मे कसैले नजानी,
  • केदारैका दाईना हड थुम–थुमे केला,
  • तामा ढोल हाली हाल्यो केदारैका चेला,
  • तहाँ हैत तामा ढोल हाली मन्दाकिनी बगायो,
  • केदारैका दाईना तिर तुड–तुड्या पानी,
  • धुड–धुड रुन लागिन् केदारैकी रानी,
  • तल्लो बुँगे रजवार मेरो वोलु लिय,
  • अलड्याल ,बोहरा हात, महल साली दिए (माँडौ वनाऔ),
  • सिंहासन तलि–मथि सल्लाकी पोथी,
  • मल्ली खान अवतारिय सूर्जकी ज्योति,
  • कहाँ तविय गोसाई (कहाँ जाईपायाको)मल्लीखान,
  • कहाँ तविय गोसांई चन्नसूर्ज,
  • मन्दालोक तविय गोसाई मल्लीखान दैत्य,
  • सरक तविय गोसाई चन्नसूर्ज, सूर्जवंशी राजा, मेरो वोलु लिय,
  • बाईसै नई डोटी कुमाऊँ गडवालकी सिक उठाई पाँऊ,
  • कतिसय हारैकी महल चिनाऔं, कतिसय हारकी खम्म कटाऔ,
  • बाईसैसय हारकी महल चिनाऔ, बाईसैसय हारकी खम्म कटाऔं,
  • सिंहासन तलि–मथि सल्लाकीपोथी, मल्लीखान औतारी सूरजैकै ज्योति,
  • को तेरो धामीे होलो को तेरो पूजारी,
  • लडु बोरो धामी होलो गणपती पूजारी,
  • उच्ची निच्ची माणु गोसाई गइली गविउर,
  • गईली गविउर मुनी सुनैका कलस,
  • सुनैका कलसमुनी सुनै दियो बल,
  • त त भन्छी कौशील्ला मेरो वालो होलो,
  • यिनु हुन्ना मल्लीखान दैत्य, दियाको उज्यालोले वालो छमछम खेल,
  • औरका वयलउडी अगाडी चलो, तमु दैत्य मल्लीखान क्योर ढिलाभया,
  • कालिका–मालिका बैनी मैतोडा आईन , क्याउको कोसेलो ल्यायो क्याउको पोटलो,
  • सुनको छापरो ल्याईन रुपाको बाबर,
  • तीनै बैना पठाउन्नाको बेरन भैछ,
  • बाईसै गाईका गौदान छोडाउलो,
  • बाईसै तोला सुनको पिँयलो फिजाँउलो,
  • सेर–सेर गाईको घी होम हुम्याउँलो ,
  • मन–मन (२०र२०केजी) जौ तील होम हुमाउँलो ।

मोहन्यालको मांगल

[सम्पादन | स्रोत सम्पादन]
  • मोहन्यालदेउ तमुई धाइ आया प्रभु, तमरी सेवाअरे, तमुई धाइ आए
  • अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास, शम्भोनाथ सतापाल, तमरीजोर दैत्यनास,
  • अभोलिङ्ग भए ज्ञानी, धिरहोजा पूजाका ध्यानी, दुनिया हेरलो तमरी राम
  • अभोलिङ्ग बोलनाथ, तमरी जोरदैत्यनास शम्भोनाथ सतापाल तमरीजोर दैत्यनास ,
  • वेतालदेउ धाइ आया, लाखौ पाउ तमरी त सेवा अरे तमुई धाइ आया प्रभू,
  • वेतालदेउ खेलनरोडी दैत्यनामको दावतोडी, अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास
  • शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास, भैरौदेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू,
  • भैरौं देउ खेलनरोडी दैत्यनामको दावतोडी, अभोलिङ्ग वोलनाथ तमरीजोर दैत्यनास शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास
  • अलडादेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू, अलडादेउ खेलनरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास शम्भोनाथ सतापाल तमरीजोर दैत्यनास,
  • कैलपालदेउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइआय प्रभू, कैलपालदेउ खेलनरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास,
  • डुँडो देउ धाइ आया, लाखौपाऊ तमरी त सेवाअरे तमुई धाइ आय प्रभू, डुँडादेउ खेलरोडी, दैत्यनामको दावतोडी,
  • अभोलिङ्ग बोलनाथ तमरीजोर दैत्यनास शम्भोनाथ, सतापाल तमरीजोर दैत्यनास,
यिसोइ अरीबर मोहन्याल भितरका यैक्षेत्रमी रयेका सबै ५२÷५३ देवताहरुको नाम उच्चारण अरिन्छ । मचवाल, भैरव, समैजी, डुँडो, पासो,लाटो.........आदिको नाम उच्चारण अरिबर मागल गाईन्छ ।[]

डोटीका राजवंश भगवान शिवका भक्त भएका कारणले स्वामी कार्तिकेयको पूजा अद्दा छन् । तिनै कार्तिकेय स्वामीका नाउँ बाटी कार्तिकेयपुर रे त्याँका शासकहरुलाई कत्यूरी वंशीय भणिएकीकुरणि उल्लेख भईसकेकी छ ।

खापरे(तरकासुर दैत्य)संगको युद्घ कथा

[सम्पादन | स्रोत सम्पादन]

