युवा अवस्था रे ध्यान
मानव जीवन विभिन्न चरण पार अद्दै अन्त्य हुन्छ । बच्चा, बालक युवा, रे बृद्घ गरी प्रमुख चार प्रकारका चरणहरु मानव जीवनले पार अद्दु पडन्छ । यी चार चरणहरु मध्यको एक चरण युवा अवस्था हो । जो मानिसहरुका लागि भौत–भौत महत्वपूर्ण रे सम्वेदनशील पनि छ । किलाइकीे– त्यो अवस्था पार गर्दा खेरी विभिन्न किसिमका गुण–दोषहरुको समूह प्रवल भएको माणिन्छ । अथवा मानव मनमा अत्यधिक तनाव उत्पन्नहुने इसै समयमी हो । मानवको जन्म पाउँन भौतै कठिन छ । जन्म लिइसके पछा त्यै लाई निकेरी सदुपयोग रे संचालन अन्नु पनि उत्तिकोइ कठिन छ । जीवनको सुरुवाती अवस्था जति सजि हुन्छ , तिसोइ अरिबर युवा अवस्था कालो रे कठिन हुने गर्दछ । किलाइ भणे यै अवस्थामी मानवका हरेक विचार, चाहना रे अनुभुतिहरु माथि कालो छापको प्रवाह पडि रहेको हुन्छ । यो अवस्था नै तिसो अवस्था हो जै भितर मानसिक तनावरुपि काला बादलहरु आईबर मडारीने अद्दाछन् रे ऊ चिफल्ले सम्भावना भया हुन्छ । इन् कुरा बाटाइहै बाँचन ठुलो चुनौती पार अद्दु पड्डे हुन्छ । तथापि कालो छापले प्रभाव पड्यो भन्णैमा उइको अस्तित्व भणे मेटिनैन । अस्तित्व अवस्थालाई यथावत् राखनको लागि सदाइका जसेरी संघर्षशील हुनु पडन्छ । त्यसैले युवा अवस्था संघर्षमय अवस्था हो । जहाँ जतिसुक्कै कालाछाप रे काला बादलहरु भएपनि तिनि माथि विजय पाउँन सकिन्छ । मानव बालकका रुपमा जन्मन्छ, हुर्कन्छ रे युवा अवस्था पार अरीबर बृद्घा अवस्थामा पुगन्छ । तर यी चरणहरुमी युवा अवस्था नै तिसो अवस्थाहो जहाँ जोस–होस ,जाँगर रे शक्तिको प्रवाह अधिकतम् रुपमी हुने अरन्छ ।
इसा प्रकारको यो जोसिलो अवस्थाले जीवनमा या त सिर्जनशीलताको प्रवेश अराउँछ , या त घनघोर पतन रे नैराश्य संक्रमणको । तबै युवा अवस्थालाई सफल बनाउन तथा चिरस्थायी समाधानात्मक मार्ग तर्फ डोर्याउनका लागि अहिलेको अवस्थामा ध्यान को भौत–भौत खाँचो पडन्छ । (ध्यान) भण्णे वित्तिकै उपासना वा कर्मकाण्ड तर्फ कुरो मोड्ने अरिन्छ । साथै अन्दाज पूर्ण भाषामी यैलाइ सामान्य रुपमा लौ लिने गरिन्छ । तर वास्तवमै भण्णु पड्डा ध्यान भणेको अहिलेको अवस्थामी मानव जीवनलाइ आमूल परिवर्तन अद्दे एक रहस्यमय पाटो हो । ध्यान भणेको असल जीवन जिउन सिकाउने एक उत्कृष्ट अध्यात्मिक शिक्षा पनि हो । जैलाइ संसारका सबै धर्म ,सम्प्रदाय ,संस्कृति रे वैज्ञानिकहरुले पनि एकमतले स्वीकार अरिसकेका छन् । यैको निरन्तर अभ्यासले जीवनलाइ तनाव मुक्त, रोग मुक्त, वा दुःख मुक्त बनाउँन सकिन्छ, रे यैले जीवनमी स्थिरता लगैै प्रदान अरन्छ । नानाछन्ज्या मानिसकोे मन धैरै एकाग्र हुन्छ । किलाइभणे त्यै बेलामी उइका इच्छाहरु भौत कम हुनाहान रे पारिवारिक जिम्मेवारीको मानसिक बोझ पनि उइ माथि हँुनैन । मानव मन आफ्नो पूर्ण प्राकृतिक स्वरुपमा निमग्न रया हुन्छ । त्यैबेला मनमा सकारात्मक विचारहरु मात्रै आउँनाछन् । जस्तै ः म त्यो काम अवश्य पूरा