सामग्रीमा जानुहोस्

घेवर

विकिपिडिया बठेइ
घेवर
मलाइ टपिङसहितको घेवर
Courseमिठाई
उद्भव स्थल भारत
क्षेत्र या राज्यराजस्थान[]
मुख्य सामलमैदा, घ्यू, चिनी, दूध
खास अरिबरे प्रयोग हुन्या सामलबदाम, पिस्ता, केशर, हरियो इलायची, केवडा
विविधतासाधारण घेवर, मावा घेवर, मलाइ घेवर र रबडी घेवर
Cookbook: Ghevar (राजस्थानी हनीकोम्ब फ्रिटर)  Media: घेवर

घेवर वा घेवार एक गोल आकारको राजस्थानी मिठाई हो,[] जस्को बनावट माहको छत्ताजस्तो हुन्दो छ र यो घ्यू, मैदा अणि चिनीको पाकबाट बनाइन्छ।[] यो परम्परागत रूपले श्रावण महिनासँग अणि तीजरक्षाबन्धन परब सँग सम्बन्धित छ।[][] यो राजस्थानी परम्पराको एक हिस्सा हो अणि गणगौर अणि तीज अगाडि पर्ने सिन्जरा दिनमा नवविवाहित छोरीलाई उपहारका रूपमा दिइन्छ।[] यो भगवान कृष्णलाई अर्पण गरिने छप्पन भोग (५६ परिकार) मध्ये एक हो।[] राजस्थान बाहेक यो हरियाणा, दिल्ली, गुजरात, उत्तर प्रदेश अणि मध्य प्रदेश मा पनि खुबै प्रसिद्ध छ।

प्रसिद्ध मास्टर शेफ सञ्जीव कपूर ले पनि घेवरको प्रशंसा गरेका छन। घेवरले अन्तर्राष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनायो, जब डिपिन्डर छिब्बरले मास्टरशेफ अष्ट्रेलिया (सिजन १३) को अडिसन चरणमा यो मिठाई प्रस्तुत गरिन।[]

"घेवर" शब्द संस्कृत को "घृतपूर" (घृत + पूर) बाट आयेको मानिन्छ, जहाँ "घृत" को अर्थ घ्यू अणि "पूर" को अर्थ भरिएको वा केक हुन्छ। यसरी "घृतपूर" को अर्थ "घ्यूको केक" हुन्छ, जसले यो मिठाईमा घ्यूको प्रयोग अणि यसको केकजस्तो बनावट देखाउँछ। १६औँ शताब्दीकी सन्त कवयित्री मीराबाई ले आफ्नो एक कवितामा कृष्णलाई घेवर अर्पण गरेको उल्लेख पाइन्छ।[]

घेवरको उत्पत्ति राजस्थानका राजदरबारहरूमा भएको मानिन्छ, जहाँ महाराजा हरूका लागि विशेष रूपमा यो परिकार बनाइन्थ्यो।[१०] पछि यो परिकार बिस्तारै आम मानिसमाझ पनि लोकप्रिय हुँदै गयो।[११]

घेवर एक गोल आकारको मिठाई हो, जुन मैदा, घ्यू अणि चिनीको पाकमा डुबाएर तयार गरिन्छ।[१२][१३] मैदा, घ्यू, दूध अणि पानी मिसाएर घोल बनाइन्छ। त्यसपछि यो घोललाई तातो घ्यूमा गोलाकार रूपमा हालेर सुनौलो अणि माहको छत्ताजस्तो बनावट आउने गरी तारिन्छ।[१४] यसमा सामान्यतया केशर, मसला अणि सुकामेवा टपिङका रूपमा हालिन्छ।[१५]

