सामग्रीमा जानुहोस्

सरस्वती चौधरी

विकिपिडिया बठेइ
सरस्वती चौधरी
Personal information
Birth nameसरस्वती
Full nameसरस्वती चौधरी
Nationalityनेपाली
Bornधनगढी,  नेपाल
Residenceनेपाल
Height६ फिट १ ईन्च
Sport
Country नेपाल
Sportभलिबल
College teamपश्चिमाञ्चल फिस्टेल स्कुल
Clubएपीएफ भलिबल क्लब
Teamनेपालनेपाली महिला राष्ट्रिय भलिबल टिम

सरस्वती चौधरी एक नेपाली महिला भलिबल खेलाडी हन्। उनी नेपाली महिला राष्ट्रिय भलिबल टिम तथा एपीएफ क्लबका खेलाडी हन्। भलिबलमा स्पाइकरका रूपमI खेल्ने गर्दछिन्। सरस्वती वर्तमान नेपाली भलिबल जगतकि एक सफल तथा उत्कृष्ट महिला भलिबल खेलाडी हन्।

प्रारम्भिक जीवन

[सम्पादनस्रोत सम्पादन]

एपिएफ नेपाली भलिबलको सर्वाधिक सफल टोली हो। पछिल्लो समय एपिएफ प्रायःसबै घरेलु प्रतियोगिताको फाइनलमा पुग्ने गरेको छ। एपिएफलाई बलियो टोली बनाउनमा ६ फिट उचाइकी सरस्वतीले मुख्य स्पाइकरको भूमिका निभाउँदै आएकी छन्।

सरस्वतीले पश्चिमाञ्चलको फिस्टेल स्कुलबाट व्यावसायिक भलिबल करिअर सुरु गरेकी हुन्। उनले नेपाली खेलकुदको प्रतिष्ठित पल्सर स्पोर्टस अवार्ड २०७० को लोकप्रिय खेलाडीको पुरस्कार जितेकी थिइन्। सरस्वतीलाई २०७० सालमा नेपाल भलिबल संघले वर्षको उत्कृष्ट खेलाडीबाट पुरस्कृत गरेको थियो। उनले सशस्त्र प्रहरीआइजिपी कप भलिबलमा उत्कृष्ट खेलाडी हुँदै स्कुटर र २०६९ सालमा ढोरपाटन डबल लिग भलिबलमा राइजिङ खेलाडी हुँदै स्कुटर पुरस्कार पाएकी थिइन्।

धनगढीकी सरस्वतीले २०७१ प्रथम दक्षिण एसियाली आमन्त्रण भलिबलबाट राष्ट्रिय टोलीमा डेब्यु गरेकी हुन्। जुन प्रतियोगितामा नेपालले श्रीलङ्कालाई हराउँदै रजत पदक जितेको थियो।

सरस्वती नेपाली भलिबलमा एपिएफ क्लबबाट घरेलु प्रतियोगितामा खेल्ने गर्छिन्।

महिला राष्ट्रिय भलिबल टोलीकी स्पाइकर सरस्वती चौधरी वैदेशिक प्रशिक्षणका लागि जापान गएकी थिइन्। सरस्वतीले जापानमा युनिभर्सिटी अफ टिसुकुबामा करिब एक महिना प्रशिक्षण लिएकि थिइन्। युनिभर्सिटीको छात्रवृत्तिमा उनले जापानमा प्रशिक्षण गर्ने अवसर पाएकी हुन्। विदेशी युनिभर्सिटीमा प्रशिक्षण गर्ने सरस्वती पहिलो नेपाली महिला भलिबल खेलाडी हुन्। पुरुषतर्फ राष्ट्रिय पुरुष टोलीका स्पाइकर दुर्जकुमार राईले जर्मनीमा प्रशिक्षण गर्दै व्यावसायिक भलिबल खेलेका थिए।[]

सरस्वतीले जापानको प्रशिक्षणले आफ्नो खेल स्तर बढ्ने विश्वास लिएकी थिइन्। उनले भनेकि थिइन्, ‘जापान भलिबलका लागि राम्रो देश हो। जापानमा प्रशिक्षण र खेल्न पाउनु मेरो लागि महत्वपुर्ण अवसर हो। प्राविधिक कुरामा बढीभन्दा बढी ध्यान दिनेछु।’

प्रशिक्षणका क्रममा सरस्वतीले युनिभर्सिटी टिमबाट समेत खेल्न सक्ने अपेक्षा गरेकी थिइन् तर त्यो सम्भव हुन सकेन। उनले भनिन्, ‘प्रशिक्षणका क्रममा प्रतियोगिता भए मैले खेल्ने सम्भावना छ तर त्यसको लागि मैले राम्रो प्रदर्शन देखाउनुपर्छ।’

  • सेन्ट्रोन जोन महिला भलिबल प्रतियोगिता
    • विजेता(१):२०१९

पुरस्कारहरू

[सम्पादनस्रोत सम्पादन]
  • एनभीए वर्ष पुरस्कार
  • उत्कृष्ट वर्ष खेलाडी
    • भलिबलबाट:२०७२
  • उत्कृष्ट स्पाइकर
    • चौथो टाइगर कप २०८० पोखरा[]


प्रतियोगितामा उत्कृष्ट पुरस्कारहरू

[सम्पादनस्रोत सम्पादन]
  • २०६९ सशस्त्र प्रहरीआइजिपी कप
  • २०६९ ढोरपाटन डबल लिग भलिबल

चित्र दीर्घा

[सम्पादनस्रोत सम्पादन]

सन्दर्भ सामाग्रीअन

[सम्पादनस्रोत सम्पादन]
  1. "सरस्वती चौधरी प्रशिक्षणका लागि जापान जाने". newstoday.com.np. Retrieved १४ बैशाख २०७३, मंगलवार १५:४१. Check date values in: |accessdate= (help)
  2. सरस्वती चौधरी र धनबहादुर भट्ट वर्षको उत्कृष्ट खेलाडी घोषित
  3. एपीएफ र हेल्प नेपाल च्याम्पियन

भाईरा सुत्रअन

[सम्पादनस्रोत सम्पादन]