अद्द सक्ने छु , मेरो जीवन सुनौलो छ , म जिन्दगीमा आँटेको काम अवश्य पूरा गर्न सकने छु , जीवन भनेको सुखको सागर हो, इत्यादी । विस्तारै–विस्तारै जव उइको उमेर बढ्ढैै जान्छ, अथवा ऊ ठुलो हुनै जान्छ, उइका इच्छा रे चाहनाहरु पनि बढ्दै जानाहान् रे थप जिम्मेवारीको बोझ पनि उइमाथि थपिदै जाना छन् । तब उइको मनमा तनाव सिर्जना हुँनै जान्छ । तनावको सिर्जनाले मन चञ्चल,विकृत, रे वेचैन हुँनै जान्छ । मन बेचैन भयो भणे उइको मानसिक शरीर पनि कमजोर हुँनै जान्छ । अथवा उ मानसिक रुपमी थकिसकेको हुन्छ वा हारिसकेको हुन्छ । अनि उइको मनमाइ विस्तारै–विस्तारै नकारात्मक विचारहरु आउने अद्दाछन् । जस्तै ः जिन्दगी भनेको सजाय हो, म यो जीवनमी सफलता प्राप्त गर्न सक्दैन, मैलै बाँचेर के गर्नु ,म त्यो काम पुरागर्न सक्दैन, संसार भनेको दुःखको सागर हो आदी । पछि गइबर यैले डिप्रेसन वा (चिड–चिड गरिरहने अर्ध पागल जस्तो रोग) रे अल्जाइमर (भयानक भुल्नेरोग)को स्वरुप लिन्छ । मनोवैज्ञानिकहरुले युवा आत्महत्याको मूलकारण इसै डिप्रेसन रोग लाइ नै माणेका छन् । डिप्रेसनको प्रमुख कारण भणेको आजको विकृत आधुनिक जीवनशैली हो । आजको जीवन पद्घतिमा चाहना ,इच्छाहरु रे विचारहरु भौत–भौत भैसक्या छन् । चाहना रे इच्छाहरु जति धेरै हुनाहान् , मन पनि त्यसै अनुपातमा दूषित रे विकृत हुने अरन्छ । उइका यी चाहनाहरु पूर्ति अरी मन लाइ संतुष्ट वा एकाग्र अद्द असम्भव छ । आजका युवाहरुको मन कस्तो छ भणे उइलाइ आफ्ना और साथीहरुको जस्तै थ्री–जी मोवाइल चाहियो , मोटरसाइकिल चाहियो ,आधुनिक फेसनका कपडाहरु चाहिए ,कार चाहियो, उनराइजसोे जागिर चाहियो, साथीहरु संगै महंगा होटलमा भोज–भतेर अन्ने, मोज–मस्ती गर्ने पँैसा चाहियो । अथवा जे आफ्ना दौतरीहरु संग छ त्यो सबै चाहियो । यी यावत् चाहनाहरु पुरा हुन सक्यैन भणेपछि तिनिहरुमाइ डिपे्रसन वा मनोरोग उत्पन्न हुन सकन्छ । जैले अद्दा शुरु–शुरुमा उनिहरु अर्धपागल जस्तै हुनाहान भणे पाछागइबर डिप्रेसन रोगले आत्महत्या समेत गराएको धेकिया छ । इसै मानसिक तनाव बाट बाँचन खिलाइ कतिपय युवाहरुले लागुऔषधि ,ड्रग्स रक्सी इत्यादीको सेवन अन्ने अरेका हुनाहान् । बढीजसो युवाहरुले तिनि बिगड्येका हुन्या देखासिकिमाइ कुलत सिकेका हुनाहान् । यो कुलतको रोग कहाँ सम्म छ भणे स्कूल नजाने , गए पनि राम्रोसंग पढाइ नअन्ने , गफ–गाफमै समय विताउने, तर परीक्षामा पास भयैन भणे आत्महत्या समेत अरिदिने प्रवृत्ति । यो आधुनिक जीवनशैलीको सबभण्णा ठुलो तिक्त उपज हो । यै समस्याको एकमात्र सर्वोत्कृष्ट उपचार पद्घति हो ध्यान | साधारण मानिसहरुले ध्यान भणेको कुनै पूजा वा उपसना पद्घति हो भणेर बुझेका हुनाहान् । तर ध्यानको परिभाषा यै भण्णा पनि ठुलो छ । हो ,ध्यान द्वारा पनि ईश्वरको उपासना अन्न सकिन्छ । तर यहाँ ध्यानको विज्ञान सम्मत परिभाषा अद्द खोजिएको हो । मनोवैज्ञानिकहरुले ध्यान गर्नाले मानसिक शक्तिहरुको