विकिपिडिया वार्ता:सामुदायिक पोर्टल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया बठेइ

नेपालको राष्ट्रिय निकुन्जहरुको बारेमा जानकारी लिनुहोस्

पर्यावरणीय सन्तुलन, वन्यजीव जन्तु पशुपंछीहरू कीटपतंग, दुर्लभ रूख विरुवाहरूको संरक्षण र संवर्द्धन गरी जैविक विविधताको उपयुक्तस्तर कायम गर्ने उद्देश्यले देशका विभिन्न भौगोलिक क्षेत्रहरूमा निकुञ्ज, आरक्ष संरक्षण क्षेत्रहरूको स्थापना गरिन्छ हाल नेपालमा ११ वटा राष्ट्रिय निकुञ्ज, २ वटा वन्यजन्तु आरक्ष, ६ वटा संरक्षण क्षेत्र, १ वटा शिकार आरक्ष र १३ वटा मध्यवर्ती क्षेत्र रहेका छन भने यी क्षेत्रहरूले ओगटेको क्षेत्रफल यसप्रकार रहेको छ :

११ वटा निकुञ्जले ओगटेको क्षेत्रफल - ११,१७८.६३ वर्ग कि.मि.

२ वटा आरक्षले ओगटेको क्षेत्रफल - ८०२.३९ वर्ग कि.मि.

६ वटा संरक्षण क्षेत्रले ओगटेको क्षेत्रफल - १५,४२५.९५ वर्ग कि.मि.

१२ वटा मध्यवर्ती क्षेत्रले ओगटेको क्षेत्रफल - ५,६८७.७८ वर्ग कि.मि.

१ वटा शिकार आरक्ष - १३२५.०० वर्ग कि.मि.

जम्मा ३४४१९.७५ (२३.३९ प्रतिशत)

नेपालका राष्ट्रिय निकुञ्जहरू १. चितवन राष्ट्रिय निकुञ्ज 👉 सन् १९७३ (वि.सं. २०३०) मा स्थापित नेपालको पहिलो राष्ट्रिय निकुञ्ज हो ।

👉चितवन, मकवानपुर, नवलपरासी र पर्सा जिल्लाको रहेको यस निकुञ्जको क्षेत्रफल पहिले ९३२ वर्ग कि.मि. भएकोमा वि.सं. २०७३ मा २०.६३ वर्ग कि.मि. थप गरी ९५२.६३वर्ग कि.मि. पुऱ्याइएको छ ।

👉बाघ र गैंडाका लागि प्रसिद्ध यो निकुञ्जलाई सन् १९८४ मा युनेस्कोद्वारा विश्व सम्पदा सूचीमा समावेश गरिएको छ ।

👉यो निकुञ्जभित्र कसरामा गोही प्रजनन केन्द्र, हात्ती प्रजनन केन्द्र सञ्चालित छन् ।

👉सौराहालाई यो निकुञ्जको प्रवेशद्वार मानिन्छ ।

👉यस निकुञ्जभित्र वाल्मीकि आश्रम,विक्रमबाबा आश्रम रहेका छन् भने बीस हजारी ताल पनि पर्दछ ।

२.शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्ज 👉कर्णाली अञ्चलको प्रख्यात शे-गुम्बा र फोक्सुण्डो ताल दुवैलाई समेटेर सन् १९८४ (वि.सं. २०४०) मा स्थापना भएको नेपालको सबैभन्दा ठूलो यो निकुञ्ज डोल्पा र मुगु जिल्लाको ३५५५ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको छ । २००० मिटरदेखि ७१३९ -मिटरको उचाइसम्म फैलिएको यो निकुञ्जको स्थापनाले हिम चितुवा, तिब्बती खरायो, चिरु बाघ, तिब्बती गधा, कस्तुरी, मृग, नाउर आदि पशु, अनेकौं पंक्षीहरू, दुर्लभ हिमाली वनस्पति तथा जडीबुटीहरूको संरक्षण हुन गई पर्यावरणीय सन्तुलनमा अनुकूल योगदान पुगेको र यसबाट पर्यटन उद्योगको विकासमा समेत सघाउ पुगेको छ ।

३.लामटाङ राष्ट्रिय निकुञ्ज 👉सन् १९७६ (वि.सं. २०३२) मा वागमती अञ्चलका रसुवा, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाका केही भाग मिलाई १७१० वर्ग कि.मि. क्षेत्रफलमा स्थापना भएको ।

👉७२० मिटरदेखि ७८६४ मिटरसम्म फैलिएको यो निकुञ्जमा लाङटाङ हिमनदीका साथै अन्य हिमनदीहरू रहेका छन् ।

