ढाँचा:खास लेख/मार्च, २०२५
स्वरूप
गौरा या गोःरा सुदुर पश्चिमाञ्चल विकास क्षेत्रको महत्वपूर्ण धार्मिक एवं साँस्कृतिक पर्व हो । यै पर्व भदौ महिनामी मणाइन्छ। सुदूरपश्चिम भाषा–साहित्य–कला–संगीत–संस्कृति–पर्यटन तथा मान्सुको लगै उत्पत्ति थलो भया माणिने मानसखण्ड भितर रया यै सुन्दर रे पवित्र भूमि हो, जैले आफना हरेक क्षेत्रबाटी राज्यको गौरव गरिमालाई बढाउने काम अरिराइ छ । यै लाइ आँज फरक किसिमले भण्णु पड्डा– सुदूर पश्चिम उठ्यो, भणे सुदूर पश्चिम जुट्यो भणे तथा सुन्दर सुदूर पश्चिमले उन्नति अद्द सक्यो भण्या मात्तरै सम्तोइ राज्य उठ्न सकन्छ भण्णे सम्भावना लाई कसैले भुल्लु हुनैन । यै अर्थमी समग्र राज्यका अगाडि सुदूरपश्चिम हरेक क्षेत्रबाटी माउ थलोको यक बलियो आधार हुनै आया छ । (और पढ…)