लुपुड गाँउ

विकिपिडिया बठेइ
अन्वेषणमा जानुहाेस् खाेजमा जानुहाेस्

लुपुड गाउँ नेपाल को सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महाकाली अंचल अन्तर्गत बैतडी जिल्ला को शिवलिंग गाउँ विकास समिति को वडा नम्बर १ हो । जहाँ को अवस्था प्राकृतिक, संस्कृतिक, धार्मिक तथा अन्य दृष्टिले महत्वपूर्ण छ । वडा नम्बर १ बठे ३ सम्म फैलिया यो क्षेत्र लाइ समग्रमा लुपुड भनिन्छ । यो गाउ एकदमै रमणीय ठाउमा रहेको छ,जहाँ माथि तिर बाक्लो बस्ति छ, तल तिर बैतडी जिल्ला कै दोश्रो ठुलो खेति योग्य जमिन रहेको छ जसलाई लुपुडसेरो भनेर चिनिन्छ ।यहाँ ठुलो मात्रामा धान तथा गहुको उत्पादन हुन्छ । यो लुपुड सेरो को मुनि एक नदी छ जहाँ बाट गाउमा सितल हावा आउने गर्छ र गाउका मान्छेहरु माछा मार्न जान्छन र पौडी खेल्छन । यो अति नै सुन्दर बस्तीमा ब्राह्मण, क्षेत्री, कामी, लुहार, दमाई बस्ने गर्दछन । ति मध्ये क्षेत्रीहरुमा बोहरा र ब्राह्मण मा अवस्थी हरु बस्ने गर्छन ।यो गाउका युवाहरु दैनिकीको बारेमा भन्नुपर्दा धेरै जसो अध्ययन तिर ब्यस्त हुन्छन, र आफ्नो ब्यबशाय तिर लागि रहन्छन । शैक्षिक अवस्थाको बारेमा कुरा गर्दा यो गाउ भौत अगाडी छ।