शौनक (शिवनाम)गोत्र, सिंह राशी भएका कार्तिकेय (मोहन्याल) शिवका जेठा चेला माणिन्छन् । समुन्द्रमी बगाएका मोहन्याल गोडीयाले जाल हाण्णेबेला गोडीयाकी जालमी लागेका रे त्यै समयमी अयोध्याका राजाका वंशज त्याँ घोडामा बसिबर सवार अद्लाथे । मन्दाकिनी भणिने नदीकोे मिना (पानी वहावको बीच भाग) बाटी मोहन्याललाई हालिएको तामाको ढोल वगिरहेको थ्यो । त्यै समयमी पाल्की (तापदान) माथि सवार भएका राजाले गोडीयालाई त्यै तामाकी ढोलमी जाल हाण् भण्या रैछन् । त्यो सुणे पछा गोडीयाले जाल हान्यो रे जालमी लागेको तामाको ढोल बाइर लेयो । पाल्कीमी सवार अद्दे राजाले ओलिवर त्यै भितरको वालकलाई समाइबर पानी वाहिर निकाल्यो । विश्वामित्रका सन्ततिले पूजाआजा गरेर ल्याएको कहाँनी वोगटानमा छ । गोडियाको नामले गोविन्दघाट नामाकरण भएको हो । तामाको ढोल बजाउँने कश्यप गोत्रीय ऐर मोहन्यालको ढोली भयो । यो ढोलीको सन्तान रिसेडीमा छ । त्यै समयमी यिसै पहाडी भूभागमी खापरे(तारकासूर)ले आतङ्ग मचायारैछ । वा पछि यै देवभूमिका देवताहरुले बडातडो देवतालाइ पुकार अद्दै भण्यो की ः–

  • जान दैत्य बडातडो मालथलि जान ।
  • मोहन्याल दैत्यको दलु कत्यूर ल्यान ।।

देवताले अरेको पुकारलाई स्वीकार अद्दै बडातडो देवता मोहन्याल बोलाउँन माल थलि हुँदै कत्यूर (कार्तिकेयपुर,कुमाऊँगढवाल)गयो । तब भणियो की

  • गयो दैत्य बडातडो, बतासैको स्वर ।
  • आयो दलु मोहन्याल की बादलकी ढिक ।।

श्री मोहन्यालबाबा(कार्तिकेय)को आगमन भएपछि मोहन्यालले आप्mनो गणलाई निर्देशन दिनै भण्णाहान् की ः–

  • मिल्ला छौ त खपरे, हामु सित मिल ।
  • नैत मिल्ला खपरे की, लाउँत तेरी ठीक ।।
  • केदारका दाईने तिर तुडयातुडया पानी ।
  • नईत मिल्ला खपरेकी समाई ल्याय रानी ।।
  • केदारैका गाथ मुनी थुम–थुम केला ।
  • नईमिल्ला खपरेका समाई ल्याय चेला ।।
वापछा खापरेसँग युद्ध हुन्छ । युद्धमा मोहन्यालगणका ५२ रे ५३ दल भएका वैदिक देवीदेवताहरुले श्री मोहन्यालबाबालाई सहयोग अद्दै खपरेलाई कुटी पिटी मारी सेतीनदी कटाएर लखेट्या रैछन् अनि भणिन्छ की ः–
  • केदारका दाईनातिर तुड्या,तुड्यापानी ।
  • केदारले जिती ल्यायो खपरेकी रानी ।।
  • गयो दलु खपरेको रुनु–रुनु गयो ।
  • भयो दैत्य मोहन्याल तेरै भन्नु भयो ।
  • खापरेको चैत र अठौती मल्ल .
  • मालकी थली जोताई हाल्यो बल्ल, काँ बाट फुटी उब्जी गया अठौती मल्ल,
  • अठौती मल्लको कलिया जसो भाइ, ऐसेलुका झिलमुनी बाँसि जाली राइ,
  • अठौती मल्लको कलिया जसो भाइ , रुपामुठी खुकुरीका पितलका खोपा ,
  • जानु मूल्या कलिया स्वराड देउ (देवता) का दोवा ,
  • कलिया दैत्यकी जिया स्वपन (स्वीना) भयो, जनजा अठौती मल्ल स्वराड गढ,
  • मै जान्छु जिया स्वराड गढ ,बडा–बडा देउ (देवता) छन् स्वारड गढ,
  • मारी लोटाउन्या स्वराड गढ, भूतका हात दै को ठेके मुन्टाकी गीर हान्ना मुईले देखे, धोया लुकुडी (कपडा) मटमैला भया ,
  • बनायो सातु सामल लुथुडु (किडा) परे (लक्षण ठिक छैन), कलिया जनजाई स्वराड गढ ,बडा–बडा देउछन् (फर्कन दिने होईनन्) ।
  • स्वराड गढ मै तेरी जिया हुँ मेरो बचन मानि जनजाएई स्वराड गढ.......।

यति भण्णा पनि इजाले भणेइ कुरडि नमाणिबर अठौती मल्ल भणिने खपरे स्वराड गड जान्छन् रे स्वराड गढमा रयेका देवताहरु खपरेलाई मारी दिनाहान् ।

नोटः (चटौत)डोट्याली वृहत शब्दकोश पृष्ट १२ अनुसार ,मल्ल वंशीय एक प्रतापी र वीर राजा देवताको परीक्षा लिने शक्ति भएका राजा । राजा नागी मल्लकी महारानीले घटाल देवताको स्थानमा घोर तपस्या गर्दा जोर्तिमय घटालको दर्शन पायो । महारानी मौलाले गर्भधारण पनि गर्यो तथा अत्यन्त वलवान पुत्र पायो जसको नाउँ अठौती मल्ल राखियो भन्ने लोकोक्ति पाईन्छ । रैकाले वैतडी आएर ढिकगर्खा लुट्यो । ढिक गर्खा लुट्दा खेरी विभोगी चन्दको मन दुख्यो रैकाले रौला केदारको ठाँउमा बसी लोहाका आग्ला हाली ढोका बन्द गर्यो फेरि कटक लगेर चन्दहरु गए ।

“रौला मनानीमा छ, नयाँ जाँती, लोहाकी आँगली तोड्यो किसको नाती” भन्ने वैतडीमा खापरेको चैत नै रहेको छ ।