समुचित विकास हुन्छ रे यै ले सबै मानसिक रोगहरुलाइ निर्मूल अरन्छ ,भणेर एकमतले स्वीकार अरिसकेका छन् । ध्यान कसरी अन्ने भन्न्यै कुरडी अद्दु भन्दा अगाडी हाम्ले मनको चरित्र वा प्रकृति बुझ्नु आवश्यक छ । वास्तबमै मनतत्व पूर्ण अदृश्य छ । तर यै को अस्तित्व सर्ब स्वीकार्य छ । यै को अस्तित्व अनुभव मात्रै अद्द सकिन्छ । यो मन भण्णे अदृष्य तत्व चौविसौ घण्टा विविध प्रकारका इच्छाहरु, कल्पना , चिन्तन ,मनन, चिन्ता, डर, घृणा ,विचार, शोक इत्यादीमी घुमिरहेको हुन्छ । हाम् सिया बेला पनि मन सुइनाकोे माध्यम बाटाइहै यीनै कुराहरुमी घुमिरहेको हुन्छ । इसेरी यैले शरीरगत सूक्ष्म जैव विद्युत खर्च अरीरहेको हुन्छ । तर उपर्युक्त सबै कुराहरु बाटाइहै मनलाइ अलग अरिदिने हो भणे मन पूर्ण विश्रामको स्थितिमा जान्छ । इसै स्थिति लाइ ध्यान भण्णहान् । पछि गइबर इसै स्थितिले समाधीको रुप लिन्छ । ओसो रजनीसले ध्यानको यै पराकाष्ठालाइ बोधिसत्व भणेका छन् । यिसो स्थितिमा शरीरको जैवविद्युत खर्च हुन बाट रोकिन्छ रे त्यो बचत भएको ऊर्जाले शरीरका अन्य जरुरतहरु पुरा अद्दे गरन्छ वा शरीरलाइ रोग मुक्त पनि अरन्छ । ध्यानको अवधिमा कुनै एक प्रतीक, चित्र, विचार, वा ज्योति बिन्दुमा मनलाइ लगातार रोकिबर राखिने अभ्यास अरिन्छ । यै अवधिमा मनमा त्यै लक्ष बाहेकका और विचारहरु आउँन दिनु हुनैन । मनलाइ एकाग्र अन्ने भौत तरिकाहरु छन् । पहिलो लोकप्रिय तरिका हो :खालीपेट भएका बेला पद्माशनमा बसीबर मेरुदण्डलाइ एकदमै सिधा राखिबर दुयैँ आँखा बन्द अरी दुयैँ आँखाको वीच भागमै पड्डे केन्द्रविन्दुमी सेतो ज्योतीको दर्शन अरिरहने अभ्यास । विविध योगशास्त्रहरुमी शरीरका यै केन्द्रलाइ आज्ञाचक्र वा भु्रकुटि भणिएको छ । ध्यानावस्थामी त्यै आज्ञाचक्रमी धेखिने ज्योतिको निरन्तर, अविच्छिन्न, रे निर्विकार भावले दर्शन अरि रहनु पडन्छ । त्यै बेला त्यो ज्योतिको दर्शन बाहेक मनमा कुनै और विचार आउँन दिनु हुनैन । मनको सब्बै शक्ति तिसै ज्योतिका दर्शनमी केन्द्रित अन्नु पडन्छ । शुरु–शुरुमी यो प्र्रव्रिmया मना–मनाई असजी लागे पनि पाछा अभ्यासको माध्यम बाटाइहै यो विस्तारै–विस्तारै सजी हुनैै जान्छ । ‘आमके आम गुठिलीके दाम’ भण्णे हिन्दी उखान जसै जब सम्म भु्रकुटिमा हामी ध्यान अरिरहेका हुनाँउ, वाँ सम्म हामरो शरीरको रहस्यमय दिव्य ऊर्जा खर्च हुन बाटी रोकिया हुन्छ रे ध्यान मार्फत थप ऊर्जा मिलि राख्या हुन्छ । यो प्राप्प्त उर्जाले मानसिक रे शारीरीक रोगहरु निर्मूल अन्नुका साथै मस्तिष्कको पनि उच्चतम विकास अन्ने अरन्छ । यैको निरन्तर लामो अभ्यासले मानिसमा अति मानवीय शक्तिको विकास हुन्छ भणिबर भौत–भौत योगशास्त्रहरुमी वर्णन अरियाको छ । यै आज्ञाचक्र ध्यानको ठिक–ठिक अभ्यास बाटाइहै १० /१५ दिनमै फाइदा पुगेको अनुभव अद्द सकिन्छ । यदी दिनमा २ घण्टा मात्तरै सही रुपमी ध्यान अद्द सकियो भणे त्यै व्यक्तिलाइ निनको खाँचो पड्डैन । ७ घण्टा निन्द्रा बाट प्राप्त हुने ऊर्जालाइ उइले ध्यान बाटाइहै प्राप्त अरिसक्या हुन्छ । हाल आएर यै रहस्यमयी तथ्यलाइ वैज्ञानिकहरुले पनि स्वीकार अरिसकेका छन् ।