साधारण घेवर
मलाइ घेवर

घेवर विभिन्न प्रकारमा पाइन्छ, जस्तै साधारण, मावा अणि मलाइ घेवर।[१६][१७] जयपुरको एलएमबीले सन् १९६१ मा छेना घेवरजस्ता नयाँ प्रकारहरू ल्याएको थियो। घेवरलाई चिनीको पाकमा डुबाएर वा रबडी टपिङ राखेर पनि परोसिन्छ।[१५][१८] आजकाल तौल नियन्त्रण गर्ने वा मधुमेह भएका मानिसहरूका लागि चिनीरहित संस्करण पनि पाइन्छ।

  1. "परम्परागत घेवरमा आधुनिक रूपान्तरण". Hindustan Times (in अङ्ग्रेजी). 2023-08-25. Retrieved 2024-03-22. इतिहासकारहरूका अनुसार यो मिठाईको उत्पत्ति राजस्थानमा भएको हो
  2. "परम्परागत घेवरमा आधुनिक रूपान्तरण". Hindustan Times (in अङ्ग्रेजी). 2023-08-25. Retrieved 2024-03-22. इतिहासकारहरूका अनुसार यो मिठाईको उत्पत्ति राजस्थानमा भएको हो
  3. KUMAWAT, LOVESH (2020-05-18). CUISINE (in अङ्ग्रेजी). NotionPress. ISBN 978-1-64850-162-3.
  4. "रक्षाबन्धनमा घेवरको महत्व". Floweraura Blog (in अङ्ग्रेजी). 2023-08-15. Retrieved 2024-04-03.
  5. "मलाइ घेवर (हरियाली तीज तथा रक्षाबन्धन विशेष)" (in अङ्ग्रेजी). Retrieved 2024-04-03.
  6. Petpuja.com, Festive Foods Ghevar indian dessert monsoon sweets Indian sweet Petpuja (2022-08-05). "Ghevar" (in अङ्ग्रेजी). Retrieved 2024-04-03.
  7. "छप्पन भोगको कथा र यसमा समावेश परिकारहरू", The Times of India, 2023-09-06.
  8. "यस वर्ष मास्टरशेफ अष्ट्रेलियामा चर्चित भएका १० भारतीय परिकार". Condé Nast Traveller India (in अङ्ग्रेजी). 2021-07-14. Retrieved 2023-10-27.
  9. To Touch the Sky: Poems of Mystical, Spiritual & Metaphysical Light (in अङ्ग्रेजी). New Directions Publishing. 1999. ISBN 978-0-8112-1396-7.
  10. "घेवरको इतिहास र विशेषताबारे अध्ययन". Asha Sweet Center. Retrieved 2024-03-22.
  11. "रक्षाबन्धनमा घेवरको महत्व". Floweraura Blog (in अङ्ग्रेजी). 2023-08-15. Retrieved 2024-03-22.
  12. KUMAWAT, LOVESH (2020-05-18). CUISINE (in अङ्ग्रेजी). NotionPress. ISBN 978-1-64850-162-3.
  13. Laveesh, Bhandari (September 2009). Indian States At A Glance 2008-09: Performance, Facts And Figures - Rajasthan (in अङ्ग्रेजी). Pearson Education India. ISBN 978-81-317-2346-3.
  14. INDIAN FOOD - Rajasthan State Top 10 Dishes. The Future Thing. 2019. p. 39.
  15. 1 2 Fodor's Essential India With Delhi, Rajasthan, Mumbai & Kerala. Fodor's Travel. 2019. ISBN 9781640971233.
  16. Rathore, Prem Singh (2022-06-25). Rawali Rasoi ( Rajasthan cuisine by Prem Singh Rathore) (in अङ्ग्रेजी). Blue Rose Publishers.
  17. Kumawat, Lovesh (2020). CUISINE. NotionPress. p. 111. ISBN 9781648501623.
  18. Singh, Rocky; Sharma, Mayur (2011-12-02). Highway on my Plate: The indian guide to roadside eating (in अङ्ग्रेजी). Random House India. ISBN 978-81-8400-219-5.