मोहन्यालको इतिहास गाथा वर्णन इसो लै छ ।[] ==

उहिल्यैका दिनमा कुमाऊँ गढवालका केदारनाथको मन्दाकिनी नदीमा प्राप्त भएका देवता मोहन्याल(कार्तिकेय) हुन । किम्बदन्ती अनुसार केदारनाथका दुई पुत्र जन्मेका थिए । जेठा मोहन्याल र कान्छा गणेश थिए । केदारनाथले आफ्ना जेष्ठपुत्र(मोहन्याल)को जन्मकुण्डली जोशीमठका ज्योतिषलाई हेराउँदा बालक निकै बलवान, रुपवान, गुणवान भएको तर केदारनाथका मुलजन्मेको भन्ने ज्योतिषको सल्लाह अनुसार विधि प्रक्रिया अपनाई केदारनाथले तामाको ढोलमा मोहन्याल लाई हालेर केदारनाथ नजिकै बग्ने मन्दाकिनी नदीमा बगाएका थिए । त्यो समयमा अयोध्याका सूर्यवंशी रघुकुलका राजाको सवारी केदारनाथ तीर्थ क्षेत्रमा थियो । विष्णुको अवतार अयोध्याका राजाले मन्दाकिनीमा ढोल बग्दै गरेको देखेपछि गोडियालाई जाल हान भनेछन । राजाको आदेश अनुसार गोडियाले जाल हान्यो । गोडियाको जालमा त्यो तामा ढोल लाग्यो । राजाले ढोल भित्रको मेरो हो भने छन र गोडिया (बालाऐर) ले ढोल मेरो भनेपछि ढोल भित्रको पँहेलो वर्णको धप धप बलिरहेको ज्योर्ति जस्तै देखिने सर्वशक्तिवान बालक राजाको भयो । ढोल बाला ऐरको भयो । बालाऐरले त्यो ढोल बजायो । ब्राह्मणले पूजा गरे, राजाले आफ्नो कुलदेवताको रुपमा ती बालकको पूजा गरेका हुन । त्यसपछि राजाले आफ्नो कुलदेवताको रुपमा आफ्नो राज्यमा स्थापना गरेका थिए । यसको धेरै वर्ष पछि १४औं शताब्दीमा डोटी क्षेत्रमा खापरेको आतंकले देवता र मानवलाई निकै पिडा भयो । स्थानीय कुनैपनि देवताले खापरेको नास गर्न नसक्ने भएपछि डोटीबाट मोहन्याल कुलदेवता भएका विष्णुको अंश पाल राजालाई साथै लगेर वडातडो देवता मोहन्याल ल्याउन मालथली हुँदै कुमाऊँ गढवालको कार्तिकेयपुर (कत्यूर) गयो । त्यहाँ केदारनाथको तीर्थ गरेर खापरेको आतंकले सिर्जना भएको आफ्ना दुःख पुकार गरेर दुःख बाट मुक्त गरिदिन वडातडो देवताले मोहन्याल देवतालाई निकै अनुरोध गरेपछि मोहन्याल मन्जुर भएर वैशाख शुक्ल मोहिनी एकादशीका दिन कुमाऊँ गढवालको कत्यूरबाट डोटी बोगटानमा आएका थिए । त्यो अवस्थामा हरिद्वारका पण्डित पनि साथै आएका थिए । उनलाई जग्गा दान गर्नु पर्ने थियो । राजाले मान्नाकापडी क्षेत्रमा पर्ने बल्लेजुंडीको जग्गा सन्कल्प बोलेका थिए । केही फटाहाहरुले राजाले आफ्नो गर्वुजा क्षेत्रको मिडौं पुल नजिकको भलाटुक्रिको जग्गा दान गरेका हुन भनेर देखाई दिएछन । राजाको पशुपालन गर्ने भलाटुक्रिको डाँडो देखेपछि पण्डित रिसाएर “तेरो वंश नास नहोस र धेरै नफैलियोस” भन्दै सराप दिएर फर्केर गए । यसै कारण राजाको वंश धेरै फैलिएको छैन । केही गाउँ(रिसेडी, निगाली, विठोडा)मा मात्र सिमित छ भन्ने किम्बदन्ती छ । मोहन्याल आएपछि मोहन्यालले निरोली सुनैटाक कुमारीचौकमा कुमाऊँ अलमोडा, सोर पिथौडागढ, दार्चुलादेखि डोटी बोगटान सम्मका ५२ दल भैरौंवेताल सहित ५३ दलवलका वैदिक देवताको भेला गरेर सल्लाह गरी जिम्मेवारी र क्षेत्र छुट्याएर आपूm प्रधान सेनापति बनेर आफ्नो नेतृत्वमा खापरे दैत्यको नास गरेका थिए  । मोहन्याल प्राप्त र युद्ध गाथालाई लयात्मक रुपमा अझै ज्यादा वर्णन गर्नु पर्दा मोहन्यालको जन्म र डोटीमा खपरे मारेको इतिहास गाथा यस्तो छ ।

१२ महिना मध्ये कार्तिक, माघ र वैशाख महिनाहरु धर्म–कर्मकालागि अति उत्तम महिना हुन ।  यी तीन मध्ये पनि कार्तिकभन्दा माघ राम्रो । माघभन्दा वैशाख झनैराम्रो हो । यी तीनै महिनाको शुक्लपक्ष एकादशी तथा विष्णुको तिथिका दिन वैदिक विधिविधानले मोहन्यालको पूजा हुन्छ । उहिल्यै ..... सत्य यूगमा कुमाऊँ गढवालका केदारनाथमा शिव–पार्वतीको वैशाख शुक्ल तृतीयाको दिनमा विवाह भयो । विवाहपछि शिव पार्वती तपस्या गरिरहेका थिए । एक दिन पार्वतीले शिव भगवानलाई म पुत्र विना रहन सक्दैन् । मलाई पुत्र दिनु पर्यो भनि शिवको सेवा गर्दैजाँदा पार्वती गर्भवती भईन र पुत्र प्राप्त गरिन ।  केदारनाथमा खुशियाली भयो ।

