सामग्रीमा जानुहोस्

निर्मल पुर्जा

विकिपिडिया बठेइ
निर्मल पुर्जा
सन् २०२१ मा पुर्जा
व्यक्तिगत विवरण
जन्मढाँचा:जन्म मिति
म्याग्दी, गण्डकी प्रदेश, नेपाल
मृत्युढाँचा:मृत्यु मिति र उमेर
ब्रोड पिक, गिलगित बल्तिस्तान, पाकिस्तान
नागरिकताबेलायती,[][][] गैरआवासीय नेपाली नागरिकता (९ नोभेम्बर २०२३ देखि)[]
परिवार
जीवन साथीसुची पुर्जा
सन्तान
आफन्ततेजन गुरुङ (साला)[]

निर्मल पुर्जा वा निम्स दाइ (२०४० साउन ९ – २०८३ साउन १४) हिमाल आरोही तथा बेलायती भूतपूर्व गोर्खा सैनिक हन्, जैले ७ महिनाहै कम अवधि (१८९ दिन) मी समुद्री सतहबठे ८ हजार मिटरहै अग्ला संसारका सबै (१४ वटा) हिमालको सफल आरोहण गर्या थ्याः। यौ अऽगा तसोइ कीर्तिमान कायम गद्दे दक्षिण कोरियाका किम चाङ्-हो थ्याः, जैले १४-हिमालको आरोहण सक्दु सात वर्ष १० महिना ६ दिन लगाइबर सन् १९८७ मी कायम गरिया कीर्तिमान उनले येको आधा वर्षमै रे एकै ऋतुमी भंग गर्या हन्।[][][]


उनी ८ हजार मिटरमाथिका १४ वटै हिमाल आरोहण गर्ने भने ४४ ओँ आरोही हुन्। निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीहरूमा पाँचौँ र गैरसेर्पा नेपालीमा पहिलो हुन्। यी सबै हिमाल आरोहण गर्ने पहिलो नेपाली भने मिङ्मा सेर्पा हुन् भने त्यसपछि नेपालीहरु छाङदावा सेर्पा, सानु सेर्पा र मिङ्मा डेभिड सेर्पाले १४ वटै उच्च हिमाल आरोहण गरेका थिए ।[] उनी नेपालको म्याग्दी जिल्ला, अन्नपूर्ण गाउँपालिका-३, दाना भन्ने ठाउँमा सन् १९८३ मा जन्मिएका हुन्। ब्रिटिस सेनामा १६ वर्ष काम गरेका निर्मलले १० वर्ष युके स्पेसल फोर्सेस (यूकेएसएफ)मा बिताएका थिए। सन् २०१२ डिसेम्बरबाट निर्मल पुर्जाले हिमाल चढ्न सुरु गरेका हुन्। सगरमाथाको आधार शिविर पुगेपछि अनायासै हिमाल चढ्ने सोख पलाएको उनले सञ्चार माध्यममा बताएका छन् र आफ्नो हिमाल आरोहणक्रमलाई मानव क्षमताको परीक्षण भएको र त्यसमा सफल भएको दावी गरेका छन्।[] सगरमाथा चढ्दा ट्राफिक जामले सात घण्टा कुर्नुपरेको बताउने उनले खिचेको त्यही ट्राफिक जामको तस्बिर सञ्चार माध्यम र इन्टरनेटका विभिन्न सञ्जालमा व्यापक फैलियाः थ्योः।[१०]

उनले सम्भव छ (अङरेजी: Project Possible) भन्ने नाराका साथ ७ महिनाभित्र सबैभन्दा ठूला १४ वटै हिमाल आरोहण गर्ने अभियान थालेका थिए। 'असम्भवलाई सम्भव बनाउनु र मानवको सीमिततालाई अर्को तहमा पुर्‍याउनु नै हाम्रो एक मात्र लक्ष्य थियो’ पुर्जाले आफ्नो ट्विटरमार्फत् भण्या छन् ।[११] अप्रिल २०१९बाट सुरु गरेको यस अभियानअन्तर्गत उनले सन् २०१९ मे २०१९ मा विश्वको सर्वोच्च हिमाल सगरमाथा आरोहण गर्या थ्याः। उनले महालंगुर हिमशृंखलामा पर्ने सगरमाथा, ल्होत्सेमकालु हिमाल ४८ घन्टाभित्र चढ्दा यसअघि पाँच दिनमा चढेको आफ्नै कीर्तिमान तोडेका थिए। उनले अभियानको अन्तिम आरोहण सन् २०१९ अक्टोबर २९ बिहान ८:५८ (स्थानीय समय) तिब्बत, चीनको सिसापाङ्मा हिमालको गरे। उनले वसन्त याममा (६) र गर्मी याममा (५) सबहै धेरै आठ हजार मिटरमथिका हिमाल चण्याः छन्।[१२][१३]

