सामग्रीमा जानुहोस्

उकु महल

विकिपिडिया बठेइ

उकु महल (अङ्रेजी: Uku Mahal) नेपालको सुदूरपश्चिम क्षेत्र, दार्चुला जिल्लाका मालिकार्जुन गाउँपालिका-७ उकु गाउँमाई अवस्थित एक पुरातात्त्विक, ऐतिहासिक भग्नावशेष हो। यो स्थल मध्यकालीन कालमाई रयाः महत्त्वपूर्ण दरबार(महल)को अवशेष माणिन्छ रे यसलाई क्षेत्रीय राजनीतिक एवं सांस्कृतिक इतिहाससित जोडेरबर हेद्दया गरिन्छ।[]

भूगोल रे अवस्थिति

[सम्पादन | स्रोत सम्पादन]

उकु महल दार्चुला जिल्लाका मालिकार्जुन गाउँपालिका-७ अन्तर्गत उकु नामको पुरानो उपत्यकामाई रयाः छ। ये क्षेत्रका आसपास महाकाली नदीको तट अवस्थित छ रे यो ऐतिहासिक स्थल स्थानीय बासिन्दा तथा अध्ययनकर्ताकि लाई आकर्षणको केन्द्र बन्या छ।[]

उकु महलको निर्माण को मिति यकिन रूपमाई प्रमाणित नभएता लै येलाई १२औँ शताब्दीका आसपास कत्युरी तथा पाल साम्राज्यकालसित जोडिया मान्यता छ। स्थानीय परम्परा तथा केही इतिहासविद् तथा अनुसन्धानकर्ताका अनसार, यो दरबार कत्युरी राजा तथा पछा पाल राजाअनले शासन तथा आधारस्थलका रूपमाई प्रयोग गरियाः हन सकुन्छ। स्थानिय कथा-किम्वदन्ती अनसार, येमा पाल राजा राजबार भारती पाल लगायतका राजा-शासनकर्ताअनको बसोबास रे प्रशासन चल्ल्या गरिया विश्वास गरिन्छ। तबलै ऐतिहासिक, पुरातात्त्विक प्रमाणअन अजिलै पूर्ण रूपमाई अध्ययन हन बाँकी छन्।[]

उत्खनन् रे अनुसन्धान

[सम्पादन | स्रोत सम्पादन]

बि. सं. २०८१ साल माघ बठे नेपाल सरकारको पुरातत्व विभाग तथा सम्बन्धित निकायअनले उकु दरवारको भग्नावशेषमा उत्खनन् रे अनुसन्धान कार्य सुरु गरियाः थ्योः। उत्खनन् कार्यक्रममाई मालिकार्जुन गाउँपालिका अध्यक्ष तथा पुरातत्व विभागका अधिकृतअन सहभागी भयाः थ्याः। अनुसन्धान टोलीले भग्नावशेष, मन्दिर संरचना, घर-खेत वरिपरिका शिलालेख तथा मूर्तिहरू संकलन रे सुरक्षित स्थानमाई साद्दे काम गद्दुपैर्यान। यिस्या सङ्कलित अभिलेखअनले पुरानो संरचनाको स्वरूप तथा येका ऐतिहासिक पाटोलाई अध्ययनमाई सहयोग पुर्‍याउन्या अपेक्षा गरियाः छ।[]