उच्ची निच्ची माणु गोसाई गइली गविउर,

गईली गविउर मुनी सुनैका कलस,

सुनैका कलसमुनी सुनै दियो बल,

दियोको उज्यालोले बालो छमछम खेल,

यसरी छमछम खेलिरहेका अति सुन्दर रुपवान पुत्रको छैटौं दिनमा न्वारन गर्न केदारनाथ ज्योशीमठका ज्योतिषकहाँ गई चीना हेराउँदा बालक अति भाग्यवान, सर्वशक्तिमान भएको तर आमा बाबुका मूल जन्मेकोले आमा बाबुलाई कुभलो गर्ने भनेपछि केदारनाथमा रहेको खुसी दुःखमा बदलियो । यसपछि

केदारैका दाईनातिर तुड्यातुड्या पानी,

धुडधुड रुनलागिन केदारैकी रानी,

मल्लीखान मूलजन्मे कसैले नजानी,

केदारैका दाईना हड थुमथुम केला,

तामाढोल हालीहाल्यो केदारैका चेला,

तहाईत तामाढोलहाली मन्दाकिनी बगायो ।

सूर्यवंशी, सिंहराशी भएका शिवका जेष्ठपुत्र कार्तिकेयनै श्री मोहन्याल हुन ।

हंश सुक्यो समुन्द्र,  समुन्द्र सुक्यो पान । विष्णुकी बानी लग्या कोरेदन्त छन् ।। विष्णुकी बानी लग्या अरध केदार ।। अरध केदार गुसाँंई जमारन जाऊ ।। केदारैका रौतेला धिरगाँडीनाउँ । केदारैका रौतेला मोहन्याल नाउँ ।। गाथ पैरौं लमझम ढोलौ.दुध । धिरगाँडी मोहन्याल केदारैका पुत ।। मूल जन्मे मल्लीखान समुन्द्र बगाई  ।

शिव पार्वतीले यिनु देवतालाई तामा ढोल हाली हाल्यो । स्वर्गमा अमृतका धारा बग्ने, धार्मिक ठूलो इतिहास रहेको, भगवान राम र सीताको दैनिक नुहाउने नदी मन्दाकिनी बगायो । त्यहाँ गोडीया नामको  बालाऐर जाल हान्नै थियो । सूर्यवंशी राजाको पाल्कीमा सवार थियो । पाल्की माथि सवार राजाले गोडीयालाई त्यई तामाको ढोलमी जालहान भन्यो छ , गोडीयाले जाल हान्यो , गोडीयाको जालमै तामाको ढोल लाग्यो । तामा ढोल भित्तर सुन्दर झकीझकाउ भएको पँहेलो वर्णको धपधप बलिरहेको वालक देखिए । पाल्कीको सवारबाट ओर्लेर सूर्यवंशी राजाले ती बालकलाई समाई पानी बाहिर ल्याई हाल्यो । बालकसँग राजाको बातचित भयो ।

काँ तमरोजनम काँ तमरोगाउँ, केदारनाथको जनम, मन्न्दाकिनीको गाउँ,

कन्नहाल्यो खुकुरी खुकुरी हाल्यो कोथी, मल्लीखान औतरिया सूर्जकै ज्योती,

गातपैरौ लमझम माता श्री साँप, मल्लीखान औतरिया शिवलिङ्गवाँप,

गातपैरौ लम झम तामा ढौलौ दूध, मल्लीखान औतरिया शिवजीका पूत ।

बागेश्वरका तलीमथि सल्लाकी पोथी, मल्लीखान अवतारिय सूर्जकी ज्योति,

कहाँतविय गोसाई मल्लीखान, कहाँतविय गोसांई चन्नसूर्ज,

मन्दालोक तवियगोसाई मल्लीखानदेव, सरगतविय गोसाई चन्नसूर्ज,

सूर्जवंशीराजा, मेरोवोलु लिए, बाईसैनई कुमाऊँगढवालकी सिक उठाईदिए ।

यही पछि खिरुडीखोले मसानी कुलदेवता भएको मोहन्यालको करिलो ढोलीको पुर्खा जाल हान्ने बालाऐरको त्यो तामाको ढोल भयो । ढोल भित्रको बालक राजाको भयो । त्यहाँहै बालाऐर ढ्वाङ.. ढ्वाङ..ढ्वाङ.. ढोल बजाउँन लाग्यो । विश्वामित्रले बालकको नामाकरणगरी पूजाआजा सुरु गर्यो ।

कतिसय हारैकी महल चिनाऔं, कतिसय हारकी खम्मकटाऔ,

बाईसै सय हारकी महल चिनाऔ, बाईसै सय हारकी खम्मकटाऔं,

सारि हाल्यो महल, चिथाईहाल्यो धाजा, तवजाई दर्शन मिल्यो सूर्जवंशी राजा,

कति ऋणे चामलको भोग लगाउ, कति माना घिएका पूजा लगाउँ,

२२ ऋणे चामलको भोग लागउ, २२ माना घीएका पूजा लगाउँ,

बाईसै गाईका गौदान छोडाउ, वाईसै तोला सुनको पियको फिजाउ,

नामजति निसाना हजुरै चढाउँ मानाभोकर जति हजुरै चढाउँ ....।

यसपछि सूर्यवंशी राजाले आफ्ना कुलदेवताको रुपमा यिनलाई कार्तिकेयपुरी राज्यमै ल्यायो, यिनको नामले कार्तिकेयपुरी राज्य चल्यो । वैदिक देवता मानिने यी देवगण सुद्धपवित्र बस्तुले वैदिक विधि विधानले चोखो भएर कार्तिक शुक्ल, माघ शुक्ल, वैशाख शुक्लपक्षको कुनैपनि तिथिमा पूज्य हुन्छन् । कथा, सप्ताह, नवाह लगाएर यिनको पूजा गर्ने गरिन्छ । शैव सम्प्रदायका यी देवताहरु मध्ये विष्णु शिव कार्तिकेयलाई प्राचीन भारतको इतिहासमा वडेवडे राजपूतोका कुलदेवता भनिएको छ । यी देवता समाजमा शान्तिमात्र चाहदैन थे की आवश्यक परे युद्धपनि गर्दथ्ये भनेर भारतको प्राचीन इतिहासमा उल्लेख छ ।