👉रेडपाण्डा (हिमाली हाब्रे) का लागि प्रसिद्ध यो निकुञ्जमा यार्सागुम्बा, पाँचऔले, लाङटाङ सल्ला जस्ता जडीबुटी पाइन्छन् ।

👉यो निकुञ्ज हिमाली क्षेत्रमा स्थापित पहिलो र नेपालको दोस्रो ठूलो निकुञ्ज हो ।

👉चितवन राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्जपछि पर्यटकहरूका लागि तेस्रो आकर्षक गन्तब्य मानिन्छ ।

👉बोन पो गुम्बा र सिमसार सूचीमा समावेश गोसाइकुण्ड यसै राष्ट्रिय निकुञ्जमा पर्दछन् ।

४.सगरमाथा राष्ट्रिय निकुञ्ज 👉सन् १९७६ (वि.सं. २०३२) मा सगरमाथा अञ्चलको उत्तरी भाग सोलुखुम्बु जिल्लामा स्थापित । 👉११४८ वर्ग कि.मि. क्षेत्रफलमा २८४५ मिटरदेखि ८८४८ मिटरको उचाइसम्म फैलिएको यो निकुञ्जले विश्वको सर्वोच्च शिखर सगरमाथा लगायत ६ हजार मिटरभन्दा अग्ला हिमशिखरहरू समेटेको छ । 👉यो निकुञ्ज भौगोलिक प्राकृतिक तथा सांस्कृतिक दृष्टिले समेत निकै महत्त्वपूर्ण भएकोले यसलाई युनेस्कोले सन् १९७९ मा विश्व सम्पदा सूचीमा समावेश गरेको छ । 👉चितवन राष्ट्रिय निकुञ्जपछि सबैभन्दा बढी पर्यटकीय प्रवाह हुने निकुञ्ज यही नै हो । 👉यस राष्ट्रिय निकुञ्ज भित्र गोक्यो, खुम्बु, छुकुम, नाङ्पा गरी मुख्य ४ वटा उपत्यकाहरू रहेका छन् । 👉गोक्यो ताललाई विश्वसम्पदा सूचीमा समावेश गरिएको छ । 👉तेङ्वोचे, पाङ्वोचे तथा थामे गुम्बा पनि यसै नुिकञ्जभित्र पर्दछन् । 👉यो विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको निकुञ्ज हो ।

