अपिनाम्पा संरक्षण क्षेत्र

विकिपिडिया बठेइ
अपिनाम्पा संरक्षण क्षेत्र
IUCN श्रेणी VI प्राकृतिक स्रोतहरूको दिगो प्रयोग सहितको संरक्षण क्षेत्र
(अपिनाम्पा)
रहेको स्थान :
नजिकको सहर : दार्चुला
क्षेत्रफल : १९०३ कि.मि.
स्थापना : २०६७/३/२८ (सन् २०१०)
परिचालक निकाय : राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्ष विभाग

अपि नाम्पा संरक्षण क्षेत्र नेपालको सुदुरपश्चिम विकास क्षेत्रको दार्चुला जिल्ला मा अवस्थित संरक्षण क्षेत्र हो । २०६७ साल असार २८ गते दार्चुला जिल्लाका उत्तरी भेगका २१ गाविस समेटेर यस क्षेत्रको घोषणा गरियाको हो ।अपि क्षेत्रमा हिउ चितुवा, रेड पाण्डा, मृग, रतुवा, घोरल, नाउर, झरल, कालो भालु, दुम्सी, थार लगायत बन्य जन्तु पनि पाउने गर्दछन् । यस क्षेत्रमा डाँफे मुनाल, चिर, चिल, भ्याकुर, च्याखुरा लगायत दुई सय भन्दा बढी प्रजातीका चरा पाइने गर्दछन् । जैविक विविधताले भरिपुर्ण यस संरक्षण क्षेत्र भित्र ७१३२ मिटर उचाई रहेको अपि हिमाल तथा ६७५५ मिटर अग्लो नाम्पा हिमाल पनि पर्दछ। यसका साथै रिङरेपानी, कापाकोर, काली ढुंगा, बबई लगायतका चुलीहरु रहेका छन् ।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]

यिनलै हेर[सम्पादनस्रोत सम्पादन]