अर्काे तुरन्त प्रभावकारी अभ्यास यिसो छ : खाली पेटमी आराम कुर्र्शी वा पद्मासनमी बसीबर मेरुदण्डलाइ सिधा राख्दै दुयै आँखाको सिधा चार फीटको दुरीमी बलिरहेको मैनबत्ती वा अन्य कुनै बिन्दुमा एकटक हेरीरहने अभ्यास । यै अभ्यासको समयमा पनि मनको पूर्ण ध्यान बलिरहेको ज्योती वा और जे प्रतिक छ तिसैमाइ मात्तरै हुनु पडन्छ । यै भण्णा बाहेक मन पूर्ण विचार रहित हुनु पडन्छ । नति अभ्यासको उद्येश्य प्राप्त अन्न सकिदैन । यो अभ्यास अद्दे बेला जव आँखामा आँसु आउँनाहान् तब यो अभ्यास बन्द अन्नु पडन्छ । शुरु–शुरुमा ५ मिनट मात्रै यो अभ्यास गर्नु पडन्छ । पछा–पछा आँसु पनि ढिला–ढिला आउँनाहान् रे अभ्यासको समय पनि स्वतः बढ्ढैै जान्छ । योगशास्त्रमी यै अभ्यासलाइ त्राटक भणिया छ । यो अभ्यास दिनका दुइफेर खाली पेटमी मात्तरै अन्न सकिन्छ । यो त्राटक ध्यान शरीर शुद्घ गर्ने योगशास्त्रका षट्कर्म अन्तरगत आउँछ । तर जैका आँखामी रोग छ , उइले यो अभ्यास अन्नु हँुनैैन् । उनरा लागी मल्तीर लेखिया दुबै आँखा बन्द अरीबर अरीने भृकुटी ध्यानको अभ्यास नै श्रेष्ठ छ । जो व्यक्ति जन्मेको बाह्रबर्षको उमेर बााइहैै ध्यानको अभ्यास गर्ने गरन्छ , त्यो व्यक्तिको मस्तिष्क अत्यन्तै उर्वरक हुन्छ रे उइको शरीर पनि रोगमुक्त हुनेछ भणी ओशो रजनीसले भण्या छन् । त्यो निश्चित रुपमी असल बाटो तर्फ लाग्नेछ रे जीवनमी सफलता प्राप्त गर्नेछ । किलाइभणे जति–जति उमेर बढ्ढैै जान्छ , मन पनी उति–उति नै चञ्चल रे विक्षुब्द हुँनैै जान्छ । उमेर बढेसंगै मानव मनलाइ नियन्त्रण अद्द झन्–झन् कठिन हुनेइ कुरडी योगशास्त्रीहरु भण्णाहान् । आजका २० बर्ष भण्णा माथिका युवाहरुलाइ ध्यानको बर्ताइ खाँचो छ । किलाइ भणे पहिलो त यै अवस्थामी उनरा इच्छा रे चाहनाहरु धेरै बढिसक्या हुनाहान् , दोसरो उनिहरुमी परिवार प्रतिको जिम्मेदारीको बोध पनि भइसक्या हुन्छ । जैले अद्दा उनरोे मन अतिरिक्त तनावमा हुने गर्दछ । यो तनाव मुक्त अरिएन भणे केही समय पछा यो मानसिक रोगका रुपमी धेकिने अरन्छ । इच्छापूर्ति बाटाइहै मनलाइ तनाव मुक्त अराउनु प्रायः असम्भव छ ,तर ध्यान बाटाइहै मनलाइ सजिलै तनाव मुक्त अराउन सकिन्छ । तबै आजका यै दौड भागका जिन्दगी बाटाइहै विचलित भएको मनलाइ ऊर्जावान दिव्य रे ईश्वरीय बनाउनका लागि केही समय निकाली ध्यान अन्ने अरौ । आफ्नो जीवनलाइ सफल पारौ रे और मान्स लाइ पनि यैका विषयमी बताऔं । यै युगका महान योगऋषि ओशो रजनीस जैले आफ्नो आधा भन्दा बर्ता जिन्दगी ध्यान को प्रचार प्रसारमी लाए, उनरा दिव्य बाणीहरु पुस्तकका रुपमी जम्मा अरीया छन् । तिन् पुस्तकहरुको अध्ययन बाटाइहै ध्यान विषयक सब्बै जानकारी रे बौद्घ दर्शनको पूर्ण जानकारी पाउँन सकिन्छ ।