सामग्रीमा जानुहोस्

राष्ट्रिय महिला आयोग (नेपाल)

विकिपिडिया बठेइ

राष्ट्रिय महिला आयोग नेपालका महिलाका क्षेत्रमी काम अद्दा आयोग हो। ये आयोगले महिला हिंसा, मानव अधिकार लगायतका क्षेत्रमा उजूरी लिने तथा कार्य सम्पादन अद्दा अरन्छ।

देशको आधा है बढता जनसङ्ख्या रयाः महिलाअनलाई देश विकासका मूलप्रवाहमी सक्रिय बनाउने उदेश्यले तत्कालिन श्री ५को सरकारले ९२ औँ अन्तर्राष्ट्रिय नारी दिवसको अवशरमी वि. सं. २०५८ साल फागुन २३ गते[] डा. दुर्गा पोखरेलको अध्यक्षतामी राष्ट्रिय महिला आयोगको गठन भयाः थ्योः।

नेपालको संविधान २०७२, भाग २७ अन्य आयोग, धारा २५२–२५४ आनसार राष्ट्रिय महिला आयोग संवैधानिक आयोगको रूपमा स्थापित भयाः हो। सुरुमी राष्ट्रिय महिला आयोगको स्थापना २०५८ साल फागुण २३ गते तत्कालीन सरकारको कार्यकारिणी आदेशवाट गठित भयाः हो। राष्ट्रिय महिला आयोग ऐन २०६३, र राष्ट्रिय महिला आयोग नियमावलि २०६५ कार्यान्वयन भए पछा येले कानुनी आयोगको हैसियत प्राप्त गर्या थ्योः।[]

आयोगको काम, कर्तव्य रे अधिकार

[सम्पादन | स्रोत सम्पादन]

क) महिलाको हक हितसँग सरोकार राख्ने नीति तथा कार्यक्रमको तर्जुमा गरी कार्यान्वयनका लागि नेपाल सरकार समक्ष पेश अद्दा,

ख) महिलाको हक हितसँग सम्बन्धित कानुन वा नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौता अन्तर्गतको दायित्व कार्यान्वयन भए वा नभएको विषयमा अनुगमन गरी त्यसको प्रभावकारी पालन वा कार्यान्वयनको उपाय सहित नेपाल सरकारलाई सुझाव दिने,

ग) महिलालाई राष्ट्रिय विकासको मूल प्रवाहमा समाहित गर्न तथा राज्यका सबै निकायमा समानुपातिक सहभागिता सुनिश्चित गर्न मौजूदा नीति तथा कार्यक्रमको समीक्षा, अनुगमन तथा मूल्याङ्कन गर्ने र त्यसको प्रभावकारी कार्यान्वयनका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,

घ) लैङ्गिक समानता, महिला सशक्तिकरण तथा महिलासँग सम्बन्धित कानुनी व्यवस्थाको अध्ययन, अनुसन्धान गरी त्यस्ता कानुनमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई सिफारिस गर्ने र सोको अनुगमन गर्ने,

ङ) महिला अधिकारसँग सम्बन्धित नेपाल पक्ष भएको अन्तर्राष्ट्रिय सन्धि वा सम्झौतामा भएको व्यवस्था बमोजिम नेपालले पठाउनु पर्ने प्रतिवेदन तयारीका सम्बन्धमा नेपाल सरकारलाई सुझाव दिने,

च) महिला हिंसा वा सामाजिक कुरीतिबाट पीडित भएको वा महिला अधिकार प्रयोग गर्न नदिएको वा वञ्चित गरेको विषयमा कुनै व्यक्ति वा संस्था विरुद्ध मुद्दा दायर गर्नुपर्ने आवश्यकता देखिएमा कानुन बमोजिम अदालतमा मुद्दा दायर गर्न सम्बन्धित निकाय समक्ष सिफारिस गर्ने।

२) राष्ट्रिय महिला आयोगले आफ्नो काम, कर्तव्य र अधिकार मध्ये कुनै काम, कर्तव्य र अधिकार आयोगको अध्यक्ष, कुनै सदस्य वा नेपाल सरकारको कुनै कर्मचारीलाई तोकिएको शर्तको अधीनमा रही प्रयोग तथा पालन गर्ने गरी प्रत्यायोजन गर्न सक्नेछ।

३) राष्ट्रिय महिला आयोगको अन्य काम, कर्तव्य, अधिकार तथा तत्सम्बन्धी अन्य व्यवस्था सङ्घीय कानुन बमोजिम हुनेछ।[] हाल श्री कमला पराजुली राष्ट्रिय महिला आयोग अध्यक्ष छन्।


सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]
  1. "प्रायः सोधिने प्रश्नहरू". Archived from the original on 2018-03-12. Retrieved 2025-08-21.
  2. "नेपालको संविधान २०७२" (PDF).
  3. "नेपालको संविधान २०७२" (PDF).