डोसा
डोसा | |
| उद्भव स्थल | भारत |
|---|---|
| क्षेत्र या राज्य | कर्नाटक |
| पस्कद्या तापमान | तातो |
| मुख्य सामल | चामल रे कालो चना |
डोसा एक दक्षिण भारतीय लोकप्रिय व्यञ्जन हो। यो कालो चना, सुजी, मैदा, चामलको पिठाले बनाइन्याः गरिन्छ। अइलका समयमी डोसा दक्षिण एसियामी समेत लोकप्रिय भइसक्याः छ। डोसालाई तातो, प्रायः चटनी रे साम्बरसित पस्किन्याः गरिन्छ।
नामअन
[सम्पादन | स्रोत सम्पादन]| भाषा | अनुवाद |
|---|---|
| कन्नड: ದೋಸೆ | डोसे |
| मलयालम: ദോശ | डोसा |
| तमिल: தோசை | दोसई |
| Telugu: దోశ | डोसा |
इतिहास
[सम्पादन | स्रोत सम्पादन]डोसा दक्षिण भारतमा विकसित भएको प्रारम्भिक अनुमान गरिएको छ। इतिहासकार पि थाङ्कप्पन नायरका अनुसार डोसाको उत्पत्ति वर्तमान कर्नाटकको उडुपी सहरमा भएको हो।[१] यद्यपि, खाद्य इतिहासकार केटी आचायका अनुसार, सङ्गम साहित्यमा उल्लेख गरिएका सन्दर्भहरूले सङ्केत गर्दछ कि डोसा (दोसाईको रूपमा) पहिले देखि नै प्राचिन तमिल देशमा पहिलो शताब्दीको वरिपरि प्रयोगमा थियो।[२][३]
तयारी
[सम्पादन | स्रोत सम्पादन]पानीमा भिजाइएको चामल र कालो वा हरियो चनाको मिश्रणलाई पिठो बनाउनको लागि मसिनो पारिन्छ। कतिपयले अलिकति भिजेको मेथीको दाना थप्छन्। दालमा चामलको अनुपात सामान्यतया ३:१ वा ४:१ हुन्छ। इच्छा अनुसार स्थिरता प्राप्त गर्न पानीमा मिसाउनु अघि झोल पदार्थमा मुसिएको पिठोलाई रातभर अमिल्याउनको लागि राख्ने गरिन्छ।[४] त्यसपछि मुसिएको पिठोलाई तातो तावामा राखेर तेल वा घिउमा पकाइन्छ। तावामा राखेपछि यसलाई डाडुले गोलो आकार दिन चलाइने गरिन्छ। डोसालाई प्यानकेक जस्तै बाक्लो, वा पातलो र क्रिस्पी बनाउन सकिन्छ। डोसालाई आधा पट्याएर वा घुमाएर तातो पस्किने गरिन्छ। यो सामान्यतया चटनी र साम्बरसँग खाने गरिन्छ। कालो चना र चामलको मिश्रणलाई अत्यधिक परिष्कृत गहुँको पिठो वा सुजीले प्रतिस्थापन गर्न सकिन्छ।
चित्र दीर्घा
[सम्पादन | स्रोत सम्पादन]- घुलित अवस्थामा चामलको पिठो
- झोल पदार्थमा मुसिएको पिठोललाई तावामा राखिएको
- मिश्रणलाई समान रूपमा फैलाउँदै
- केही बेर पाकिसकेपछि
यो लै हेर
[सम्पादन | स्रोत सम्पादन]
सन्दर्भ सामग्रीअन
[सम्पादन | स्रोत सम्पादन]- ↑ P. Thankappan Nair (2004). South Indians in Kolkata. Punthi Pustak. p. 320. ISBN 81-86791-50-7.
- ↑ K. T. Achaya (November 2003). The Story of Our Food. Universities Press. p. 80. ISBN 81-7371-293-X.
- ↑ "8 oldest Udupi restaurants in Mumbai", 2019-05-31.
- ↑ "Recipe: Light white dosa". The Times of India.