सामग्रीमा जानुहोस्

डोटेली रे नेपाली शब्दावली

विकिपिडिया बठेइ

डोटेली रे नेपाली भाषामी केही शब्दावली:

डोटेली भाषानेपाली भाषा
जनजानजानुहोस्
नैथिनछैन
बेलिहिजो
बासासाँझ
एऽऽ
जनबसनबस्नुहोस्
झिक्क(भौती)धेरै
नानोसानो
कैलाईकसलाई
नानुअलिकती
कैकोकसको
ब्यानलबिहान
धैइखै
नानकासाना साना
ठौरठाउँ
पोरुअस्ति
बौजुभाउजु
काखीकान्छी आमा
गोसिदेवर/नन्द
पुसाइफुपाजु
फुपूफुपू
काजीभाइ /बहिनी
जत्कालसुत्केरी
चेलोछोरा
चेलीछोरी
तमतपाईं /तिमी
तलतिरतल
आँसिहँसिया
तिखुन, बन्चरोबन्चरो
साफ्लोसाबेल
बौसोकुटो
मल्लोमाथिल्लो
रुप्यारुपियाँ
जितराजाँतो
धुलोपिठो
बिल्लोबिरालो
बल्लगोरु
ठन्नचिसो
झगुलोफ्रग
इजाआमा
कइसिसानी आमा
बुनुबाली छर्नु
बर्यातबिहे
बैकानपुरुष
बैकिनीमहिला
स्वाइनीस्वास्नी
मान्सुमान्छे
निकोसञ्चो, राम्रो
छकलादिउसो
उइलेउसले
उनरोउनको
जनगरनगर
जाबररौ
दारढोका
आदोअदुवा
आमआँप
चौकोपिर्का
केलाकेरा
चोखिउनभुटुन
तमाखत्म्बाखु
सुईनासपना
सोराई, समराईमाया
हिटहिड
मुइलेमैले
बाईरबाहीर
भितरभित्र
जाँतजात्रा
धदिउनुबोलाउनु
सोराईमाया
फोलोगाग्रो
गाडनदी
आँसीहँसिया
खित्फाल्नु
मिदुरोकुटो
झक्पट्टालचकमन्न, उज्यालो
बैलोबाँझो
धिन्वा गाईदूध दिने गाई
बकिन्नो भैंसोदूध सुक्न लागेको भैंसी
डाडाअचार
रुबशो खातदेख्नमा अति सुन्दर
बौलापागल
कलड़ोबैंस पुगेको बाच्छी
बौडबहर
बाकोरोबाख्रो
गन्पटटुधेरै गन्हाएको
हडप्यानौनी राख्ने भाँडो
पारोदही जमाउने भाँडो
बनासखुर्पा
कन्पुडोगाला
गाज्जोसुकेको घास
पर्सोजैविक मल
बिप्प्याउल्टो
सप्प्यासुल्टो
गीरसानो खालको मोजाको बल
हडशरीर
चिड्कनदुख्नु
जोडोजुम्रा
खोलानीखोले
बुद्यामायाले भाइलाई अथवा आफू भन्दा सानोलाई गरिने सम्बोधन
तम्तपाईं
मुण्डोटाउको
साँपडोकेराको पात
नोलो, न्वालोएकप्रकारको इनार
किरमडाचुत्रो
हँस्यालऐसेलु
डब्याबट्टा
बर्यात्जन्ति
ब्याबिहे
बल्मुडोआधा जलेको काठ
गौणखुला आकाशमुनि दिशापिसाब गर्ने ठाउँ
गालिउंमहीलाई सेतो कपडामा बाँधेर झुन्ड्याए पछि पानी जाति तल खसेर बाँकी रहेको बाक्लो मही
कित्थोफट्याङ्ग्रो
पन्यालोपानीको मात्रा बढी भएको
बकलोबाक्लो
काला रे कनौटोहल्ला गर्नु
खुल्लाचिउरीको बियाँ
कच्यारहिलो
कच्पण्नुगिलोपना
दुनापहाडा
सुण्नुसुन्नु
भुण्नुभन्नु
धीराट बहनी मचौनठुलठूलो स्वरले कराउनु, हल्ला गर्नु
सिण्नोसिस्नो
ढेरोमरेको जनावरको सिनो
दुडबुडान्बाक्लो : अंग्रेजीमा ग्रेवी
हौस्यारोशौखिन
धुर्बुरानरिसले चूर भएको, रिसाएको
कनौलीघरको पछाडीपट्टीको भाग
हनोद्दुमात्रा भन्दा बढी खानु
बिथरोबढी चौडाई भएको
भत्तीधेरै
टिट्या औंलोकान्छी औंला
घाम भ्योगर्मि भयो
ठ्वां ठ्वां ठ्वांजोर जोरले
गाड्निकाल
खानारोभत्केको अति जीर्ण घर
धिनालीदही
छांचमही
कुठोघिउ बनाउदा डढेको घिउ
सडोदुम्सी
मौरामौरी
थोरोपाडी