"भोपाल" को बिचमी भिन्नता

विकिपिडिया बठेइ
Content deleted Content added
ना Removing from Category:!Main category using Cat-a-lot
 
पंक्ति ५: पंक्ति ५:
==सन्दर्भ ==
==सन्दर्भ ==
{{reflist}}
{{reflist}}
[[Category:भारतका सहरहरू]]
[[श्रेणी:भारतका सहरअन]]

१२:३१, ३० मार्च २०२०को रुपमी अहिलको पुनरावलोकनहरू

भोपाल भारत देशको मध्य प्रदेश राज्यको राजधानी हो रे भोपाल जिल्लाको प्रशासनिक मुख्यालय पनि हो। भोपाललाई तालहरूको नगर पनि भनिन्छ किनभनें यहाँ धेरै ठूला-साना तालहरू छन्। यो सहरको नाम प्रमुखताका साथ तबदेखि लिन थालियो जब १९८४मा अमरीकी कंपनी यूनियन कार्बाइड बाट मिथाएल् आइसो साइनेट ग्यास चुहियो र हजारौं मानिसहरू मारिए। भोपाल ग्यास काण्डको कुप्रभाव आजसम्म वायु प्रदूषण, भूमि प्रदूषण, जल प्रदूषणका अतिरिक्त जैविक अपाङ्गता आदिको प्रभाव आज पनि उत्तिकै छ। यसको कारणले भोपाल सहर आंदोलनको केंद्र बनेकोछ।

भोपालमा भारत हेवी इलेक्ट्रिकल्स लिमिटेड (भेल)को एउटा कारखाना छ। हालैमा भारतीय अंतरिक्ष अनुसंधान केंद्रले आफ्नो दोस्रो 'मास्टर कंट्रोल फैसिलटी' स्थापित गरेकोछ। भोपालमा भारतीय वन प्रबंधन संस्थान पनि छ जो भारतको वन प्रबंधनको एकमात्र संस्थान हो। साथै भोपाल ती छः नगरहरू मध्येको एक हो जहाँ भारतीय आयुर्विज्ञान संस्थान खोल्ने निर्णय गरिएकोछ। यसका अतिरिक्त यहाँ एक विश्वविद्यालय, अनेक इंजीनियरिंग महाविद्यालय तथा अनेक पब्लिक स्कूलहरू छन्।

सन्दर्भ[सम्पादनस्रोत सम्पादन]