मोनी कुमार सुब्बा
| मोनी कुमार सुब्बा (लिम्बु) | |
|---|---|
| जन्म | १६ मार्च १९५८ दार्जिलिङ |
| मृत्यु | २७ मे २०१९ (६१ वर्ष) नयाँ दिल्ली |
| वासस्थान | उत्तर लखिमपुर |
| राष्ट्रियता | भारतीय |
| राजनीतिक दल | भारतीय राष्ट्रिय कांग्रेस |
| जिवनसाथी | ज्योति सुब्बा |
| सन्तान | १ छोरा रे ३ छोरी |
मोनि कुमार सुब्बा (१६ मार्च १९५८ – २७ मे २०१९) १९९८ देखि २००९ सम्म भारतको १२ औं लोकसभा, १३ औं लोकसभा रे १४ औं लोकसभाका सदस्य थिए। उनले असमको तेजपुर निर्वाचन क्षेत्रको प्रतिनिधित्व गरे रे भारतीय राष्ट्रिय कांग्रेस राजनीतिक दलका सदस्य थिए। उनको २७ मे २०१९ मी नयाँ दिल्लीको आर्टेमिस अस्पतालमी हृदयाघात रे मस्तिष्कघातका कारण [१] मृत्यु भयो।
पहिचान काण्ड
[सम्पादन | स्रोत सम्पादन]२००७ मी, केन्द्रीय अनुसन्धान ब्यूरोले भारतको सर्वोच्च अदालतलाई सुब्बाको राष्ट्रियता शंकास्पद रहेको रे विद्यमान नागरिकता प्रमाणहरू नक्कली भएको बताएको थियो। यद्यपि, अदालतले "अदालतले सांसदहरूलाई हटाउन नसक्ने" भन्दै संसदीय निर्वाचनबाटी अयोग्य ठहर्याउन माग गरेको निवेदन खारेज गर्यो।[२] असम जानुअघि सुब्बा केही समय सिक्किममी बसेका थिए, जहाँ उनी नेपालबाटी आएको कथित छ। सिक्किममी उनले चिटफन्ड कम्पनी चलाएको आरोप लगाइएको छ, त्यसपछि असम गए। बीचमी उनले सिक्किमको गान्तोकमी रहेको ५ तारे क्यासिनो होटल द रोयल प्लाजामी साझेदारी गरे, जहाँ उनको मृत्यु पछि केही सम्पत्ति विवाद चलिरहेको छ।
सन्दर्भ
[सम्पादन | स्रोत सम्पादन]- ↑ "Former Tezpur MP Moni Kumar Subba passes away". The News Mill (in अङ्ग्रेजी). 2019-05-27. Retrieved 2019-05-27.
- ↑ "Three-time MP MK Subba not an Indian: CBI", 30 September 2009. छाड्डिबार पुग्या मिति:3 November 2011.