देहरादून

विकिपिडिया बठेइ

देहरादून, देहरादून जिल्ला को सदर मुकाम हो जो भारत को राजधानी दिल्ली बाट २३० किलोमीटर टाढा दून घाटीमा बसेको छ। ९ नवंबर, २००० को उत्तर प्रदेश राज्यलाई विभाजित गरेर जब उत्तराखण्ड राज्यको गठन गरिएको थियो, त्यस समय यसलाई उत्तराखण्ड (तब उत्तरांचल) को अंतरिम राजधानी बनाया गया। देहरादून नगर पर्यटन, शिक्षा, स्थापत्य, संस्कृति र प्राकृतिक सौंदर्य को लागी प्रसिद्ध छ। यसको विस्तृत पौराणिक इतिहास छ।


स्थापना[सम्पादनस्रोत सम्पादन]

देहरादूनको स्थापना १६९९ मा भएको थियो । भनिन्छ सिखहरूका गुरु रामराय किरतपुर पंजाबबाट आएर यहाँ बसेका थिए । मुगल सम्राट औरंगजेबले उनलाई केही गाउँ टिहरी नरेशबाट दानमा दिलाई दिएका थिए । यहाँ उनले १६९९ ई. मा मुगल मकबराहरूसँग मिल्दो-जुल्दो मन्दिर पनि बनाउन लगाए जो आजसम्म प्रसिद्ध छ । शायद गुरुको डेरा यस उपत्यकामा भएका कारणले नै यस स्थानको नाम देहरादून भएको हुनसक्छ । यसका अतिरिक्त एक अत्यन्त प्राचीन किंवदन्तीको अनुसार देहरादूनको नाम पहिले द्रोणनगर भनिन्थ्यो । पाण्डव र कौरवहरूको गुरु द्रोणाचार्यले यस स्थानमा आफ्नो तपोभूमि बनाएका थिए र उनैको नाममा यस नगरको नामकरण भएको थियो । एक अन्य किंवदन्तीका अनुसार द्रोणपत्रको औषधी हनुमानजीले लक्ष्मणलाई शक्तिबाण लाग्दा लंकामा लिएर गएका थिए, त्यो देहरादूनमा थियो, तर वाल्मीकि रामायणमा यस पर्वतलाई महोदय भनिएको छ ।

जलवायु[सम्पादनस्रोत सम्पादन]

देहरादूनको जलवायु समशीतोष्ण छ। यहांको तापमान १६ देखी ३६ डिग्री सेल्सियसको बीच रहन्छ जहां शीतको तापमान २ से २४ डिग्री सेल्सियस को बीच रहन्छ। देहरादूनमा औसत २०७३.३ मिलिमीटर वर्षा हुदछ। अधिकांश वर्षा जून र सितंबरको बीच हुदछ। अगस्तमा सबभन्दा धेरै वर्षा हुदछ।


सन्दर्भ[सम्पादनस्रोत सम्पादन]