कमल बिरही थापा

विकिपिडिया बठेइ

कहिलेकाहीँ संचार माध्यमहरुले थुप्रै प्रतिभाहरु उजागर गरिरहदा केही प्रतिभाशाली व्यक्तिहरु सम्झिन छुटिरहेका हुन्छन। हुन त हरेक मानव जिवनमा उतारचढाव भइ नै रहन्छ तर केही यस्ता व्यक्ती नि छन जो अत्यन्तै संघर्षका वावजुद पनि नेपाली भाषा, साहित्य, कला र संस्कृतीको जगेर्नाको लागि निरन्तर लागिपरेका छन। घरदेश हुँदाको क्षण होस अथवा परदेश हुँदा माटोको माया हुनेले आफ्नो देशलाइ योगदान दिइरहेका हुन्छन् । यस्तै एकजना बहुप्रतिभाशाली व्यक्ती हुन - कमल बिरही थापा । बि.सं. २०४० माघ १५ गते सुदुरपश्चिमको कैलाली जिल्लाको अत्तरियामा पिता स्व. शन्त बहादुर थापा र माता लक्ष्मी देवि थापाको कोखबाट जन्मिएका उनि पुर्व शिक्षक, रेडियो कार्यक्रम सन्चालक, गीतकार, गायक, सङ्गीतकार, प्रशिक्षक पनि हुन । जिवनको उतारचढावमा अत्यन्तै पिडाहरुको अनुभव भोगेका उनी सात बर्षको उमेरमा आगोले जलेका थिए। आर्थिक अवस्थाले मध्यम वर्गीय उनको परिवारले जसोतसो बचाउन सफल भए । उनी भन्छन-"डाक्टरले हामी बचाउन सक्दैनौ बरु जे खान्छ दिनुस भनेको मेरो लागि मेरो डाक्टर मेरो बुवा आमा नै हुनुहुन्छ ।" आठ वर्षको उमेरदेखि स्कुलको कार्यक्रममार्फत गायन क्षेत्रमा प्रवेश गरेका उनी अहिले थुप्रै गीतका सर्जक हुन । 'यहि हो धर्म मानिसको' भन्ने वातावरण सम्बन्धी गीत उनको पहिलो रेकर्डिङ भएको गीत थियो भने एल्बम "हजारी टोक्कर" डेउडा गीतको संगालो थियो । सोही एल्बममा रहेको "जन्मथलो रोयाको छ" बोलको गीत अत्यन्तै चर्चामा रहेको गीत पनि हो। उक्त अहिले रिमेक भएर भिडियो सहित यूट्युबमा आइसकेको छ । उनको आफ्नै शब्द, सङ्गीत र स्वरमा "निलकमल फुल्यो" सालैजो गीत लोक गीत , "बाटोमा ढुङ्गा" आधुनिक गीत पनि अत्यन्तै राम्रा सिर्जनामा पर्दछन। त्यसैगरी उनको शब्द तथा लयमा रहेका "बुद्ध जन्मे कहाँ, सिमलडाडे दाइ, ढाक्यो धर्ती, कमल बिरही थापा डेउडा गीतहरु (Juke box) यूट्युबमा हेर्न सकिन्छ । उनी लोक तथा दोहोरी गीत, आधुनिक गीत, डेउडा गीत, कोरियन गीत, हिन्दी गीत, भियतनामि गीत हरेक प्रकारका गीत गाउन सक्ने भर्सटाइल गायक अन्तर्गत पर्दछन । हाल वैदेशिक रोजगारको शिलशिलामा दक्षिण कोरियामा कार्यरत उनि परदेशमा पनि काम सङ्गै गीत सङ्गीतको सिर्जनामा पनि लागिरहेका छन ।

साङ्गितिक यात्राको शिलशिलामा राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा रहदा दर्जनौ सम्मान पत्र, कदर पत्र, अभिनन्दन पत्र तथा प्रशङ्सा पत्र प्राप्त गरिसकेका उनी गेहेन्द्र ओराटरी अवार्ड २००८, साहित्यिक प्रतियोगितामा प्रथम स्थानहरू, उत्कृष्ट शिक्षक सम्मान आदिबाट सम्मानित भैसकेका छन । उनले हालसम्म ३३ पटक रक्तदान पनि गरिसकेका छन ।साहित्यिक यात्रामा पनि उनी बि.सं. २०५२ सालदेखी अनवरत लागिरहेका छन । सङ्गीतलाइ अत्यन्तै माया गर्ने उनी भन्छन गीत आज भाइरल भएर भोलि हराउने होइन कि सबैको मन मस्तिष्कमा सदैव गुन्जिरहने बन्नुपर्छ । यस्तो गीत सङ्गीतले नै नेपाली गीतसङ्गीतको धरोहर बलियो बनाउछ । सामाजिक सेवामा पनि अत्यन्तै क्रियाशिल उनी हरेक प्रकारका शब्द र लय बनाउन खप्पिस छन। उनी भन्छन-"जिवनको थुप्रै चुनौतीपूर्ण अवस्थाले मेरो गन्तव्यमा ढिलो हुन सक्छ तर गन्तव्यमा म अवश्री पुग्नेछु।" आफ्नो साङ्गितिक यात्रामा सवा दुई दशक पार गरिसकेका उनी केही समयमै अन्य थुप्रै गीतहरुको रेकर्डिङ तथा केही पुस्तक प्रकाशनको तयारीमा छन।संख्यात्मक भन्दा गुणस्तरलाई आफ्नो सिर्जनामा बढी जोड दिने उनी आफुलाइ पुर्ण रुपमा चित्त नबुझ्दासम्म लागिरहन्छन । कमल बिरही थापाका साङ्गितिक यात्रा अझै अगाडि बढोस भन्ने शुभकामना व्यक्त गर्दछु ।