५.रारा राष्ट्रिय निकुञ्ज 👉कर्णाली अञ्चलका मुगु र जुम्लामा यो निकुञ्ज १०६ वर्ग कि.मि. क्षेत्रफलमा २८०० मिटरदेखि ६७३१ मिटरसम्मको उचाइमा फैलिएको छ । 👉नेपालको सबैभन्दा ठूलो ताल रारा ताल यही राष्ट्रिय निकुञ्जमा रहेको छ । 👉सन् १९७६ (वि.सं. २०३२) मा स्थापित यो नेपालको सबैभन्दा सानो राष्ट्रिय निकुञ्ज मानिन्छ । 👉नेपालका ७ मध्ये ३ प्रजातिका रैथाने सहर माछा यसै राष्ट्रिय निकुञ्जमा पाइन्छन् । ६.खप्तड राष्ट्रिय निकुञ्ज 👉सन् १९८४ (वि.सं. २०४०) मा स्थापित । 👉बझाङ बाजुरा, डोटी,अछाम जिल्लामा २२५ वर्ग कि.मि. मा २८०० मिटरदेखि ३३०० मिटरसम्मको उचाइमा फैलिएको । 👉यो निकुञ्ज क्षेत्रभित्र खप्तड स्वामीको आश्रम, त्रिवेणी, सहस्रलिङ जस्ता धार्मिक स्थलहरू रहेका छन् । ७.बर्दिया राष्ट्रिय निकुञ्ज 👉भेरी अञ्चलको बर्दिया जिल्लामा वि.सं. २०३२ मा कर्णाली वन्यजन्तु आरक्षको रूपमा स्थापित । 👉सन् १९८८ (वि.सं. २०४५ मंसिर २०) मा यो आरक्ष राष्ट्रिय निकुञ्जमा परिणत भएको । 👉९६८ वर्ग कि.मि. क्षेत्रफलमा फैलिएको यो निकुञ्ज नेपालको तराईतर्फको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज हो । 👉१५२ मिटरदेखि १४४१ मिटरसम्मको उचाइसम्म फैलिएको छ । 👉यहाँ ५६ प्रजातिका वन्यजन्तु र ४३८ प्रजातिका पंछीहरू पाइन्छन् । 👉बाह्रसिंघा, मृग,पाटेबाघ र जंगली हात्तीका लागि यो निकुञ्ज प्रख्यात छ । ८.मकालु बरुण राष्ट्रिय निकुञ्ज 👉सन् १९९१ (वि.सं. २०४९) मा स्थापित । 👉संखुवासभा र सोलुखुम्बु जिल्लामा १५०० वर्ग कि.मि. क्षेत्रफलमा ४३५ मिटरदेखि ८४६३ मिटर उचाइमा अवस्थित छ । 👉यहाँका गुफा कन्दराहरूलाई स्थानीय भाषामा 'खोप्पालुङ' भनिन्छ । 👉विश्वकै सबैभन्दा गहिरो (८३९१ मिटर गहिरो ) अरुण उपत्यका यही निकुञ्जमा पर्दछ । 👉विश्वको ५ औं सर्वोच्च शिखर ८४६३ मिटर अग्लो मकालु (संखुवासभा जिल्ला) पनि यसै निकुञ्जभित्र पर्दछ । 👉अन्यत्र नपाइने २ वटा फिस्टे चराहरू छिकेमिर्के रेन वार्बलर र ओलिभ ग्राउण्ड वार्वलर पाइन्छन् । 👉यो निकुञ्जभित्र १२ वटा गाउँहरू रहेका छन् । ९.शिवपुरी - नागार्जुन राष्ट्रिय निकुञ्ज 👉काठमाडौँ, नुवाकोट र सिन्धुपाल्चोक जिल्लाको १५९ वर्ग कि.मि. क्षेत्रफलमा । काठमाडौँ सहरको रत्नपार्क केन्द्रबाट १२ कि.मि. को दूरीमा उत्तरतर्फ अवस्थित राजधानीबाट सबैभन्दा नजिकको निकुञ्ज । 👉सन् १९७२ मा आरक्षका रूपमा स्थापना भई सन् २००२ (२०५८) मा निकुञ्जमा परिणत ।👉समुद्री सतहको १३६६ मिटरदेखि २७३२ मिटरको उचाइसम्म फैलिएको । 👉वि.सं. २०६५ पौष २३ मा नागार्जुन जङ्गल (१५ वर्ग कि.मि.) लाई गाभिएको । बाग्द्वार, जामाचो, विष्णाप (सपनतीर्थ, विष्णुमती नदीको मुहान), नागी गुम्बा, सुन्दरीजल यस क्षेत्रभित्र पर्दछन् । १०.बाँके राष्ट्रिय निकुञ्ज 👉भेरी अञ्चलको बाँके जिल्लामा वि.सं. २०६७ / ३ / २८ मा स्थापित । 👉५५० व.कि.मि. क्षेत्रफलमा फैलिएको । 👉बाघका लागि उपयुक्त वासस्थान रहेको यो निकुञ्ज जैविक विविधताका दृष्टिले ८ वटा इकोसिस्टम, १२४ वनस्पतिका प्रजाति, ३२ स्तनधारी प्रजाति, २२ प्रकारका घस्रिने प्राणीहरू, ३०० भन्दा बढी प्रकारका चरा, ५८ प्रजातिका माछा र ५० प्रजातिका अन्तर्राष्ट्रियस्तरमा रेकर्ड गरिएका दुलर्भ चराहरू रहेका छन् । ११.शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज 👉महाकाली अञ्चलको कञ्चनपुर जिल्लामा वि.सं. २०३१ मा वन्यजन्तु आरक्षका रुपमा स्थापित यसलाई नेपाल सरकारले वि.सं. २०७३ मा राष्ट्रिय निकुञ्जमा परिणत गरेको हो । 👉३०५ वर्ग कि.मि. क्षेत्रफलमा ९० मिटरदेखि २७० मिटरको उचाइसम्म फैलिएको । 👉ऐतिहासिक विशाल 'रानी' ताल रहेको । 👉सन् २०१३ मा भएको बाह्रसिंहा गणनामा यस आरक्षमा २१ सय भन्दाबढी बाह्रसिंहा पाइएका थिए । 👉यहाँ Yellow. Weaver नामको अति दुर्लभ चरा नेपालमा नै पहिलो पटक पाइएको । 👉यस आरक्षमा ३७५ भन्दा बढी चराका प्रजातिहरू पाइन्छन् । 👉शुक्लाफाँटा घाँसे मैदान (५४ व.कि.मि.) नेपालको सबैभन्दा ठूलो घाँसे मैदान हो। (बाह्रसिंघाको प्रमुख वासस्थल)