१४औं शताब्दी तिर यो पहाडी भूभागमा मान्छेको  बलि गर्ने रैका राजा भनिने कटारी रैका मल्ल राजा र उनको कुलदेवता रगत भोगी खपरे मस्टागणले अतिनै.. आतंङ्ग मचायो । त्यो खपरे दान्नु निकै बलवान थियो । ठूला ठूला दाडा भएको बोका–पाठाका घाँटी दाँतले रटारट काटी फाल्दीन्थ्यो । चन–चन तातो रगत पिन्थ्यो । रगतैले पूजिन्थ्यो । भेंडा र बोका पाठाको रगत पिउँदै रमाउँने अवैदिक खपरेगणको विधर्मी कामले गर्दा देवभूमिका देवता र मानव सबैलाई अशान्ति भयो । त्यसपछि देवभूमिका देवताहरुले १४औं शताब्दीको वैशाख शुक्ल मोहिनी एकादशीका दिनमा वडातडो देवतालाई पुकार गर्दै भने की...

जान गोसाँई वडातडो मालथलि जान ।

मोहन्याल देवको दलुखेडी कत्यूर ल्यान ।।

गयो गोसाँई वडातडो, वतासैको स्वर ।

कार्तिकेयपुरीमागई वडातडो देवताले आफ्ना दुःख र पुकारगरी मोहन्याल देवतालाई मन्जुर गरायो ।  

त्याँही त मल्लीखान कत्यूर रणचूल्लाकोट है चलुभलु कियो,

डोटी सिंहासन जाई बेलीबासो लियो ,

तहाँई त मल्लीखान चलुभलु कियो

कोटकेनाजाई २२ माडौ सजाई बेलीबासो लियो ।

कोटकेनाको दक्षिण तर्फको पहरोमा २२वटा देवताका माँडौको निसाना अझै त्यहाँ छ । तहाँई त मल्लीखान चलुभलु कियो

रिसेडीकोट जाई बेलीबासो लियो । श्री मोहन्यालको आगमन भएपछि त्यहाँ सबै मानव र देवताको देव कचहरी बस्यो उता गन्र्धवहरु मंगल गाउन लागे ।

मोहन्यालदेउ तमुईधाइ आयाप्रभु, तमरीसेवाअरे, तमुईधाइआए प्रभू..

अभोलिङ्ग वोलनाथ, तमरीजोर दैत्यनास, सम्भोनाथ सतापाल, तमरीजोर दैत्यनास,

अभोलिङ्ग भए ज्ञानी, धिरहोजा पूजाका ध्यानी, दुनिया हेरलो तमरीराम

अभोलिङ्ग बोलनाथ, तमरीजोर दैत्यनास सम्भोनाथ सतापाल तमरीजोर दैत्यनास

यसरी सबैले पुकारगरेपछि मोहन्यालले देवकचहरीमा निर्देशन दिदै भनेछन्की । कहाँ छ त्यो खपरे दानवगण , जहाँ भएपनि

मिल्ल छौ त खपरे हामु सित मिल ।

नैत मिल्ला खपरेकी लाउततेरी ठीक ।।

केदारका दाईनेतिर तुडयातुडया पानी ।

नईत मिल्ला खपरेकी समाईल्याए रानी ।।

केदारैका गाथ मुनी थुम थुम केला ।

नईमिल्ला खपरेका समाई ल्याय चेला ।।

त्याँही त मल्ली खान चलुभलु कियो, निरोली कुमारीचोकका देव कचहरी जाई बेली बासो लियो ।। निरोली निरयपाल राजाको कोटघरको दक्षिणमा मोहन्याल र कोटभैरवको गादी अहिलेपनि छ । यसको पूर्व वैदिक देवताहरुको देवकचहरी लाग्ने स्थान छ । त्यहाँ समैजीले मेरो शाई मोहन्याल हमु बचा भनेपछि । शिवरुपी देवताहरुका बीचमा छलफल भयो ।

२२ काना ५२ दलको राजा कटारी मल्ल खपरेमस्टो,

२२ पाटा कुमाऊँ गढवाल, १२ बोगटान, ५२ दलको राजा मोहन्याल ।

लड्डा लड्डा खपरेसँग नसकिने भयो, खपरेले समैजीका खुटट तोड्यो, घोलडाँगीलाई डुँडो बनाई दियो,  लाटाका कान फोड्यो, वेतालका तालु खुईल्यायो, भागेश्वर र केदारलाई जेल हालीहाल्यो । अव के गर्ने भनि मोहन्यालले सूर्खेतबाट भैरौंवेताल ल्याएर ५३ दल बनाई हाल्यो । तेईपछि

आयो गोसाँई मोहन्याल बादलै की ढीक ।

अचाकीला खपर्याको अरिहाल्यो ठीक  ।।

उता कार्तिकेयपुरीका पाल राजाको अगुवाईमा रैका मल्लराजाको विरुद्धमा चारैराठका दाजुभाइ अलडे, पतले, कोलाल, बर्छैनी सबै संंगठीत भईगे, १२सय बर्छैनी, ९सय भूल आईगय बर्छैनी भईगै हुल । देवताहरुमा पनि खपरेसँग लडाई गर्ने सल्लाह भयो ।

धिरगाणी विगरकाणी दुवै सँगी भाइ  ।।

बिगरगाणी बोल्लना त मेलघट्टी मीत  ।

मेलघट्टी बोलन्ना त बडातोडा हित  ।।

को  तमरो कारबारे, को तमरो दानी ।

ढुँण्या छडी कारवारे जलको मसानी ।।

धिरगाणी, विगरगाणी, मेलघट्टी, वडातडो, ढुण्या, छडी, मसानी सबैका बीचमा छलफल भयो अलमोडाबाट मोहन्यालसँगै डोटी गएको अलडो देवता खपरेलाई खपरदारी गर्दै भन्दछन् ।

