सामग्रीमा जानुहोस्

तूरजी का झालरा

तूरजी का झालरा
तूरजी का झालरा, २०२६
नक्सा
General information
Locationजोधपुर, राजस्थान, भारत
Coordinates26°17′50″N 73°01′23″E / 26.29713°N 73.02305°E / 26.29713; 73.02305

तूरजी का झालरा [१] [२] लाई तंवरजी का झालरा पनि भणिन्छ। यो जोधपुर, राजस्थानस्थित एक बावडी (झालरा) हो।

तूरजी का झालरा (तूरजीको बावडी), भारतको राजस्थान राज्यको जोधपुरमा अवस्थित एक ऐतिहासिक बावडी। यस बावडीमा परम्परागत राजस्थानी वास्तुकलाका साथै जटिल रूपमा कुँदिएका बलौटे ढुङ्गाका सिँढीहरू रहेका छन्।

तूरजी का झालरा[३] जोधपुरको पुरानो सहरका साँघुरा गल्लीअनका बीचमी अवस्थित छ। यो गुलाब सागरको करिब १०० मिटर पश्चिम रे मेहरानगढ किल्लाको करिब ३०० मिटर पूर्वमी रहेको छ। यसको स्थानबारे धेरै स्थानीय बासिन्दासमेत अनभिज्ञ भएकाले यसलाई जीपीएस निर्देशाङ्कको प्रयोग गरेर पत्ता लाउनु उपयुक्त हन्छ।

तूरजी का झालरा, जोधपुर अंकित हुलाक टिकट[४]

केइ स्रोतअनले तूरजी का झालराको निर्माण छैटौँ शताब्दीमी भएको उल्लेख गरेका छन्, जसअनुसार यो आफ्नो प्रकारका सबैभन्दा पुराना संरचनामध्ये एक हुन सक्छ। तथापि, यसको निर्माणको समय सामान्यतया १८औँ शताब्दी, विशेषतः सन् १७४०, लाई मानिन्छ। यस बावडीको निर्माण परम्परागत रूपमी रानी तंवरजी, राजा अभय सिंहकी पत्नी, सँग सम्बन्धित मानिन्छ। यसको निर्माणको पछिल्लो मिति संरचनाको वास्तुकलासँग पनि बढी मेल खान्छ। यद्यपि, यीमध्ये कुनै पनि मितिलाई अभिलेख वा दस्तावेजी प्रमाणले पुष्टि गर्दैन। अन्ततः दुवै मिति सम्भव हुन सक्छन्, किनकि अन्य बावडीहरूजस्तै यस संरचनामी पनि शताब्दीऔँको अवधिमी पटक–पटक पुनर्स्थापना तथा परिवर्तन गरियाः छ।

तूरजी का झालरा, २०२१

तूरजी का झालरा सामान्यतया मनसुन ऋतु (जुनदेखि सेप्टेम्बरसम्म)मी मात्र पानीले भरिन्छ। यसको तीनतर्फ पानीको जलाशयतर्फ तल झर्ने प्रिज्माकार सिँढीका पङ्क्तिहरू रहेका छन्। वसन्त ऋतुमी यो जलाशय प्रायः सुक्खा हुन्छ। चौथो भागमी ठूलो तथा केही नुकेको मेहराबसहितको एउटा भवन रहेको छ, जसमी अन्ध आर्केडको शैली देखिन्छ। मेहराबको दुवै छेउमी साना बाहिर निस्किएका बाल्कोनीहरू (झरोखा) रहेका छन्। इनारको अधिकतम पानी भण्डारण क्षमता एक अनुप्रस्थ बाल्कोनीमुनि रहेको भागमी हुन्छ। उक्त बाल्कोनीको पछाडि ढोकाबाटी प्रवेश गर्न सकिने एउटा बन्द कोठा रहेको छ।

  1. ↑ "Explore the Unique Toorji Ka Jhalra in Jodhpur". Incredible India. Ministry of Tourism, Government of India. Retrieved 28 August 2026.
  2. ↑ "India is turning to ancient water systems as modern ones run dry". BBC Future. 20 August 2026.
  3. ↑ "The fast disappearing traditional water harvesting structures of Rajasthan". India Water Portal. 2 January 2021.
  4. ↑ भारतका १६ वटा बावडीमा हुलाक टिकट जारी, तीमध्ये ६ वटा राजस्थानका