क्र. स‌ं. हिमालको नाउ देश आरोहण मिति
अन्नपूर्ण हिमाल नेपाल एप्रिल २३
धौलागिरि हिमाल नेपाल मे १२
कञ्चनजङ्घा हिमाल नेपाल मे १५
सगरमाथा नेपाल मे २०
ल्होत्से हिमाल नेपाल मे २२
मकालु हिमाल नेपाल मे २४
नङ्गा पर्वत पाकिस्तान जुलाई ३
ग्यासरब्रम १ पाकिस्तान जुलाई १५
ग्यासरब्रम २ पाकिस्तान जुलाई १८
१० के२ हिमाल पाकिस्तान जुलाई २४
११ ब्रोड शिखर पाकिस्तान जुलाई २६
१२ चोयु हिमाल नेपाल सेप्टेम्बर २३
१३ मनास्लु हिमाल नेपाल सेप्टेम्बर २७
१४ शिशापाङ्मा चीन अक्टोबर २९

व्यक्तिगत जीवन

[सम्पादन | स्रोत सम्पादन]

निर्मल पुर्जाले कुवेतको एक आरोहण दललाई आमादब्लम हिमाल आरोहणका क्रममा अनधिकृत रूपमा कुवेतको राष्ट्रिय झण्डा चुचुरोमा ओछ्याउन सहयोग गरेको आरोप लागेको छ। उनले उक्त काममा आफूले सहयोग गरेको तर त्यो गैरकानुनी र आफ्नो बदनियत नभएको प्रस्टीकरण दिएका छन्।[१४]

पाकिस्तानको ब्रोड पिक हिमालमा गएको हिमपहिरोमा परी ज्यान गुमाउनेअनमध्ये निर्मल पुर्जा लै रयाः।[१५] ब्रोड पिकलाई आरोहीअनहका लागि संसारकै एक भौती चुनौतीपूर्ण रे कठिन हिमालको रूपमी लिइन्छ। ब्रोड पिकको यात्रा सुरु अद्दु अगा पुर्जाले सामाजिक सञ्जालमा सन्देश साझा गर्दै आफूलाई सुरक्षित रूपमी शिखर पुगिबर सकुशल फर्कन्याः वातावरण बनोस् भणि प्रार्थना गर्या थ्याः।[१६]

सन्दर्भ सामग्रीअन

[सम्पादन | स्रोत सम्पादन]
  1. "Elite Himalayan Adventures Private Limited". find-and-update.company-information.service.gov.uk. Retrieved 31 October 2021.
  2. "Change of Particulars for Director". Companies House. Retrieved 31 October 2021.
  3. "Mountaineer Nirmal Purja: 'I'm sick of people saying things are impossible'", Financial Times, 26 November 2021.
  4. "Famed mountaineer Nimsdai receives NRN citizenship". nepalkhabar.com. 9 November 2023. Retrieved 2023-11-09.
  5. "Death on Shishapangma", Outside, 26 September 2024.
  6. https://www.bbc.com/nepali/news-50218038
  7. https://projectpossible.co.uk/
  8. 1 2 https://www.bbc.com/nepali/news-50272365
  9. https://www.nayapatrikadaily.com/news-details/27967/2019-10-31 Archived 2019-11-10 at the Wayback Machine.
  10. https://www.abc.net.au/news/2019-05-25/death-toll-climbs-amid-traffic-jam-on-mount-everest/11149420
  11. https://twitter.com/nimsdai/status/1189501386007961605?s=20
  12. https://ekantipur.com/news/2019/10/29/157235339917381952.html
  13. https://twitter.com/nimsdai/status/1189019357483077632?s=20
  14. https://twitter.com/nimsdai/status/1195646790642483200?s=20
  15. "Mountaineer Nirmal Purja killed in Pakistan avalanche, his company says". www.bbc.com (in बेलायती अङ्ग्रेजी). 2026-08-01. Retrieved 2026-08-01.
  16. "ब्रोड पिकसँग निम्स दाइले मागेका थिए– म सकुशल फिर्ता हुन सकूँ". Online Khabar (in अमेरिकी अङ्ग्रेजी). Retrieved 2026-08-01.

भाइरा लिङ्कअन

[सम्पादन | स्रोत सम्पादन]