“आयो लाउ सङतै कत्यूरै खनिएर आयो ,किनभडाका जडाको हुँ म

सदुै पाएहुँ मैले वीर खम्मोको सेरो अव देख विधर्मी खपरे ..” भन्दै खपरेलाई थर्कमान पारेलगतै

श्रीकेदार(शिव), भागेश्वर, अशिग्राम, वीरवेताल, अग्नीवेताल, ब्रह्मवेताल, मलभङेवेताल, भैरांैवेताल, घोडेवेताल, सिगारीवेताल, अलडो, विगरगाडी, धिरगाडी, समैजी, अमरघट्टी, मेलघट्टी, कैलपाल, वडातडो, गडतोलो, मसानी, नरेल, डुणो, जैनाडी, गडाल, भौने, कैले, जडे, परणे, तिगडी, गगरी, छडी, सौटी, दवातल सौउडी, शिद्धनाथ, बैजनाथ, लाटो, पासो, कालिका, भगवती, नवदूर्गा,..... सहित ५२ नाम भएका देवीदेवताहरुको स्वामी मोहन्याल देवताको नेतृत्वमा खपरेसँग घमासान लडाई भयो । खपरेकी चुचाट अरिहाल्यो ......

सबै द्यौता माझकर सउँडी द्यौता रोडो ।।

अचाकिला खपर्याको सामाई ल्यायो घोडो

केदारैका चारैतिर हिउँ पडी रेला ।

अचाकीला खपर्याका समाई ल्यायो चेला ।

केदारका दाईनातिर तुड्या, तुड्यापानी ।

केदारले जिती ल्यायो खपरेकी रानी ।।

गयो दलु खपरेको रुनु रुनु गयो ।

भयो देव मोहन्याल तेरै भन्नु भयो ।।

त्यसपछि ताड्कासुर भनिने त्यई ठूला खपरेका पनि खुट्टा तोड्ीयो । मुण्डो फोडियो । खपरे रुनै उफड्डै भाग्दो भाग्दो गयो । त्यो खापरे भागेर डोटीको सेतीनदी तरेर पूर्व खप्तडमा राजगरेर बसेको छ । त्यईका दलवल भनिने १२ भाइ मस्टा ५२ नामधारी ८४ रुपका विभिन्न नामका मस्टाहरु त्यसक्षेत्रमा फैलिएछन् । मस्टागणको दुधेमस्टो लडाईमी मोहन्याल गणका सरणमा पड्यो । मोहन्याल देवताले सरण परेकालाई मरण गर्नु हुँदैन भनि त्यई दुधेमस्टालाई आप्mनै पक्षको कार्तिक शुक्ल अष्टमी तिथि दियो । त्यसपछि त्यो मोहन्याल गणमा मिसियो, मोहन्यालको सेवक भएर बस्यो । आज त्यो निरोली भागेश्वरको चौकिदार भएर बसेको छ । कार्तिकेय श्री मोहन्यालको अगुवाईमा दैत्यदानवहरुको नास भएको हो ।

शास्त्रका कुरा

[सम्पादन | स्रोत सम्पादन]

रघुवंशमहाकाव्यम् (द्वितीयः सर्गः) सम्पादक ः डा. उमाकान्त शुक्लः पेज ८१, श्लोक ७५ को व्याख्या अन्तर्गत लेखिएको विषय “तारकासुर से पीडित देवताओंकी प्रार्थना पर कार्तिकेय की उत्पति के लिए शिव ने ः यह देखकर कि पार्वती मेरे शुक्र को धारण नही कर सकती अपना वीर्य अग्नि में फेंका , किन्तु अग्नि इसे सहन नकर सकी अतः उसने इसे गंङ्गा मे फेक दिया । वहाँ से कार्तिकेय की उत्पति हुई । इसीलिए कार्तिकेय को “अग्निभू” या गङ्गापुत्र भी कहा जाता है ।” भनिएको छ । भारतको मध्यप्रदेशको सतना जिल्लामा बग्नेनदीलाई पनि त्यहाँ मन्दाकिनी भनिन्छ । शिव अंश श्री केदार र स्वामी श्री मोहन्याल देवताको पूजा हुँदा यजुर्वेदका मन्त्र

“नमः शम्यवाय च मयोभवाय च नमः

शंङ्कराय च मयस्कराय च नमः

शिवाय च शिवतराय च” (यजुर्वेद ।। अथ षेडशोऽध्यायः।। उच्चारण गरिन्छ ।

वास्तबमा मोहन्याल को हुन ? पहिचान के हो ?

[सम्पादन | स्रोत सम्पादन]

श्री मोहन्याल देवता शाकाहारी देवता हुन । यी शिवगणका सेनापति तथा ३३ कोटी ५२ दलमा भैरौंवेताल देवता थपेर बनेका ५३ दलका राजा देवता हुन । यिनलाई कार्तिकेय, स्कन्द, अग्निपुत्र, कुमार, गंगापुत्र, सिंहासन जस्ता विविध नामले पनि चिन्ने गरिन्छ । यी देवताको पहिचान अन्य देवता भन्दा फरक हुन्छ । यिनका धामी, भँडारीहरु देवताको उपवास व्रत बसेका हुन्छन । देवताको काज्य सम्पन्न नहुन्जेल सम्म खाना खाँदैनन् ।

