सामग्रीमा जानुहोस्

गणेश रसिक

विकिपिडिया बठेइ
गणेश रसिक
गणेश रसिक
जनमबि. सं. २००४ आश्विन ४
नौलागाउँ, छिनामखु भोजपुर जिल्ला
मृत्युबि. सं. २०८२ जेठ १८
हात्तिवन, ललितपुर
पेशालेखन, गायन र सङ्गीत
भाषानेपाली
राष्ट्रियतानेपाली
शिक्षाबि.ए.

लगभग पाँच दशक आगा ‘लेकाली’ समूहबठे गायनमी उदाएका गायक श्री गणेश रसिक नेपाली गीत सङ्गीत क्षेत्रको बहुआयमिक व्यत्तित्व हन् । उनरा गीत लेखन रे गायनमी नेपाली समाजको दुःख, संघर्ष, उन्नति रे सुइनाको सरल प्रस्तुति तर गम्भिर अर्थ भेटिन्छन् । येले नेपाली गीत सङ्गीतलाई बिथरो मात्र बनाएको आथिन रे त्यत्ति मात्रामी गहिरो लैव बनाइया छ । त्यसैगरी उनले नेपाली साहित्यिक क्षेत्रमी कथा, कविता, उपन्यास, संस्मरण रे निवन्ध विधाका दर्जन है बढती सङ्ग्रह लै प्रकाशित भया छन् । येले नेपाली गीत सङ्गीतको विकासमी मात्र नहोइबर नेपाली साहित्यको समृद्धिमी लै उनरो योगदान अतुलनीय रयाः धेखाउँछ ।

श्री रसिकको जन्म पूर्वी नेपालको दुर्गम पहाडी भेग हालको टेम्केमैयुङ गाँउपालिका वडा नं.२ छिनामखुको नौलागाँउमा बाबु नरोत्तम राई र आमा रत्नमाया राईको कोखबाट २००४ साल आश्विन ४ गते भएको हो । विद्यालय नजिकै रूखमा फलेका वरको दाना र रुद्राक्षको दानाको बोक्रा खाँदै उहाँले गाउँको त्रिभुवन धर्मोदय विद्यालयबाट औपचारिक शिक्षाको सुरुवात गर्नु भएको थियो । लाहुरे संस्कृति र संस्कारको साथै राजनैतिक सूझबुझ र चेतनाशील पारिवारिक पृष्ठभूमिमा हुर्कनु भएको रसिकले वि.ए. सम्मको औपचारिक शिक्षा हासिल गर्नु भएको छ ।

सामान्य कर्मचारीको जागिरे हुँदै ब्यावसायिक जीवन पार गरेका रसिकले विभिन्न विभाग र संस्थाहरूमा ३१ बर्षसम्म पदमा रहि विविध जिम्मेवारी निभाउनु भएको छ । यसै क्रममा उहाँले श्री रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८-२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०-२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२-२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२-२०७५) जस्ता गरिमामय प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू सकुशल रुपमा निभाउनु भएकोे छ ।

नेपाली गीत सङ्गीतको पहिलो पुष्ता नातिकाजी, अमर गुरुङ्ग, बच्चु कैलाश, नारायण गोपाल, गोपाल योञ्जन, तारादेबी र अरुणा लामापछिको द्वितीय पुष्ताको एक होनहार प्रतिभा हुन् रसिक । विषय र प्रसङ्गले उहाँको गीत लेखन तथा गायन बहुआयामिक छन् । जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उहाँको गीत लेखन तथा गायनका मूल चरित्र हन् ।

गणेश रसिकको कृति, पदक तथा सम्मान

[सम्पादन | स्रोत सम्पादन]
  • क्षितिजलाई छुन खोज्दा (कथा सङ्ग्रह) २०२४
  • एउटा सारङ्गी छुन खोज्दा (कथा सङ्ग्रह) २०२७
  • रसिकका गीतहरू (गीत सङ्ग्रह) २०४५
  • आकाशगंगाको ओतमुनी (उपन्यास) २०४८
  • जब सिस्नुहरू टेक्दै हिँडे (संस्मरण) २०५५
  • बिलाउँदै गएका गीत (कथा सङ्ग्रह) २०५८
  • दशगजामा उभिएर हेर्दा उपन्यास २०६३
  • स्वाधिनताको पीडा (गीत सङ्ग्रह) २०६८
  • पेरुङ्गो संस्करण (पाँच कृति) २०७३ आदि
  • मेरो अतीत (अडियो क्यासेट)
  • अन्तराल (अडियो क्यासेट भाग १ र २)
  • ओ ! शुन्यता (सी.डी.) आदि ।

पदक तथा सम्मानः

[सम्पादन | स्रोत सम्पादन]
  • ने.प्र.पं द्वारा आयोजित प्रथम कविता महोत्सवमा प्रथम पुरस्कार, २०२८
  • राष्ट्रिय युवा महोत्वसवमा कथामा प्रथम पुरस्कार, २०२४
  • श्ुभराज्यभिषेक पदक, २०३१
  • [गोर्खा दक्षिण बाहु], २०३१
  • रेडियो नेपाल साङ्गीत प्रतियोगितामा उत्कृष्ट गीतकार, २०३४
  • रत्नश्री स्वार्णपदक, २०४४
  • वीरेन्द्र ऐश्वर्य पदक, २०४५
  • गद्दी आरोहण पदक, २०५३
  • नागरिक सेवा पदक, २०५३
  • छिन्नलता गीत पुरस्कार, २०५६
  • पद्मश्री साहित्य सम्मान, २०६३
  • लाइफ टाइम एचिभ्मेन्ट इमेज च्यानल पुरस्कार, २०७३
  • राष्ट्रिय कलाश्री पुरस्कार, २०७६
  • नारायण गोपाल सङ्गीत पुरस्कार, २०७६
  • नेपाल साङ्गीत तथा नाट्य राष्ट्रिय प्रज्ञा पुरस्कार, २०७८ आदि ।

‍‍

वरिष्ठ संगीतकार तथा गायक गणेश रसिकको ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा बि. सं. २०८२ जेठ १८ गते आइतबार दिउँसो निधन भएको छ।[]

सन्दर्भ सामग्रीहरू

[सम्पादन | स्रोत सम्पादन]