... विदेशसँग नेपालको पहिलो दौत्य (कूटनीतिक) सम्बन्ध सन् १९३४मा बेलायत सँग भएको थियो । त्यसपछि १९४७ अप्रिलमा अमेरिका र जुनमा भारत सँग सम्बन्ध कायम भयो । त्यसपछि सन् १९४९ मा फ्रान्स र सन् १९५५ मा चीन सँग सम्बन्ध स्थापित भएको थियो ।
... भेनेजुयलामा असंलग्न राष्ट्रको १७ सम्मेलन सन् २०१५ मा आयोजना हुँदैछ ।
डोटेली विकिपिडियाले आफ्नो यात्राको एक वर्ष पुरा गरेको सुअवसरमा डोटेली विकिपिडियाको वार्षिकोत्सव मनाउने कार्यक्रम सञ्चालन हुन गइरहेको छ। यसका साथै यस कार्यक्रममा डोटेली, नेपाली, मैथिली, नेवारी लयागत अन्य विकिपिडियाका योगदानकर्ताहरू, भाषासँग सम्बन्धित विज्ञहरू, पत्रकारहरू, विद्यार्थीहरू तथा ओपन सोर्स समुदायमा आवद्ध व्यक्तिहरूको सहभागितामा अन्तरक्रिया कार्यक्रम पनि राखिएको हुँदा तल उल्लिखित स्थान, मिति र समयमा यहाँको गरिमामय उपस्थितिको लागि हार्दिक निमन्त्रणा छ।
मिति: २०७५ साल बैसाख ११ गते (अप्रिल २४, २०१८)
स्थान: सिद्धार्थ कटेज, तीनकुने, काठमाडौँ
समय: दिउँसो ३ बजे देखि ६:३० बजे सम्म
--
नेपाली विकिमिडियन्स
कार्यक्रम सञ्चालकहरू तथा समस्त डोटेली विकिपिडिया परिवार