 राशि अनुसार मोहन्याल सिंह राशिका सूर्यवंशी हुन ।

 मोहन्याल देवताको जात्रा(जाँत) कार्तिक शुक्ल दशमीको दिन हुन्छ । यसको भोलि पल्ट कार्तिक शुक्ल हरिबोधनी एकादशीको विहान सूर्य उदायसँगै त्यहाँ निर्माण भएको गादीको नजिकैको मोहन्यालको खम्बामा चढेर त्यस वर्षको भविष्यवाणी के गर्ने के नगर्ने भन्दै नाँच्दै बोल्दछन । यसै दिन यी वैदिक विधि विधान अनुसार दिउसो तोकिएको स्थानहरुमा पुजिन्छन ।

 कार्तिक शुक्ल यम द्वितीया तथा भाइटीकाको साँझ पनि यिनको जात्रा हुन्छ । यसदिन मोहन्यालका मान्छेहरु बुढोभैलो खेल्दछन ।

 पूजामा हरिद्वार(गंगा)को जल प्रयोग हुन्छ । हरिद्वारलाई पद्मपुराणमा ः

हरिद्वारं महापुष्यं श्रृणु देवर्षि सत्तम ।

यत्र गंगा बहत्येव तत्रोक्तं तीर्थमुतमम ।।  भनेको छ ।

अर्थात् हरिद्वार महापूण्यवाला तीर्थ हो । यहाँ महादेव,देवऋषि तथा साक्षात विष्णुको निवास छ । यो तीर्थ सर्वोत्तम तीर्थ हो । जसले सारापापलाई नष्ट गरी दिन्छ ।

 जात्राहुने दिन सर्वप्रथम मोहन्याल देवताको भँडारमा सत्यनारायणको पूजा लगाईन्छ । सत्यनारायणको पूजा समाप्त भएपछि प्रसाद ग्रहण गर्ने कार्य हुन्छ । यसपछि मोहन्याल सहित यी देवता अन्तर्गतका सबै धामीहरुको निश्चित तोकिएको स्थानमा धमेउल हुन्छ । जात्रा हुन्छ वयाँल चल्छ ।

 मोहन्याल देवता अन्य देवता जस्तो धेरै बोल्ने र जताभावि उफ्रने गर्दैनन् ।

 यी देवताको जात्रामा काटमार गर्न वा बलि गर्न पाईदैन ।

 श्री मोहन्याल देवतालाई यस गणका अन्य सबै देवताहरुले मेरो “साई” भनेर सम्बोधन गर्ने गर्दछन । साई भनेको मेरो राजा, मालिक भनिएको हो ।

 मोहन्यालको अगाडि कसैले नाँच्नु छ भने मोहन्यालको अनुमति बेगर नाँच्दैनन ।

 समैजी, बैजनाथ, सिद्धनाथको भूगोल भनेर क्षेत्र विभाजन भएको भएतापनि देव कचहरी भयो भने समैजी सहितका देवताले पनि आफ्नो भूमिमा मोहन्यालको अगाडि नाँच्न सक्दैनन । मेरो “साई”बाट अनुमति पाउ भन्नु पर्ने हुन्छ । अनुमति लिएर मात्र नाँच्ने गर्दछन ।

 मोहन्याल जुनसुकै भूमिको देवकचहरीमा कसैसँग अनुमति नलिएर नाँच्नका लागि स्वतन्त्र हुन्छन ।

 कुनै देवताले केही बोल्नु र गर्नु छ भने मोहन्यालबाट मेरो साईले भन्यो भने भनेर अनुमति लिन्छन ।

 श्री मोहन्याल देवता अवतार भएको समयमा यी आफ्नो तोकिएको गादी भन्दा अन्यत्र भूँईमा खुट्टा टेक्दैनन ।

 यिनको सवारी चल्दा घोडेवेताल देवताले यिनलाई काँध लगाउछ । काँधमै बोक्ने गर्दछ ।

 काँधमा सवारगर्दा आफ्ना पाईतालाले घोडेवेतालको काँधमा टेकेर उभिएर सवार गर्दछन, काँधमा बस्दैनन् ।

 कुनैपनि ठाउँमा नाँच्दाखेरी घुँडा टेक्दैनन् । तोकिएको रातो गादीमा मात्र बस्ने गर्दछन । रातो गादीमा पनि घुँडा टेक्दैनन ।

 मोहन्यालको वयाँल चल्दा चाँदीको लठ्ठी, चम्मर, घाँट समातेर सेतो, पँहेलो र रातोरंङ्गको कपडाबाट बनेको आलिम (झण्डा) बाँधेको बाँसको लिङ्गाको आडमा घोडेवेतालको काँधमा टेकेर यस गणका देवता र नागरिकहरुको चाँभाइरे भन्ने स्वरमा बाजा गाजा भोक्करको गुन्जयमान भव्य र सभ्यजात्रामा सवार गर्दछन ।

 यी देवता आफ्नो गणका भैरौंवेताल, वीरवेताल, अलडो, अग्निवेताल, सिगारी वेताल, कैलपाल सहितक ५३ थरी देवताहरुलाई वखान काट्न जिम्मेवारी दिन्छन ।

 खपरे राक्षससँग युद्ध हुँदा ५२ दलको धनी श्री मोहन्याल ५२ दलको धनी वलवान खापरे भएको कारण खापरेलाई मार्न नसकिने भयो । यसपछि मोहन्यालले सूर्खेत गएर सूर्खेतबाट फकाई पूmलाई भैरौ वेताललाई ल्याई आफ्नो ५३ दल बनाएपछि खापरेलाई खेद्न र मार्न सकिएको हो । यही धितधरमको कारण मोहन्यालले आपूmपछिको स्थान वा पहिलो जिम्मेवारी भैरौंवेताल देवतालाई दिने गर्दछन । यही धितधरमको कारण भैरौवेतालमा पनि मोहन्यालको हाँको(बोली) आउने गर्दछ ।

मोहन्यालका धामीको पहिरन

[सम्पादन | स्रोत सम्पादन]

 वर्तमानमा ः हातमा चाँदीका बाला, कानमा सुनका मुन्द्रा, जुँणी सुनले बाँधेको , धामी नाँच्दा टाउकामा पकडी लगाएको । देवताका झगुला पहिरेको, रातो गादीमा बस्ने आदि आदि हुन्छन ।

 कार्तिकेयपुरमा ः कार्तिकेयपुर राज्य हूँदाका वखत मोहन्यालको बस्ने आशन सुनको चादर थियो । टाउकामा लगाउने सुनको श्रीपेच, सुनको जनै, सुनका बाला, सुनका मुन्द्रा, सुनको लठ्ठी, बडादशैको दशमीमा पैरने सुनका जमरा थिए । सालीधानको चामल खेलाउने सुनको थाली थियो । कार्तिकेयपुरको राज्यविध्वंस भएपछि यो सम्पति वि.स.१२८० मा जुम्लाको रैका राजा क्राचल्लले लुटेर लग्यो । वर्तमानमा मलमलको रातो गादीमा सुनका पूmला हालेर गादी बनाईएको छ । श्रीपेचको ठाउँमा सुनले धामीको जँुणी बाँध्ने गरिएको छ । चाँदीको लठ्ठीमा सुनका पूmला हालिएको छ । फोखल खेलाउने काँसाको थाल छ । लिलाचौरीहाँटको जस्तो गादी नभतापनि ढुङ्गाले चिनेर सामान्य गादी बनाईएको छ । यी मोहन्याल देवता डोटी बोगटानको वडातडो देवताको अनुरोधमा कार्तिकेयपुरबाट १४औं शताब्दीको सेरोफेरोमा डोटी बोगटान आएका हुन । बोगटान आएपछि खापरे दैत्यलाई बोगटानबाट धपाउदै मार्दै लगेर सेती कटाएका थिए । अलडो, वेताल बाहेकका सबै देवता बोगटानका स्थानीय देवताहरु हुन । वडातडो देवताको जाँत(जात्रा)पनि मोहन्यालको तिथि र मितिमा हुने गर्दछ । स्थानीय अन्य देवताहरु वडातडो देवतालाई मालिक देउले सम्बोधन गर्ने गर्दछन ।

श्री मोहन्यालका धामी

[सम्पादन | स्रोत सम्पादन]

कार्तिकेयपुरको राज्य विध्वंस हुनु भन्दा पहिले यी देवता राजामा अवतार हुने गर्दथे । कार्तिकेयपुर राज्यको विध्वंस भएपछिका दिनमा विविध समस्याहरु आउन थाले । रैती दुनियाबाट lE

“नाँत्तेका चेला रामहेद्दा,

रामहेद्देका चेला नात्ता”

(अर्थ ः राजा नाँच्ने रैती दुनिया रमिता हेर्ने) भन्ने कुरा हुन थालेपछि राजाले आफ्नो शौनक गोेत्र दिएर दरवारमै बस्ने, दरवारमै कार्तिकेयदेवताको भँडारमा दियोवत्ती बाल्ने भएका कारण दियाकोटी भनिएका बोहराहरुलाई मोहन्याल सौंप गरेको कारण बोहरा, ताडी, कठायत, धामी थरकाहरु वर्तमानमा श्री मोहन्यालका धामी र भँडारी छन । मोहन्यालको प्रमूख स्थानहरुमा पुजारी कौडिन्य गोत्रीय जोशी छन । मोहन्याल शाकाहारी ब्राह्मणबाट मात्र पुजिन्छन ।

कार्तिकेयपुर राजाका सन्ततिको पहिचान र मोहन्यालसँगको सम्बन्ध के ?

[सम्पादन | स्रोत सम्पादन]

 कार्तिकेयपुर राजवंश शौनक गोत्रीय, सूर्यवंशी रघुकुल तथा रघुवंशी राजकुलका सन्तति हुन ।

 कार्तिकेयपुर राजवंशका विवाहित माहारानीहरु मोहन्याल देवताको जाँत(जात्रा)मा मोहन्याल देवतासँग हाम्रो जेठी र बौरानीको जस्तो नाता पर्दछ भनेर छाउ मानेर जाँदैनन् ।

 मोहन्याल कुलदेवता भएका राजन्यको लागि मोहन्यालले सेतो गादी दिन्छन भने मोहन्यालको आफ्नो रातो गादी हुन्छ । राजन्यहरु राजन्यको रुपमा निश्चित स्थानमा गएर बस्ने गर्दछन र देवताबाट पाएको टीका र पूmलमाला ग्रहण गर्दछन ।

 मोहन्याल आफ्ना पुर्खाले पाएको बताउने । मोहन्यालको तिथिमा घरपरिवारका सबै उपवास बस्ने, मोहन्यालको नाममा गेडा हाल्ने गर्दछन ।

 देवता पुजिएको दिन पुरुषहरुले दुध,घ्यू,धुप,बत्ती,आलीम नेजा धाजा सहित देवता पुज्ने ठाउँमा जाने गर्दछन ।

 पुरुषहरु सकिन्छ भने जात्रामा वयाँल लैजाने, सकिदैन भने पुछ,पोखल सहित जात्रामा अनिवार्य सहभागी हुने गर्दछन् ।

  1. [स्रोत : स्व.धनी देवी वादी ,(पातर) वर्ष ६२ ठेगाना वैर्छैन गाउँ विकास समिति वार्ड नं ७ रिसेडी (यसाइप्रकारले पुर्खाको थर दास रया बताउने वोगटानी रजवारहरुलाई नाँच–गाँन,मंगल, चांचरी गाइबर मनोरन्जन दिन्या पात्तरअण लै वोगटानमी छन् । यिनले महोन्यालको मागल गाँउछन् भणे विवाहमी नाँचगान लगै अद्दाहान्।]
  2. प्रतिभा स्मारिका पृष्ट १२३ देखि १२८ सम्म , ( मोहन्याल देवता सम्बन्धी वास्तविकता) प्रथम अंक। २७७, प्रकाशक श्री प्रतिभा सामुदायिक पुस्तकालय, अत्तरिया, कैलाली, नेपाल